Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
5 août 2017

एक अरब पाँच करोडमा भाडामा लिइएको पाण्डाबाट फ्रान्सले कति कमाउला ?

panda mere


 फ्रान्सको सबै भन्दा ठुलो चिडियाखाना ( Zoo de Beauval ) मा राखिएको पाण्डाले बच्चा जन्माएको खबरले  यो हप्ताभर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा निकै चर्चा पायो | यो घटना प्रत्यक्ष हेर्न कै लागि मात्र फ्रान्स तथा अन्य देशबाट चिडियाखाना सम्म हजारौ पर्यटकहरु आए |  राष्ट्रिय तथा अन्तराष्ट्रिय मेडियाहरुले निकै महत्वका साथ यस सम्बन्धि समाचारहरु प्रसारण गरे | फ्रान्सले यो घटनालाइ फ्रान्सको प्रतिष्ठाको रुपमा लिइरहेको छ किनकी फ्रान्समा पान्डा जन्मिएको यो पहिलो पटक हो | सबै तह तप्काका फ्रेन्चहरु आफ्नो देसमा पाण्डा जन्मिएकोमा गर्भ गरिरहेका छन् | यो घटनाले संसारमा लोप उन्मुख ( दुर्लभ ) मानिएका प्राणीहरुको कति ठुलो महत्व हुदो रहेछ भन्ने कुरा स्पष्ट बुझ्न सकिन्छ | यो घटनाको पृष्टभुमि, बच्चा जन्माउन गरिएका प्रयास अनि बास्तबिकता र यसको आर्थिक पक्ष बारेमा यहा संक्षिप्त चर्चा गरिएको छ :

अ ) पृष्ठभुमि : सन २०१२ मा चिनले फ्रान्सलाई एक जोडी पाण्डा बाहालमा प्रदान गरेको थियो | प्रति बर्ष आठ लाख बहत्तर हजार युरो ( करिब नेपालि रुपैया १० करोड पचास लाख ) तिर्ने गरि फ्रान्सले प्राप्त गरेको यो जोडी पाण्डालाइ फ्रान्सकै सबै भन्दा ठुलो चिडियाखाना बोभालमा राखिएको छ | फिमेल पाण्डाको नाम हुआन हुआन ( Huan Huan) हो भने मेल पाण्डाको नाम युआन जी ( Yuan Zi ) हो | संसार कै दुर्लभ यो जनवारको मुख्य भुमि चिन हो भने संसारका केवल २२ वटा चिडियाखानाहरुमा पाण्डाहरु राखिएका छन | यो पाण्डाको उपस्थिति सगै बोभाल चिडियाखानामा पर्यटकको संख्या बार्षिक ६० % ले बृदि भएको थियो |

panda bv


आ ) गर्भधारण र त्यस पछिका पाँच महिना :   पाण्डाहरुको प्रजनन धेरै जटिल छ | बर्षमा एक पटक केवल ४८ घण्टाको अबधि भित्र मात्र फिमेल पाण्डा गर्भधारणको लागि तयार हुने भएकोले सोहि अबधिमा प्राबिधिकहरुद्वारा कृतिम गर्भधारण गराइएको थियो | मार्च महिनामा गराईएको कृतिम गर्भाधान पछि ६ जना बिसेषज्ञ द्वारा नियमित रेखदेख गरिदै आएको थियो | बच्चाहरु जन्मनु भन्दा केहि दिन अगाडी चिनबाट दुइ जना अनुभबी सुसारेहरु ल्याइएको छ | उनिहरु अहिले शिसु र आमाको स्याहार सुसारमा ब्यस्त छन् | ०४ / ०८ / २०१७ राति ११ बजेतिर करिब ३० मिनेटको अन्तरमा दुइवटा बच्चाहरु जन्मिएकोमा एक मात्र जीवित रहन पुग्यो | हाल आमा र जीवित बच्चाको स्वास्थ्य स्थिति सामान्य छ |

panda mere et b

इ ) आर्थिक पक्ष : प्रति बर्ष ८ लाख ७२ हजार युरोका दरले १० बर्षमा ८७ लाख २० हजार युरो ( नेपालि रुपैया १ अरब ५ करोड ) फ्रान्सले चिनलाइ एक जोडी पाण्डाको बाहाल रकम तिर्नु पर्ने छ | हाल जन्मेको नयाँ बच्चामा पनि चिन कै स्वामित्व हुनेछ | परम्परा अनुसार पाण्डाको नयाँ शिशुको नामाकरण चिनकी प्रथम महिला द्वारा गरिने छ | चिनकी प्रथम महिलाले अधिकार प्रत्यायोजन गरेको खण्डमा फ्रान्सकी प्रथम महिलाले उक्त शिशुको नामाकरण गर्ने छन | तिन बर्ष पछि त्यो बच्चा चिनलाइ फिर्ता दिइने छ | तर तिन बर्षसम्म पाण्डाको बच्चा फ्रान्समा रहने भएकोले यस बापत पनि फ्रान्सले चीनलाई थप रकम तिर्ने पर्ने छ | थप रकम सम्बन्धि चिन सरकार र बोभाल चिडियाखाना बीच छिटै बार्ता हुनेछ | यसरि पाण्डाको जोडी र त्यसको बच्चा चिडियाखानामा राखेबापत फ्रान्सले चीनलाई अरबौ रकम तिर्नु पर्ने छ | यसरि फ्रान्सले आफ्नो चिडियाखानामा पाण्डालाइ राख्दा अरबौ कमाइरहेको कुरा सजिलै अनुमान गर्न सकिन्छ | नयाँ शिशुको जन्म सगै उक्त शिशुको बृदि - बिकाशको अबस्थालाइ चौबिसै घण्टा प्रत्यक्ष देखाउने व्यवस्था गरिएको छ | यसका लागि ५ वटा भिडिओ क्यामरा, एउटा माइकको सहयोगद्वारा चिडियाखाना भित्र रहेको एउटा ठुलो पर्दामा यी पान्डाहरुको अवश्था र गतिबिधि देख्न सकिने व्यवस्था मिलाइएको छ | नयाँँ शिशुको जन्म सगै चिडियाखानामा पर्यटकहरुको संख्या बढ्ने कुरा निश्चित छ |

भनिन्छ नेपालमा पनि धेरै लोप उन्मुख  ( ( दुर्लभ ) पशुपन्क्षी तथा जनवारहरु छन | तिनीहरुको महत्व नबुझ्दा हामीले यस्ता पशुपन्क्षी तथा जनवारहरु सित्तैमा गुमाएका हुन सक्छौ | यस घटनाबाट नेपालले लोप उन्मुख पशुपन्क्षी तथा जनवारहरुको संरक्षण र व्यवसायीकरण सम्बन्धमा धेरै सिक्नु पर्ने देखिन्छ |

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité