Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
18 juillet 2017

हावाबाट बिजुली उत्पादन गर्ने एओलिएन सेट ( Éolienne Set )

 

eolienne hori 2

 करिब दुइ बर्ष अगाडी तत्कालिन प्रधानमन्त्री के. पी ओलीले भाषण गरे  << हामी हावाबाट बिजुली निकाल्छौ >> | उपश्थित जनसमुदायले ताली बझाए | भोलि रास्ट्रीय स्तरका पत्रिकाहरुले आफ्ना मुख्य पृष्टहरु यहि समाचारले भर्ने काम गरे | चोक चोकमा यो भनाइको पक्ष र बिपक्षमा तर्क बितर्कहरु हुन थाले | एक थरिले भन्न थाले << के पी ओली हावा, हावाबाट पनि बिजुली निस्कन्छ ? >> अर्का थरि भन्न थाले << के पी ओली ठुला सपना देख्ने नेता, राष्ट्र निर्माता .......आदि आदि >> करिब दुइ बर्ष हुन लाग्दा पनि यो बिषयले अझै बिश्राम पाएको छैन | आज फेरी एउटा रास्ट्रीय स्तरको अन लाइनले << के पी ओलीको सपना पुरा भयो >> भन्ने शिर्षकमा एउटा समाचार बनाएको रहेछ | उक्त पत्रिकाका अनुसार मुस्ताङ्ग जिल्लामा हावावाट बिजुली निकालेर ५ वटा बत्ति बालियो रे | << के पी ओली हावा, हावाबाट पनि बिजुली निस्कन्छ ? >> भन्नु र प्रधानमन्त्रि जस्तो ब्याक्तिले घोषणा गरेको एक बर्ष पछि एउटा सानो योजना सफल हुदा धेरै ठुलो उपलब्धिको रुपमा प्रस्तुत गर्नु भनेको हामी सबैमा जानाकारीको कमि हुनु हो जस्तो लाग्दछ |

eolienne plr

      बुझ्नु पर्ने कुरा के छ भने हावाबाट बिजुली उत्पादन गर्नु अतिनै सामान्य कुरा हो | प्रविधिको जनाकारी मात्र भयो भने हामीले जसरि अहिले सोलार बत्तिहरु घर घरमा बालिरहेका छौ त्यसै गरि प्रत्येक घरले आफ्नो लागि आफै हावाबाट बिजुली उत्पादन गर्न सक्छ | हावाबाट बिध्धुत उत्पादन गर्ने मेशिनलाइ एओलिएन ( Éolienne ) सेट  भनिन्छ | सोलारको पाता किने जस्तै गरि एओलिएन सेट बजारमा किन्न पाईन्छ | अहिले फोल्ड गर्न मिल्ने र न्यून हावाको गतिबाट पनि चल्ने एओलिएन सेटहरु सबै जसो युरोपियन देस, चिन, भारत आदिले बनाएका छन | सामान्य तालिम प्राप्त ब्याक्तिले यी मेशिनहरु सेट गर्न सक्छ |

eolienne vert

मेशिनहरु ( Éolienne Set ) दुइ खालका हुन्छन : 1 ) डोमेस्टिक उत्पादनका लागि ( एउटा मात्र घरको लागि    2 ) औधोगिक उत्पादनका लागि ( टोल, समुदाय वा रास्ट्रीय ग्रिडका लागि ) | नविकरणीय उर्जा भएकोले यो प्रविधिलाई युरोपमा निकै प्रोत्साहन गरिएको छ | फलस्वरूप उर्जामा एओलिएन सेटबाट उत्पादन हुने बिध्धुतको मात्र दिन प्रतिदिन बढिरहेको छ | डेनमार्कले कुन उर्जाको २८ %, स्पेनले १६%, फ्रान्सले ३ % एओलिएन सेटबाट बिध्धुत प्राप्त गर्छ | 

 

औधोगिक उत्पादनमा मात्र नभएर डोमेस्टिक उत्पादनका लागि पनि विभिन्न सरकारी अनुदान प्रदान गरिन्छ | उर्जाको प्रमुख स्रोत आणविक भट्टी रहेका युरोपियन देसहरुले आणविक भट्टीको सट्टा एओलिएन सेट र सोलार सेटबाट बिध्धुत उत्पादन बढाउने दिशामा काम गरिरहेका छन | सोलार र एओलिएन सेट सगै रहेको प्रणाली समेत बिकसित गरिएको छ | जसको प्रयोग गर्दा सौर्य शक्ति र हावा दुवैबाट एक साथ बिध्धुत उत्पादन गर्न सकिन्छ |

eolienne dem

 

यो नविकरणीय उर्जा भएकोले यसको महत्व दिन प्रतिदिन बढ्दै जान्छ | अत आधिकारिक निकायहरुले यस क्षेत्रका लागि प्राबिधिकहरु तयार गर्न , उद्धमीहरु तयार गर्न वा खोजि गर्न सकेमा सानो लगानीबाट विज्ञानको नबिनतम प्रबिधिको उपयोग गर्न सकिने छ | हाल सम्म खासै लगानी नगरिएको यो क्षेत्र  निजि लगानी कर्ताहरुको लागि पनि एक उर्बर  क्षेत्र हुन सक्छ | 

 

Eolienne domestique Black 600 12V, 24V ou 48V

Petite éolienne domestique 600 watts pour produire son électricité. L'éolienne produit de l'énergie avec un vent à partir de 15 km/h, ce courant est régulé par un module de frein fourni.

https://www.ase-energy.com

 

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité