Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
5 juin 2019

अपार्टमेन्ट किन्दा ख्याल गर्नु पर्ने केहि कुराहरु

imm

रामचन्द्र भण्डारी
पेरिस, फ्रान्स / 

भाषामा दखल नभएका र सम्बन्धित देशको आवाश व्यवस्थापनको ज्ञान नहुदा धेरै एसियनहरु ( नेपाली लगाएत ) अपार्टमेन्ट खरिदमा ठगिएको देखिन्छ / ठगिने ब्याक्तिले आफु ठगिएको कुरा तब मात्र थाहा पाउछ जब दसौ बर्ष पछि सोहि अपार्टमेन्ट बेच्न खोज्दा किनेको मुल्यमा बेच्न पनि कठिन हुन्छ / क्षेत्रफललाइ मात्र आधार मानेर मुल्यको तुलना गर्दा अरु सबै नराम्रा पक्षहरुलाइ बेवास्ता गरिन्छ / कुनै अपार्टमेन्ट किन्ने निधो गर्नु भन्दा पहिले निम्न प्रश्नको जवाफ खोज्नु जरुरि हुन्छ :

क ) अपार्टमेन्ट : http://www.anubaad.com/archives/2017/09/02/35641290.html


ख ) अपार्टमेन्ट रहेको भवनको सामुहिक भाग

अ ) जुन भवनमा तपाई अपार्टमेन्ट किन्दै हुनुहुन्छ त्यो भवन यस भन्दा पहिला भाडा लगाउने कम्पनीको ( सरकारी वा निजि ) त थिएन ? यदि यसो हो भने त्यस भवनमा केहि अपार्टमेन्टहरु कम्पनीको स्वामित्वमा र केहि अपार्टमेन्टहरु निजि हुन्छन / तपाइले किन्दै गरेको अपार्टमेन्ट ( त्यो चाहे निजि ब्याक्तिबाट किनिएको होस वा कम्पनिबाट ) लगाएतका सबै अपार्टमेन्टहरु को व्यस्थापनमा कम्पनीको बर्चस्व हुने भएकोले त्यस्ता भवनमा निजि अपार्टमेन्टहरुको मूल्य करिब २०% कम हुन्छ /


आ ) जुन भवनमा तपाई अपार्टमेन्ट किन्दै हुनुहुन्छ, त्यस भवनमा रहेका कुल अपार्टमेन्टहरु मध्ये कति प्रतिसत अपार्टमेन्टमा घरधनि आफै बस्छन र कति प्रतिसतले भाडामा लगाएका छन ? यदि कुनै भवनमा रहेका अपार्टमेन्टहरु मध्ये ५० प्रतिसत वा सो भन्दा बढी अपार्टमेन्टहरु बहालमा लगाईएको छ भने बुझ्नुहोस कि त्यहा भद्रगोल छ / यस्ता भवनमा रहेको अपार्टमेन्ट सकभर नकिन्नुहोस, किन्ने नै भएमा मुल्यमा ख्याल पुराउनु होस /


इ ) आफुले किन्दै गरेको अपार्टमेन्ट रहेको भवनको सामुहिक भागको अवस्था कस्तो छ ? तपाइले आफ्नो अपार्टमेन्ट आफु खुसि मर्मत गर्न सक्नु हुन्छ तर भवनको सामुहिक भागको अवस्था नाजुक छ भने तपाइको एकल इच्क्षाले त्यसमा सुधार गर्न सम्भब छैन / भवनको बाहिरि भित्ता, सिढीहरु, छाना, बारहरु, गेट तथा ढोकाहरु, लेटर बक्सहरु आदि आदिको सरसफाई, मर्मत र व्यवस्थापनको स्तरले त्यस भवनमा रहेका अपार्टमेन्टहरुको मुल्यमा धेरै प्रभाब पार्छ / भवनको सामुहिक भागमा धेरै खर्च लाग्ने मर्मत आवस्यक छ भने त्यस्तोमा अपार्टमेन्ट नकिन्नु नै बेस हुन्छ / किनकी यस्तो मर्मतको लागि सहमति गरेर खर्च जुटाउन बर्षौ लाग्न सक्छ / लामो समयसम्म मर्मतको लागि खर्च जुट्न नसकेमा त्यस्ता भवनहरुलाइ नगरपालिका द्वारा कब्जा ( बन्द ) गरिने सम्भावना हुन्छ /


ई ) अपार्टमेन्टको प्रयोग सग प्रत्यक्ष अप्रतक्ष जोडिएका ठाउ, बस्तु तथा सेवा को अवस्था के छ ? अपार्टमेन्ट सग पार्किङ्ग र स्टोर रूम छन कि छैनन् ? यदि छन भने के त्यी सामुहिक हुनकी ब्याक्तिगत ? लिफ्ट, साइकल राख्ने ठाउ, सामुहिक स्टोर रूम, डस्टबिनहरु जम्मा गर्ने ठाउ, सुरक्षा सिस्टम, वाच मेनको व्यवस्था, सामुहिक भागमा बत्ति पानीको व्यवस्था, सामुहिक भागको सरसफाइको प्रवन्ध आदि आदि सम्बन्धमा पूर्ण जानाकारी लिनु जरुरि हुन्छ / यी पक्षहरुको बलियो उपस्थितिले अपार्टमेन्ट मुल्यमा सकारात्मक असर पारेको हुन्छ /
उ) कुनै भवनमा रहेका अपार्टमेन्टहरुका मालिकहरुको सम्मेलनबाट उक्त भवनको सामुहिक भागको व्यवस्थापन गर्नको लागि एउटा समिति बनेको हुन्छ / मासिक र बेला बखत भइपरि आउने खर्च, प्रत्येक अपार्टमेन्ट मालिकहरुबाट उठाइन्छ र आवस्यकता अनुसार खर्च गरिन्छ / यदि यो आम्दानि खर्चमा असन्तुलन आयो भने त्यसले भवनको व्यवस्थापनमा प्रत्यक्ष असर गर्छ / केहि अपार्टमेन्ट मालिकहरुले आफ्नो हिस्साको रकम समयमा तिर्न नसक्दा भवन व्यवस्थापन सग सम्वन्धित दैनिक कार्य प्रभावित हुन्छ / अत यदि कुनै भवनमा रहेका अपार्टमेन्ट मालिकहरु मध्ये १० % वा सो भन्दा बढीले आफ्नो हिस्साको खर्च रकम समयमा तिरिरहेका छैनन भने त्यस्ता भवनहरुमा अपार्टमेन्ट नकिन्नु नै उचित हुन्छ /
ऊ ) बितेको पाच बर्षहरुमा भवनको सामुहिक भागमा कुन कुन मर्मत कार्य भएको थियो ? आउदो तिन बर्षमा कुन कुन मर्मत कार्य हुने वाला छ ? यसको लागि तपाइले कति तिर्नु पर्ला? तपाइले अपार्टमेन्ट किनेको खण्डमा मासिक रुपमा कति तिर्नु पर्छ ( भवन व्यवस्थापनको लागि )? यो खर्च अन्तर्गत के के सुबिधा छन ? बार्षिक घर कर कति तिर्नु पर्छ ?

रामचन्द्र भण्डारी
पेरिस, फ्रान्स

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité