Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
19 septembre 2018

फ्रेन्च सरकारको महत्वकांक्षी साइकल योजना

 

velo

      पेट्रोलियम पदार्थको प्रयोग घटाउदै लाने र त्यसको सट्टा वातावरण मैत्री बैकल्पिक उर्जा तथा बैकल्पिक शाधनहरु प्रयोग गरि वातावरण प्रदुषण कम गर्ने सरकारी योजना अनुरुप हिजो फ्रान्सको सरकारले २५ बुदे योजना घोषणा गर्यो | प्रधान मन्त्रि, वातावरण मन्त्रि र यातायात मन्त्रिले संयुक्त रुपमा प्रस्तुत गरेको यो योजनालाइ < सरकारको साइकल योजना > नाम दिइएको छ | दैनिक यातायातको प्रयोगमा साइकलको हालको योगदान केवल ३% रहेकोमा यसलाई सन २०२४ सम्म ९ % पुराउने लक्ष लिइएको छ | यसका लागि सरकारले ३५ मिलियन युरो लगानी गर्ने छ | यो लक्ष हासिल गर्नका लागि सकारले निम्न कार्यहरु गर्ने छ :

१) प्राथमिक विद्यालयको पाठ्यक्रममा एउटा बिषय बस्तु << साभ्वार रुले - गुडाउने सिप >> थप गरिने छ | यसबाट प्राथामिक तह पुरा गरेका हरेक बिद्यार्थीले पूर्ण रुपमा साइकन चलाउन सिक्ने छन | साथै यो तहमा आधारभूत ट्राफिक नियमको जानकारी दिइनेछ | यस अवधिमा साइकलबाट निवास - स्कुल आवत जावत गर्दा हुन सक्ने सम्भावित दुर्घटना रोक्न बिद्यार्थीहरुका लागि  बिशेष सुरक्षा व्यवस्थाको प्रवन्ध मिलाइने छ | 
२) अब नयाँ बन्ने हरेक साइकलको डन्डीमा साइकल नम्बर हुनेछ | पुराना साइकल किनबेच गर्नु अगाडी अनिवार्य रुपमा साइकल नम्बर राख्नु पर्ने छ | साइकल मालिकले आफ्नो साइकल सरकारी निकायमा दर्ता गर्नु पर्नेछ | यसबाट साइकल चोरि कार्य कम हुनुको साथै हराएको साइकल सजिलै भेटिने छ |
३) कामदार तथा कर्मचारीहरुले आवाश - कार्यालय आवतजावत गर्दा होस वा कार्यालयकै कामको सिलसिलामा यातायात खर्च पाउने गर्दछन | तर हाल सम्म साइकलमा गरिने यात्रालाइ मान्यता दिइएको थिएन | तर यो योजना लागु भए पछि साइकलबाट आवत जावत गर्दा वा कार्यलयको काममा साइकलको प्रयोग गर्दा पनि यातायात खर्च माग गर्न सकिने छ | निवाश - कार्यालय आवत जावतका लागि साइकल प्रयोग गर्ने आफ्ना कर्मचारीहरुलाइ निजि कम्पनीले बार्षिक ४०० युरो सम्म यातायात खर्च प्रदान गर्न सक्ने छ | त्यस्तै साइकल प्रयोग गर्ने हरेक सरकारी कर्मचारीले निवास - कार्यालय आवत जावतका लागि बार्षिक २०० युरो यातायात खर्च प्राप्त गर्ने छन | कार्यालय कामको सिलसिलामा साइकल प्रयोग गरिएको छ भने अन्य सामान्य गाडी प्रयोग कर्ता कर्मचारीलाई जस्तै साइकल प्रयोग कर्ता कर्मचारीलाइ पनि दुरीको आधारमा यातायात खर्च तिनु पर्ने नयाँ व्यवस्था कायम गरिने छ |
४) कम्पनीहरु र ट्रेन स्टेसनहरुमा सुरक्षित साइकल पार्किङ्ग निर्माण गर्न सम्बन्धित निकायलाई निर्देसन र आवश्यकता अनुसार सहयोग गरिने छ |
५) हालसम्म नगरपालिकाहरुका केहि टोलमा एक तर्फी र केहि टोलमा दुइ तर्फी साइकल पथ भएकोमा अब सबै जसो टोलहरुमा दुइ तर्फी साइकल पथको निर्माण गरिने छ | बिग्रिएका र कुनै कारणले रोकिएका साइकल पथहरु मर्मत तथा सुचारु गरिने छ |
६) सडकका हरेक चोकहरुमा भएका ट्राफिक बत्ति र गाडी रोकिने रेखा बीच साइकल रोक्ने स्पेस ( सास ) हरेक ठाउमा बनाइने छ | सन २०१९ पछाडी बन्ने हरेक ठुला भवनहरुमा सुरक्षीत साइकल पार्किङ्ग अनिवार्य गरिने छ |

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité