Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
10 décembre 2018

फ्रान्समा जनआन्दोलन - जीले जोन ( पहेलो गन्जी ) र सहरी गुरिल्ला

gilet jaune

रामचन्द्र भण्डारी 

पेरिस, फ्रान्स

अ ) जीले जोन को हुन ?

फ्रान्सका नागरिहरुलाइ आम्दानिको हिसाबले ३ बर्गमा बाड्न सकिन्छ | पहिलो, प्रतिब्याक्ति मासिक ९०० युरो भन्दा कम आम्दानि गर्ने नागरिकहरुको समुह जसलाई गरीबहरुको बर्गमा राखिएको छ | यो बर्गका नागरिकहरु फ्रान्सको सामाजिक सुरक्षा प्रणालीबाट भरपुर सुबिधा प्राप्त गर्दछन | दोस्रो, फ्रान्समा २५ प्रतिसत नागरिकहरु सम्पन्न वा उच्च आय भएको बर्गमा पर्दछन | यिनीहरुलाई सरकारको कुनै सुबिधाको जरुरि पर्दैन, तर लगानी बृदी गर्ने नाममा यिनीहरुले विभिन्न सरकारी सुबिधा तथा कर छुट पाउछन | तेस्रो, मध्यम आय भएका नागरिक यस बर्गमा पर्दछन | कुनै पनि हिसाबले यिनीहरुले सरकारी सुबिधा प्राप्त गर्दैनन | बरु यिनीहरुको सानो आम्दानिको ठुलो अम्श कर र सामाजिक सुरक्षा योगदान तिर्नमा खर्च हुन्छ | अहिलेको जीले जोन आन्दोलनका सबै जसो आन्दोलनकारिहरु यहि तेश्रो बर्गका नागरिक हुन |

आ) आन्दोलनको सुरुवात किन र कसरि भयो ?

सन् १९४७ मा फ्रान्समा एकजना कम्युनिस्ट मन्त्रीको पहलमा सामाजिक सुरक्षा व्यवस्थाको सुरुवात गरियो | यो प्रणालीलाइ अरु मजबुत बनाउने काम सन १९८१ - १९९५ को अवधिमा भयो | यसबाट बेरोजगार तथा गरिबहरु सामाजिक सुरक्षा प्रणाली अन्तर्गत दैनिक जीवनका लागि आवस्यक सबै सुबिधाहरु प्राप्त गर्न सक्ने अवस्थामा पुगे | सामाजिक असान्ती नभडकियोस भन्ने मनसायले त्यस पछिका कुनै पनि राष्ट्रपतिले सामाजिक सुरक्षा खर्च कटौतीको पहल गरेनन बरु विभिन्न सुबिधा बढाउदै लगे | अर्को तर्फ लगानी आकर्षित गर्ने र अर्थतन्त्रलाइ चलायमान गराउने नाममा सम्पन्न बर्गका मानिसहरुमा विभिन्न कर छुट दिने नीति लिइ राखे | जसको फलस्वरूप सरकारी खर्च धान्न मध्यम बर्ग माथि करको दबाब बढ्दै गयो | मध्यम बर्गीयहरुलाइ आफ्नो दैनिक खर्च टार्न मुस्किल हुदै गयो | मध्यम बर्गको यो समस्या समाधान गर्न न त उदारबादी आर्थिक नीतिको बाहक पार्टीले पहलकदमी लियो न त समाजवादी पार्टीले नै | परिणाम स्वरुप सन २०१७ मा भएको राष्ट्रपतिय निर्वाचनमा परम्परागत पार्टी पद्दति भन्दा बाहिरको ब्याक्तिलाइ राष्ट्रपतिमा निर्वाचित गरियो | 

नयाँ राष्ट्रपतिबाट पनि मध्यम बर्गीयहरुको पक्षमा काम गर्नुको सट्टा १८ महिनाको अवधिमा यस अघि कहिल्लै नभएको दरमा सार्वजनिक सेवा सुल्कहरु बृदी गरियो / १ बर्षको अवधिमा पेट्रोलियम पदार्थको मुल्यमा करिब २० प्रतिसत बृदी गरियो | अर्थतन्त्र चलायमान गराउने र लगानी भित्राउने नाममा धनि बर्ग र कम्पनीहरुको आम्दानीमा ब्यापक कर छुट को योजना ल्याइयो | मध्यम बर्गका सक्रिय तथा निबृत नागरिकहरुको क्रयशक्तिमा प्रत्यक्ष गिरावट आउने गरि कर तथा सामाजिक सुरक्षा योगदान रकम समायोजन गरियो | यसरि एक पछि अर्को गरि मूल्य तथा कर बृदिको भार भोग्दै गरेका मध्यम बर्गीय नागरिकहरुलाइ संसदबाट पारित एउटा अर्को कानुनले झड्का दियो / सो कानुन अनुसार जनवरी १, २०१९ देखि पेट्रोलियम पदार्थमा कर बृदी हुने वाला थियो / यातायातमा आधारित व्यवसायी तथा कामको लागि लामो दुरी पार गर्नु पर्ने मध्यम बर्गीय कामदारहरुले पेट्रोलियम पदार्थको मूल्य बृदी बिरुद्द सामाजिक संजालमा हस्ताक्षर अभियान चलाए / यिनै हस्ताक्षर अभियान कर्ताहरुले नै प्रथम पटक १७ नोभेम्बर २०१८, सनिवारका दिन पहिलो पटक < आक्ट एक > नाम दिएर देशभर देशभर बिरोध प्रदर्सन गरे | पहेलो गन्जी ( जीले जोन ) लगाएका आन्दोलनकारीहरुले राजमार्ग अबरुद्द गर्नाले देश नै ठप्प हुन पुग्यो / स्वत स्फुर्त उठेको यो जनलहर न त कुनै राजनीतिक पार्टीद्वारा निर्देशित थियो न त कुनै श्रम संगठन द्वारा नै |

हालसम्म जम्मा २२  वटा प्रदर्सनहरु  भएका छन / हरेक सनिवार गरिने यी प्रदर्सनहरुलाई आक्ट एक , आक्ट दुइ, आक्ट तिन, आक्ट चार .............. आक्ट बाइस  भनि नाम दिइएको छ | माग सम्बोधन नभएमा आक्ट २३ , आक्ट २४ , आक्ट २५  ..........आदि हुने कुरा निश्चित छ । अन्य दिन सबै जसो मध्यम बर्गीय कामदार तथा सेवा निबृत ब्याक्तिहरु पहेलो गन्जी लगाएर आन्दोलनकारिलाई नैतिक समर्थन जनाइ रहेका छन भने हरेक सनिवार दसौ हजार  मानिसहरुले आन्दोलनमा भाग लिइ रहेका छन \ सर्वेक्षणहरुका अनुसार करिब  ७० प्रतिसत फ्रेन्च नागरिकहरुले पहेलो गन्जी आन्दोलनलाइ नैतिक समर्थन गर्दछन / सबै जसो प्रतिपक्षी पार्टीहरु पनि आन्दोलनकारिहरुका मागलाइ जाहेज माग भनिरहेका छन | पेट्रोलियम पदार्थको मूल्य बृदीको बिरुद्द सुरु भएको यो आन्दोलनले अहिले राष्ट्रपतिको राजिनामा, जनमत संग्रहद्वारा नयाँ कानुन प्रस्ताब गर्न पाउनु पर्ने नयाँ प्रावधान हुनु पर्ने, कम्पनिहरुको लागतमा कामदारहरुको तलब बृदी हुनु पर्ने,  संसदमा समानुपातिक प्रतिनिधित्व हुनु पर्ने, खालि मतपत्रलाइ मान्यता दिनु पर्ने  लगायतका ४२ वटा मागहरु  प्रस्तुत गरेको छ | सबै जसो मागहरु मध्यम बर्गीयहरुको क्रय शक्तिमा बृदी गर्ने, प्रजातन्त्रलाई बढी भन्दा बढी सहभागिता मुलक बनाउने  र पिछडिएका दुर्गम गाउँहरुलाइ राष्ट्रिय बिकाशको मूल प्रवाहमा ल्याउनु पर्ने बिषय सँग सम्वन्धित छन |

 

इ ) आन्दोलन किन हिम्श्रक बन्यो ?

यो पाँच महिनामा २२ वटा सनिवार भएका देश ब्यापी प्रदर्सनहरुमा ११ जनाको मृत्यु भयो, करिब ४५०० जना घाइते भए / करिब ११ हजार पक्राउ परेका मध्ये २१०० जना जरिवाना तिरेर छुटे भने करिब ४०० जना जेल परेका छन / आक्ट ४ को दिन फ्रान्सकै मुटु मानिने आर्क द त्रिओम्फ़ कब्जामा लिएर तोडफोड गरियो | आक्ट ७ मा केहि सिथिल देखिएको आन्दोलन आक्ट आठ मा निकै आक्रामक थियो / प्रहरी र आन्दोलनकारी बिचको भिडन्तका भिडिओहरुले सामाजिक संजालहरु भरिएका छन / आक्ट आठ कै दिन निर्माण कम्पनीको उपकरण प्रयोग गरि मन्त्रालयको गेट फोरेर आन्दोलनकरीहरु मन्त्रालय भित्र छिरे / हालसम्म सयौ गाडीहरु फोरीए, जलाइए, सयौ पशलहरु फोरीए, लुटिए, सार्वजनिक सम्पत्तिको तोडफोड गरियो | तर जीले जोन ( आन्दोलनकारी ) सान्तिपूर्ण आन्दोलनका पक्षपाती हुन / यो सबैजसो बितण्डा फ्रान्सका सहरी गुरिल्लाहरुले गरेका हुन | फ्रान्सका सबै जसो सान्तिपूर्ण आन्दोलनहरुमा सहरी गुरिल्लाहरुको घुसपैठ हुने गर्छ | यिनीहरुसगै कहिलेकाही अवसरबादी लुटेराहरु ( चोरहरु ) पनि आन्दोलनमा छिर्ने गर्दछन | फ्रान्समा मुख्य गरि दुइ थरि सहरी गुरिल्लाहरु सक्रिय छन : पहिलो, उग्र बामपन्थिहरु, यिनीहरुले पुजिवादलाइ नै सबै समस्याको जड मान्दछन/ वर्तमान सरकारलाई पुजिवादी संरचनाहरुको संरक्षक ठान्दछन / पुजिवादी संरचना र यसका संरक्षकहरुलाई ध्वस्त पार्नु पर्छ भन्ने कुरामा उनीहरु दृढ छन | उनीहरु बर्ग बिहिन राज्य सत्ताको कल्पना गर्दछन / दोश्रो : कट्टर राष्ट्रबादीहरु, यिनीहरुले आप्रवाशिहरुलाइ सबै समस्याको जड मान्दछन / वर्तमान राज्य प्रणालीलाई पूर्ण रुपमा परिवर्तन नगरेसम्म फ्रेन्च नागरिकको हातमा सत्ता आउदैन / यो नभए सम्म आप्रवाशीहरुको आगमन रोकिदैन भन्ने कुरामा बिश्वस्त छन उनीहरु | दुवै थरि गुरिल्लाहरुको एउटा साझा उद्देस्य छ, त्यो हो वर्तमान सत्ताको खारेजी / यी दुवै समुहले चुनाबबाट बर्तमान सत्ता परिवर्तन हुन्छ भन्ने कुरामा बिश्वास गर्दैनन /
अत यी दुवै समूहका सहरी गुरिल्लाहरु आफ्नो बिचारमा दृढ छन र दंगा मच्चाउनको लागि आवश्यक तालिम प्राप्त हुन्छन / अन्य समुहले गरेको सान्तिपूर्ण आन्दोलनमा छिर्नु अगाडी अश्रु ग्यासबाट बच्ने उपकरण, आफ्नो भेष बदल्न सकिने कपडा, आकर्मण र तोडफोड गर्नका लागि प्रयोग हुनसक्ने घरेलु औजार, सम्पर्क उपकरण आदि लिएर आन्दोलनकारिहरुको बीच बिचमा छिर्छन | जब आफ्ना सबै साथिहरुको संकेत प्राप्त हुन्छ, उनीहरु आफ्नो भेष बदल्छन र तोडफोड - आक्रमण सुरु गर्छन |
प्रहरीलाइ आक्रमण गर्ने, पसलहरु तोडफोड गरेर सामानहरु लुट्ने, बैंक फोर्ने, गाडी तथा भवनहरु जलाउने आदि आदि / यसरि २/ ४ घण्टा दंगा मच्चाय पछि आफ्ना भेष बदल्न प्रयोग गरिएका सामाग्री फ्याँकि दिन्छन र सामान्य आन्दोलनकारी बन्दछन /

ई ) जीले जोन आन्दोलनको प्रभाब
अहिलेको यो आन्दोलनलाइ यस अघि फ्रान्समा भएका ठुला आन्दोलनसँग तुलना गर्न थालिएको छ | कुनै राजनीतिक पार्टीको संलग्नता बिना स्वतः स्फुर्त उठेको यो आन्दोलनका मागलाई अधिकाम्स नागरिकहरुले जाहेज ठानेका छन र नैतिक समर्थन गरेका छन | यो आन्दोलनका मागहरु समयमै पुरा नगरिएमा यसले ठुलो दुर्घटना निम्त्याउन सक्ने सम्भावनाको आभाष
सत्तारुढ दलकै नेताहरुलाई भइ सकेको छ | सरकार र आन्दोलनकारीहरु बीच पटक पटक बार्ता भए पनि कुनै निस्कर्ष निस्केको छैन / यसै बीच सरकारले आन्दोलनकारिका केहि मागहरु पुरा गर्ने प्रयास गरेको छ / जनवरी, २०१९ देखि पेट्रोलियम पदार्थमा गरिने भनेको कर बृदी रोकिएको छ / न्युनतम ज्यालामा मासिक १०० युरो बृदी गरिएको छ / ओभर टाईम कामबाट प्राप्त आम्दानिमा कर लगाइने छैन / हालको शासन पद्दतिमा के कस्तो सुधार आवश्यक छ भनि जनस्तरबाट राय संकलन गर्ने हेतुले एउटा स्वतन्त्र आयोग बनाइयो थियो / त्यस आयोगले तिन महिना लगाएर चार बिषय ( कसरि नविकरणिय उर्जाको प्रयोग बढाउने?, कर प्रणालिलाइ कसरि व्यवस्थित गर्ने ? सार्वजनिक सेवालाई कसरि व्यवस्थित गर्ने ? प्रजातन्त्रलाई कसरि सहभागिता मुलक बनाउने ? ) मा देश भरबाट राय सुझाब लिने काम गर्यो / यसका लागि जम्मा ३२ वटा प्रश्नहरुलाइ अधार बनाएर देशभरबाट राय सुझाब संकलन गरिएको थियो |http://www.anubaad.com/archives/2019/01/14/37015677.html  सुझाब संकलनमा व्यापक जनसहभागिता भयो / नगरपालिकामा राखिएका सुझाब पुस्तिका, नगरपालिका तथा विभिन्न संग संस्थाले आयोजना गरेका गोष्ठीहरु र अनलाइनबाट प्राप्त जम्मा १५ लाख सुझाबहरुलाई आर्सिभ गर्ने काम पुरा भइसकेको छ / र त्यसबाट प्राप्त निस्कर्षका आधारमा राष्ट्रपतिले आफ्नो सुधार योजना आउदो केहि दिन भित्र पेस गर्ने कार्यक्रम छ / 

यिनै सुझाबहरुको आधारमा बर्तमान संबिधानमा आवस्यक सुधार गरिने प्रतिवद्दता सरकारले गरेको छ / तर यी सबै सुधार र प्रतिवद्दताका बाबजुद पनि आन्दोलन रोकिने संकेत छैन /

रामचन्द्र भण्डारी
पेरिस, फ्रान्स

 

 

 

 

 

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité