Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
20 juillet 2017

फ्रान्स विश्वकै एक नम्बर प्रभाबशाली देश : नयाँ राष्ट्रपतिको योगदान

 

IMG_6090

 शैनिक शक्तिको प्रयोग नगरी कुनै शक्तिशाली मुलुकले विश्वका अन्य मुलुकमा आफ्नो प्रभाब बिस्तार गर्नुलाइ सफ्ट पावर भनिन्छ | खेलकुदमा सहभागिता , पर्यटकीय आकर्षण, खानपिन, सुचना प्रबिधिको प्रयोग, बाहिरी विश्वसँगको खुलापन, अन्तराष्ट्रिय मामिलाहरुमा नेतृत्व लिन सक्ने क्षमता आदिको आधारमा कुनै पनि देशको सफ्ट पावर ( Soft Power ) को सूचांक निर्धारण हुन्छ | हरेक बर्ष मापन गरिने सफ्ट पावर सूचांकमा यो बर्ष फ्रान्स एक नम्बरमा परेको छ जबकि अघिल्लो बर्ष फ्रान्स पाचौँ नम्बरमा थियो | यस प्रकार गैर शैनिक माध्यमद्वारा विश्वमा आफ्नो प्रभाब पार्न सक्नेमा एक नम्बर देस फ्रान्स बनेको छ | फ्रान्स पछि बेलायत दोश्रो नम्बरमा छ भने अमेरिका तेश्रो नम्बरमा परेको छ | सफ्ट पावरको सूचांक निर्धारण बेलायतको एउटा सस्था << Le cabinet britannique de conseil stratégique en communication Portland >> ले गरेको थियो | सो संस्थाका अनुसार तिन प्रमुख देशको सूचांकमा आएको परिवर्तनलाइ यस प्रकार व्याख्या गरिएको छ :
फ्रान्स : अन्तराष्ट्रिय सन्धि सम्झौताहरु प्रति फ्रान्सले देखाएको प्रतिबद्दता र अन्तराष्ट्रिय राजनीतिमा फ्रासले देखाएको सुझबुझको कारण सफ्ट पावर सूचकमा फ्रान्सको स्थिति मजबुत बन्यो | अति दक्षिणपन्थी पार्टीको राष्ट्रपतिको उम्मेदवारले राष्ट्रपतिको चुनाबमा हार्नु र युरोपियन युनियनका कट्टर पक्षधर एमानुएल माक्रोंले चुनाब जित्नु, संसारकै कम उमेरका निर्वाचित राष्ट्रपति देश र विदेशमा प्रसिद्द हुनु आदि कारणले पनि फ्रान्सको सफ्ट पावर सूचांकमा प्रगति हुन् पुग्यो | आतंककारी आकर्मणका बाबजुद पनि फ्रासको पर्यटकीय गतिविधिमा खासै कमि आएन | नयाँ राष्ट्रपतिले सुचना प्रबिधिको बिकाश र बिस्तारलाइ दिएको प्राथमिकताले पनि बिश्वमा धेरै सकारात्मक संदेश प्रवाह गर्यो | जसको कारण राष्ट्रपति माक्रोंलाइ क्यानाडाका < Justin Trudeau > र अर्जेन्टिनका < Mauricio Macri > सग तुलना गर्न थालियो |

IMG_6094

 
 
अमेरिका : अघिल्लो बर्ष प्रथम स्थानमा रहेको अमेरिका यस बर्ष तेश्रो स्थानमा पुगेको छ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप का निम्न नीतिहरुले सफ्ट पावर सूचांकमा नकारात्मक प्रभाब पार्यो : - अमेरिकन फस्ट नीति , अन्य मुलुकबाट बिस्तारै टाढा रहने रणनीति, वाताबरण सम्बन्धि पेरिस सम्झौताबाट अलग हुनु, सैनिक खर्चमा बृदी, बैदेशिक सहयोगका रकमहरुमा कटौती, कुटनैतिक क्षेत्रमा गरिने खर्चमा कटौती आदि | यसका बाबजुद बैदेशिक प्रभाब बिस्तारमा अमेरिकाको उच्च शिक्षाको योगदान अन्य रास्ट्रको तुलानामा धेरै अगाडी छ | किनकी विश्वका धेरै प्रतिष्ठित विश्वबिध्यालयहरु अमेरिकामा छन | तिनीहरुले संसारभरिका बिद्यार्थीहरु आकर्षित गरिरहेका छन |
 

IMG_6092

 
बेलायत : तिन बर्ष अगाडी सफ्ट सूचांकमा पहिलो स्थानमा रहेको बेलायत यस बर्ष तेस्रो स्थानमा परेको छ | यसका तिन कारणहरु छन : - युरोपियन युनियन बाट बेलायत बाहिरिनु, - अन्य देश तथा क्षेत्रीय संगठनहरु सगँका वार्ताहरु अनिश्चित हुनु, - बेलायतबाट प्रमुख अन्तराष्ट्रिय संगठनहरु बाहिरिनु आदि |

IMG_6093

 
<< Le cabinet britannique de conseil stratégique en communication Portland >>ले दिएको निष्कर्ष अनुशार गैर सैनिक उपायद्वारा विश्वमा प्रभाब जमाउनको लागि सो देशले अन्य देशहरुसँग तुलनात्मक रुपमा बढी खुल्ला रहनु, सहनशील रहनु र बिबेक पूर्ण रुपमा सहकार्य गर्न सक्नु पर्ने देखिन्छ |
Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité