Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
26 septembre 2018

फ्रान्सका पुर्व प्रधानमन्त्रि किन बार्सिलोनाको मेअर ( नगर प्रमुख ) बन्दै छन ?

valls f

     सन २०१९ को  मे महिनामा हुन लागेको   स्पेनको बार्सिलोना महानगरपालिकाको निर्वाचनमा फ्रान्सका पुर्व प्रधानमन्त्रि मानुएल भाल मेअ पदको लागि  चुनाब लड्ने घोषणा गरेका छन | नेपाली राजनीतिज्ञहरुको सन्दर्भमा एउटा कथा जस्तो लाग्ने यो घटनाले युरोपमा पनि निकै चर्चा पाइरहेको छ |  स्पेनको  स्वायत्त प्रदेश कातालोनिआ  अन्तरगत रहेको बार्सिलोना  महानगरपालिकामा सन् १९६२  जन्मेर फ्रान्समा हुर्केका मान्युएल भालले सन  १९८२ मा फ्रान्सको नागरिकता प्राप्त गरेका थिए | समाजवादी पार्टीको बिद्यार्थी संघठनबाट राजनीति सुरु गरेका उनले समाजवादी पार्टीको केन्द्रिय तहका विभिन्न जिम्मेवारीहरु निर्वाह  गरेका थिए |   नगरपालिकाको उप मेअरको जिम्मेवारी कुसलता पुर्वक निभाएका उनले  सन् २००१ देखि २०१२ सम्म मेअर - साम्सद ( तत्कालिन व्यवस्था अनुसार एउटै व्यक्ति मेअर र साम्सद हुन् सक्दथियो / )   को जिम्मवारी पाए | यस अवधिमा उनले आफ्नो नगरपालिकामा ब्यापक बिकाश र सुधारका काम गरेका थिए | उनको क्षमताको कदर गर्दै २००७ मा तत्कालिन राष्ट्रपतिले आफ्नो मन्त्रिमण्डलमा मन्त्रि बन्न अनुरोध गरे तर उनले मन्त्रि पद स्वीकार गरेनन |  सन २०१२ मा समाजबादी पार्टीबाट निर्वाचित राष्ट्रपतिले उनलाई गृह मन्त्रि बनाए | सन २०१४ मा  फ्रान्सका प्रधानमन्त्रि बनेका उनि  सन २०१७ मा  समाजबादी पार्टीको तर्फबाट रास्ट्रपतिको उम्मद्वार बन्ने असफल प्रयास गरेका थिए | सन २०१७ मा फ्रान्समा भएको राष्ट्रपतिको निर्वाचनमा उनले आफ्नो पार्टीको विपक्षमा मतदान गरे र  सोहि बर्ष भएको प्रतिनिधि सभाको निर्वाचनमा उनि स्वतन्त्र उम्मेदवारको रुपमा बिजयी भएका थिए |
 
    स्पेनको एउटा स्वायत्त प्रदेश कातालोनिआको राजधानी रहेको बार्सिलोना  स्पेनको दोश्रो ठुलो शहर हो |  कातालोनिआ प्रदेशको  करिब आधा जनमतले  कातालोनिआलाइ  स्वतन्त्र राष्ट्र बनाउन चाहन्छ | यसै सन्दर्भमा गत साल  कातालोनिआको प्रदेश सरकारले जनमत संग्रह पनि गरायो | स्वतन्त्र  कातालोनिआको पक्षमा अत्यधिक जनमत देखिए पनि सो जनमत संग्रहलाइ केन्द्रिय सरकारले मान्यता दिएन | यो जनमत संग्रहको बैधतालाइ   फ्रान्सका पुर्व प्रधानमन्त्रि मानुएल भाल लगाएत सबै जसो यूरोपियन नेताहरुले चुनौती दिएर स्पेनको केन्द्रिय सरकारलाई सहयोग गरेका थिए /
प्रदेशका अधिकांश स्थानहरुमा पृथकताबादी समुहका नेताहरुको बर्चश्व रहेको संदर्भमा फ्रान्सका पुर्व प्रधानमन्त्रीलाई गैर पृथकताबादी पार्टीहरुले साझा उम्मेदवारको रुपमा समर्थन गर्न सक्ने अनुमान गरीएको भए  पनि त्यसो हुन् भने सकेन |   उनिले  स्पेनको मध्यमार्गी पार्टी सिउदादानोसको तर्फबाट मेअरको उम्मेद्वारी दिएको भएपनि अखण्ड स्पेन चाहने अन्य पार्टीहरुका मतदाताहरु र नागरिक समाजको ब्यापक समर्थन पाउन सक्ने अपेक्षा गरिएको छ |
   अर्को तर्फ फ्रान्सका पुर्व प्रधानमन्त्रि तथा बहालवाला संसद मानुएल भाल बार्सिलोनाको मेअरमा चुनाब लड्ने निर्णयलाइ भने अर्थपूर्ण रुपमा हेरिएको छ | उनि यो निर्वाचनमा उम्मेदवार बने सगै उनको प्रनिधि सभा सदस्य ( फ्रान्सको ) को पदवाट राजिनामा दिनुपर्ने छ भने अब उनि फ्रान्सका नभइ स्पेनका राजनीतिज्ञमा दर्ज हुनेछन | मानुएल भालका अनुसार आफ्नो जन्मभूमिको सेवा गर्ने चाहानाको उपज नै उनको उम्मेद्वारीको कारण हो | तर राजनीतिक विश्लेषकहरुले मानुएल भालको यो निर्णयलाइ उनको महत्वकांक्षासग जोडेर हेरेका छन | उनीहरुका अनुसार मानुएल भालले बार्सिलोनाको मेअर पदसँगै स्पेनको राष्ट्रिय राजनीतिमा प्रवेश गर्न चाहन्छन, फ्रान्सको नयाँ शक्तिको सिको गर्दै एउटा मध्यमार्गी नयाँ सक्तिको नेतृत्व गर्न चाहन्छन |
 
फ्रान्सको सन्दर्भमा पुर्व मन्त्रि तथा पुर्व प्रधानमन्त्रीहरु आफ्नो गृह नगरको प्रमुख बन्नु नितान्त स्वाभाविक मानिन्छ | फरक यत्ति हो कि मानुएल भाल फ्रासमा नभइ छिमेकी देशमा नगर प्रमुख बन्दैछन / फ्रान्समा सबै जसो  प्रमुख केन्द्रिय  नेताहरुको राजनीतिक यात्रा गृह नगर प्रमुखबाट बाट सुरु भै गृह नगर प्रमुख मै गएर टुंगिन्छ | आफ्नो नगरमा उत्कृस्ट काम गरेकाहरु मध्येबाट राष्ट्रपतिले मन्त्रि वा अन्य महत्वपूर्ण राजनीतिक नियुक्ति गर्छ | आफ्नो कार्यअवधि समाप्त भएपछी उनीहरु आफ्नै गृह नगर प्रमुख बन्दछन | केन्द्रिय नेता बन्न राजधानी मै बस्नु पर्छ भन्ने छैन यहा | सबै पार्टीका सबै जसो केन्द्रिय नेताहरु, पुर्व मन्त्रीहरु आ-आफ्नो गृह नगरका प्रमुखको रुपमा आफ्नो जन्म ठाउँको बिकाशमा तल्लिन  छन |
हालका प्रधान मन्त्रि, गृहमन्त्रि, सत्तारुढ पार्टीका प्रमुख, प्रमुख प्रतिपक्षका पार्टी प्रमुख  गत सालसम्म नगर प्रमुखको जिम्मेवारीमा थिए | पुर्व प्रधानमन्त्रि आलाँ जुपे, समाजवादी पार्टीकी पुर्व प्रमुख तथा पुर्व मन्त्रि मार्टिन ओब्रि, तत्कालिन सत्तारुढ पार्टीका प्रमुख तथा पुर्व मन्त्रि जँ फँस्वा कोपे , तिन  पटक सम्म राष्ट्रपतिको उम्मेदवार बनिसकेका पुर्व मन्त्रि तथा मध्यमार्गी पार्टीका प्रमुख फ्रँस्वा बायरु हाल नगर प्रमुखको जिम्मेवारीमा छन | बर्तमान सरकारका गृहमन्त्रि जेरार कोलोम्बले गृहमन्त्रीबाट राजिनामा दिएर सन २०२०  मा हुने नगरपालिकाको निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरिसकेका छन/  यी त केवल प्रतिनिधि उदाहरण मात्र हुन | २०१७ सम्म नगर प्रमुख र सोहि निर्वाचन क्षेत्रको संसद एउटै ब्याक्ति बन्न पाउने प्रावधान थियो | तर २०१७  पछि दुइ मध्ये एक पद रोज्नु पर्ने भयो | यो अवश्थामा अधिकाम्स केन्द्रिय नेताहरुले नगर प्रमुखको पद रोजेका थिए | 
एउटा अनौठो कुरा त के छ भने एउटा आप्रवाशिको छोरा फ्रान्स जस्तो शक्ति सम्पन्न मुलुकको प्रधानमन्त्रि भइसक्दा सम्म कतै कुनै समूहबाट सङ्काको दृस्टीले हेरिएन | अहिले आफ्नो जन्मभुमि फर्केर त्यहाको नगर प्रमुख बन्ने उनको चाहनालाइ समेत दुवै देशका सबै तह र तप्काका नागरिकहरुले निकै सकारात्मक रुपले लिएका छन | नेपालको सन्दर्भ भने अलि फरक छ |  नेपालका सबै जसो सफल नेता र अन्तरराष्ट्रिय स्तरको ब्याक्तित्व निर्माण गरिसकेका नेपालीहरु सबै जसो नेपालमै जन्मेका हुन | तर विडम्बनाको कुरा के छ भने  तिनीहरुलाई कुनै न कुनै बिदेशी शक्ति केन्द्रको एजेन्टको रुपमा चित्रण गर्ने गरिन्छ |

 

 

 

 

 

 

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité