Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
9 juin 2017

रास्ट्रपति माक्रोंको चौथो सुधार : बिद्यालय

blanquer



फ्रान्सका बर्तमान रास्ट्रपति माक्रोंले आफ्नो चुनाबी घोषणापत्रमा उल्लेख गरेका बिद्यालय शुधार सम्वन्धि योजनाका अधिकांस सुधारका कार्यक्रमहरु यहि आउदो शैक्षिक सत्रवाट लागु गरिने भएको छ | सेप्टेम्बर महिनावाट सुरु  हुने शैक्षिक सत्र २०१७ / २०१८ मा निम्न लिखित नया सुधारका कार्यक्रमहरु लागु गरिने कुराको जानाकारी  शिक्षा मन्त्रि  Jean-Michel Blanquer ले पत्रकार सम्मेलन मार्फत जानाकारी गराएका हुन् :

>>  हाल सम्मको ब्यबस्था अनुसार प्राथमिक बिद्यालयमा गृहकार्य  दिन प्रतिबन्ध भएकोमा यो ब्यबश्थालाई माध्यमिक बिद्यालयमा पनि लागु गरिने भएको छ् | अर्थात अब उप्रान्त प्रा बि तथा  मा बि तहका कुनै पनि विद्यार्थीले घरमा आएर गृहकार्य गर्नु पर्ने छैन | गृहकार्य स्कुलमै गर्नको लागि समय ब्यबस्थापन गरिने छ | यो नयाँ ब्यवश्था लागु गर्नका तीन कारणहरु छन : अ ) गृहकार्य दिनाले विद्यार्थीहरु बिच असमानता भयो  किनकी कुनै विद्यार्थीको बुवा आमाले गृहकार्यमा सहयोग पुराउन सक्ने र कुनै बिद्यार्थीको बुवा आमाले गृहकार्यमा सहयोग पुराउन नसक्ने भएकोले| ( बिद्यालयमा समानताको सिद्दान्तको पूर्ण पालना गर्नको लागि ) आ ) विद्यार्थीहरु घरमा आई गृहकार्य गर्दा परिवारका अन्य सदश्यलाई बाधा नपरोस र परिवारमा असान्ती श्रीजना नहोस् | इ ) स्कुल जीवनले पारिवारिक जीवनलाई प्रभाब नपारोस र पारिवारिक जीवन सुखमय होस् |

>>  हाल अभिभाबकको बिशेष आग्रहमा बाहेक कुनै बिद्यार्थीलाइ माध्यामिक तहको अन्तिम परिक्षामा बाहेक अन्य परिक्षामा अनुतिर्ण गराउन प्रतिवन्ध छ | यो व्यवस्थालाइ यसै शैक्षिक सत्रवाट परिवर्तन गरिने छ | धेरै कमजोर बिद्यार्थीलाइ शिक्षकको निर्णय अनुसार कक्षा दोहोराउन लगाउने व्यवस्था कायम गरिने छ |

>>  ३ बर्ष अवधि भएको उच्च माध्यामिक तह फ्रान्समा धेरै बोझिलो मानिन्छ |  उच्च माध्यमिक विद्यालय शिक्षालाई आधुनिकिकरण गरिने छ । उक्त तहको अन्तिम परिक्षामा केवल  4 वटा मात्र विषयको परिक्षा हुने छ । बाँकी बिषयहरुमा कक्षामा लिइने बिभिन्न परिक्षाहरुद्धारा विद्यार्थीको स्तर निर्धारण गरिने छ ।

>>  पुर्व प्रार्थमिक तथा प्रार्थमिक बिद्यालयमा हाल हप्तामा ४,५ दिन ( २५ घण्टा ) अध्यापन गरिने व्यवस्थालाइ कायम राखिने छ तर कुनै  बिद्यालय  व्यवस्थापन समितिको सिफारिसमा नगर प्रमुखले माग गरेमा सो बिद्यालयमा  हप्तामा ४ दिन मात्र अध्यापन गरिने व्यवस्था कायम गर्न सकिने छ |

>>  शैक्षिक रुपमा पछि परेका क्षेत्रलाई प्राथमिकता प्राप्त क्षेत्रको रुपमा वर्गिकरण गरिने छ । यस्ता क्षेत्रका कक्षा 1 र कक्षा 2 मा जम्मा 12 हजार कक्षाहरु छनौंट गरिने पाच बर्षको  योजना अन्तर्गत यो वर्ष २००० यस्ता कक्षाहरु संचालनमा ल्याइने छ । शिक्षण सिकाइमा कठिनाइ भएका ति कक्षाहरुमा प्रति कक्षा जम्मा १२ जना मात्र  विद्यार्थी रहने छन् । त्यस्ता कक्षामा शिक्षण गर्ने शिक्षक कम्तीमा 3 वर्ष अनुभवी हुनेछन् र यिनीहरुले वार्षिक 3000 € थप तलब प्राप्त गर्ने छन्।


>>   माध्यमिक विद्यालयमा  उक्त बिद्यालयले चाहेमा यसै शैक्षिक सत्रबाट  (क) दुई भाषामा अध्यापन गराउन सक्नेछ । (ख) कुनै एउटा सेक्सनमा यूरोपियन् पाठ्यक्रम अन्तर्गतका कक्षा संचालन गर्न सक्नेछ |  । (ग) ग्रीक र ल्याटिन भाषाको अध्यापन पुरक बिषयको रुपमा मात्र नभई अतिरिक्त बिषयको रुपमा पनि  गराउन सक्ने  छ ।

>>  प्रार्थमिक तह पुरा गरेर माध्यामिक तहमा प्रवेस गर्ने बिद्यार्थीहरुका लागि लामो बिदाको अन्तिम हप्ताभर फ्रेन्च र गणित बिषयका कक्षाहरु संचालन गरिने छ |


Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité