Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
10 juin 2017

हिजो आज

>>  >> फ्रान्सको एउटा नगरपालिका ग्रोनब्ल ( Gronoble )मा रहेको एउटा माध्यामिक बिध्यालय ( Collège ) को भवनमा आज राति २ बजेको समयमा आगो लगाइएको छ । सामुहिक रुपमा अपराध गर्ने युवक हरुको समुहले बिध्यालय प्राङगाण भित्र प्रबेस गरि एउटा  टायर र एउटा मोटरसाइकल जलाएर आगो लगाएका थिए। अग्नि नियन्त्रकहरुको टोलिलाइ आकर्मण गरि तत्काल आगो नियन्त्रणको कामलाइ अबरोध पुराइएको थियो। पछि प्रहरिको सहयोगमा स्थितिलाइ नियन्त्रण गरिएको थियो।  फ्रान्समा अपराधिक क्रियाकलापमा सम्लग्न ब्याक्तिहरुले आगो लगाउने र आगो निभाउन आउने निकायका कर्मचारमाथि आकर्मण गर्ने प्रब्रिति निकै बढेको छ। यो समुहका मानिसहरुले यस्ता अपराधिक क्रियाकलापमा १६ बर्ष भन्दा काम उमेका ब्याक्तिलाइ प्रयोग गर्छ्न किनकि प्रहरिद्वारा पक्राउ नै परेपनि १६ बर्ष भन्दा कम उमेरका ब्याक्तिलाइ कुनै ठुलो कार्वाहि हुदैन। 

 

>>  यहि  जुन ६ का दिन परिसको नोत्रदाम एरिआमा मार्तलको प्रयोग गरि प्रहरीमाथि आकर्मणको प्रयास गर्ने ४० बर्षीय अल्जेरियन नागरिक फारिद इकेन लाइ आज १0  जुन २०१७ का दिन अदालतमा पेस गरिएको छ | आकर्मणको प्रयास गर्ने क्रममा प्रहरीले प्रतिकार गर्दा घाइते भएकोले उपचारका लागि अस्पताल भर्ना गरिएको थियो | बिध्या बारिधि गर्दै गरेको उक्त ब्याक्ति भर्खरमात्र कट्टरपन्थी मुस्लिम समुहको बिचारबाट प्रभावित भइ आकर्मणको लागि तयार भएको कुरा उ आफैले स्वीकार गरेको छ |

 

>>  आज ११ जुन २०१७ का दिन फ्रान्समा प्रतिनिधि सभा सदस्यका लागि पहिलो चरणको निर्वाचन हुदैछ | फ्रान्सको मुख्य भूमिमा आज करिब ६७००० मतदान केन्द्र रहेका छन् र त्यी मतदान केन्द्रको सुरक्षाको लागि ५०००० प्रहरी तथा ससस्त्र प्रहरी केन्द्रिय स्तरबाट परिचालन गरिएको छ भने हरेक नगरहरुले आफ्ना नगर प्रहरीहरुको पनि आवस्यकता अनुसार परिचालन गरेका छन | बिदेसमा रहेका निर्वाचन क्षेत्र, समुन्द्रपार रहेका फ्रान्सका जिल्ला तथा प्रदेशमा मतदानको काम यस अघिनै सम्पन्न भइसकेको छन |  फ्रान्समा जम्मा ५७७ निर्वाचन क्षेत्र छन | दोस्रो चरणको निर्वाचन यहि जुन १८ का दिन हुनेछ |

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité