Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
21 juillet 2017

फ्रान्समा पुरुष महिला असमानताको एउटा अनौठो उदाहरण र समाधानको प्रयास

CAP PE

फ्रान्समा यदि कुनै महिलाले आफ्नो बच्चा हुर्काउने हेतुले काम छोडेका छन र उनीहरुले कम्तिमा तिन बर्षसम्म घरमै बसेर आफ्ना बच्चाहरुको उचित हेरचाह गरेका छन् भने उनीहरुले एस एल सी ( टी ) सरहको प्रमाणपत्र पाउने भएका छन | सामान्यतया यो प्रमाणपत्र पाउनको लागि एस एल सी सरहको दे एन बे ( DNB ) गरिसके पछि दुइ बर्षको ( १२५० घण्टाको ) तालिम गर्नु पर्छ | यो तहलाई << CAP Petite Enfance >> भनिन्छ | यो तह उत्तीर्ण गरेको जनशक्ति जन्म देखि ६ बर्षसम्मका बच्चाहरुको हेरचाह गर्न दक्ष मानिन्छ |

महिला पुरुष समानता सहायक मन्त्रि Marlène Schiappa ले पत्रकार सम्मेलनमा दिएको जानाकारी अनुसार शिक्षामन्त्रि सँगको सहकार्यमा यसको लागि आवस्यक तयारी भई रहेको छ | यो प्रमाणपत्र प्राप्त गर्न चाहने अनुभबी उम्मेदवारले बच्चाहरु हेरचाह सम्बन्धि एक रिपोर्ट तयार गर्नु पर्ने र एउटा अन्तरवार्तामा उत्तीर्ण हुनु पर्नेछ |

Schiappa-sortant-d_exact1024x768_p

महिला पुरुष समानता सहायक मन्त्रि Marlène Schiappa  का अनुसार फ्रान्समा धेरै महिलाहरु बच्चा हुर्काउनको लागि काम छोड्ने गर्दछन | बच्चा हुर्काउनको लागि ९८ % आमाहरुले काम छोड्ने गर्छन भने केवल २ % मात्र बुवाहरुले काम छोड्ने गर्दछन | यसले गर्दा महिलाहरुमा अन्य कामको अनुभब कम हुनुको साथै तालिम केन्द्रहरुमा गएर तालिमहरु गर्ने अवसर पनि कम हुन्छ | परिणाम स्वरुप बच्चा हुर्की सकेपछि त्यी महिलाहरुलाई नयाँ काम पाउन कठिन हुन्छ | समाजको यो प्रवृतिले महिला र पुरुष बीच असमानता बढिरहेको छ | महिला पुरुष बिचको असमानतालाइ कम गर्न, आफ्ना बच्चाहरुको उचित हेरबिचारमा प्रोत्साहन गर्न, बच्चा हुर्किदा साथ श्रम बजारमा दक्ष कामदारको रुपमा प्रतिस्प्रधा गर्न / गराउन यो नयाँ व्यवस्था गर्न थालिएको हो | यो नियम पुरुषको हकमा पनि लागु हुनेछ |  ( Note : SLC :: SEE ) 

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité