Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
2 août 2017

निजि घरमा पशुपंक्षीको बध गर्दा के सजाय हुन्छ ? पशुपंक्षीलाइ यातना दिदा के सजाय हुन्छ ?

abatoire

फ्रान्समा आफ्नो घरमा मासु जन्य जनावर बध गरेर मासु उपभोग गर्न प्रतिबन्ध छ | चाहे त्यो खसी होस् वा कुखुरा | यति मात्र होइन मासु जन्य पशुपंक्षीहरुको लोड - अनलोड, ओसार - पसार, स्टक, बध गर्ने काम अधिकार प्राप्त बधशालाका तालिम प्राप्त ब्याक्तिले मात्र गर्न पाउछ | यसो गर्नुका मुख्य दुइ कारण छन् : अ ) ताजा मासुको उत्पादन र वितरण आ ) पशुपन्क्षिमा हुने यातना नियन्त्रण | सायद अन्य बिकसित देशहरुमा पनि लगभग यस्तै नियम हुन् सक्छ | दसैको बेलामा यदाकदा विदेशमा भएका नेपालिहरुले घरमै खसी काटेर चाड पर्व मनाउदा अलि होसियार हुनु पर्ने देखिन्छ | मासुजन्य पशुपंक्षी ब्याक्तिगत घरमा बध गरि उपयोग गर्दा र मासु जन्य पशुपंक्षीलाइ यातना दिदा फ्रान्सको कानुन अनुसार के के सजाय भोग्नु पर्छ ? मुख्य सजायहरुलाई नेपालीमा अनुबाद गरि यहा प्रस्तुत गरिएको छ :

१ ) मान्यता प्राप्त बधशाला बाहेक अन्य स्थान ( जस्तै : ब्याक्तिगत घर, भोज भतेर हुने ठाउँहरु , पिकनिक आदि ) मा माशुजन्य पशुपंक्षी बध गरेमा ६ महिना कैद र 15000€ जरिवाना हुने व्यवस्था छ |
२) नाफा कमाउने उद्देस्यले आफ्नो लागि वा अरु कसैको लागि कुनै ब्याक्तिले ( मान्यता प्राप्त संस्थाको तालिम प्राप्त ब्याक्ति बाहेक ) माशुजन्य जीवित पशुपंक्षीको ओसार पसार गरेमा उक्त ब्याक्तिलाई ६ महिना जेल र ७५०० € जरिवाना हुने व्यवस्था छ |
३) मान्यता प्राप्त बधशाला बाहेक अन्य ठाउँमा मासुजन्य पशुपंक्षी बध गर्न वा गराउनका लागि ठाउँ तथा आवस्यक साधनहरु उपलब्ध गराउने ब्याक्तिलाई पनि ६ महिना कैद र १५००० € जरिवाना हुने व्यवस्था छ |

abatoire


४) कुनै समुदायको धार्मिक परम्परा अनुसार निजि घरमा वा सामुहिक रुपमा पशु वा पंक्षीको बध गर्नु पर्ने भएमा अनिवार्य रुपमा जिल्ला प्रसासन कार्यालयबाट अनुमति लिनु पर्दछ | यस्तो कार्यमा अनुमति नलिइकन वा अनुमति पत्रमा तोकिएका सर्तहरु पुरा नगरी पशु वा पंक्षीको बध गरेमा पहिलो पटकको लागि १५०० € जरिवाना र पटकेको लागि ३००० € जरिवाना हुने व्यवस्था छ |
५ ) मासु जन्य पशुपंक्षीहरुको लोड - अनलोड गर्ने, ओसार - पसार गर्ने, स्टक गर्ने, बध गर्ने क्षेत्रमा काम गर्ने ब्याक्तिले अनिवार्य रुपमा << जिव जन्तुको संरक्षण सम्वन्धमा >> तालिम लिएको हुनु पर्छ | यो तालिम बिना मासु जन्य पशुपंक्षीको लोड - अनलोड गर्ने, ओसार - पसार गर्ने, स्टक गर्ने , बध गर्ने गरेको पाइएमा यस्तो ब्याक्तिलाइ ७५० € जरिवाना हुने व्यवस्था छ |
६ ) पशुपंक्षीको लोड अनलोड गर्ने, ओसार पसार गर्ने, स्टक गर्ने, बध गर्ने क्रममा उनीहरुलाई याताना नहोस भन्ने कुराको पूर्ण रुपमा सावधानी अपनाइएको हुनु पर्छ | यस्तो सावधानी नअपनाइएको कारण पशुपंक्षीलाइ बध गर्नु अगाडी धेरै यातना दिइएको ठहर भएमा सम्बन्धित ब्याक्ति वा संथा ( दोषी ) ले ७५० € जरिवाना तिर्नु पर्ने ब्यवश्था छ |
७ ) होस् नगुमाइ सकेको जनावरलाइ झुण्डाइएको प्रमाणित भएमा दोषीलाई ७५० € जरिवाना हुने छ |

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité