Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
29 octobre 2017

निजि बिद्यालयका शिक्षकको तलब सरकारले बेहोर्ने फ्रान्सको अनौठो व्यवस्था

ecole_aremeneinne2

फ्रान्समा बिद्यालय तहलाइ चार भागमा बाडिएको छ : 

अ ) पुर्व प्रा बि ( Maternelle ) : यो तहमा ३ बर्ष देखि ६ बर्ष सम्मका बच्चाहरु भर्ना हुने गर्दछन | यो तह अनिवार्य छैन | यस तहमा बालकहरुलाइ पढाउने र लेखाउने गरिदैन | बच्चाहरुले ३ बर्षको पुरा अवधि खेल खेलेर र चित्रहरु बनाएर बिताउछन | यो उमेर समुहका बच्चाहरुलाई पढाइ लेखाइमा सहभागी गराउदा उनीहरुको सारीरिक तथा मानसिक बृदी बिकासमा नराम्रो असर पर्छ भन्ने मान्यता छ |

आ ) प्राथमिक बिद्यालय ( Primaire ) : ६ देखि ११ बर्ष उमेर समुहका बच्चाहरु भर्ना हुने यो तह अनिवार्य हो | बिशेस गरि फ्रेच र गणित बिषय अध्यापन गराइने यो तहमा गृहकार्य दिन प्रतिबन्ध छ | एउटा भाषाको पूर्ण ज्ञान भएपछि अन्य बिषय पछि सजिलै सिक्न सक्छन भन्ने मान्यताको आधारमा फ्रेन्च भाषा बिषयको अध्यापनलाइ उच्च प्राथमिकता दिइएको छ | बिज्ञान, इतिहास जस्ता बिषयहरुका केवल आधारभूत सब्द वा तिथिमिति मात्र सिकाइन्छ |
इ ) कलेज  ( Collège) : ११ बर्ष देखि १५ बर्ष सम्मका बच्चाहरु भर्ना हुने यो तह पनि अनिवार्य हो | सबै मुख्य बिषयहरुलाई समान महत्वका साथ अध्यापन गराइने यो तहबाट बिद्यार्थीहरुको भविष्यको मार्ग तय हुन्छ | यहि तहको अन्तिम बर्षबाट बिद्यार्थीहरुको सामु दुइ वटा बिकल्प हुन्छन : - व्यवसाय मुलक तालिम लिने वा उच्च माविमा सैदान्तिक अध्ययनलाइ निरन्तरता दिने | तर यी बिकल्पहरु बीचको छनौट बिद्यार्थी आफुले गर्न भने पाउँदैन | उक्त विद्यार्थीको सैक्षिक उपलब्धिको आधारमा कुन बिकल्पमा पठाउने भन्ने कुराको निर्णय गर्न बिद्यालय परिवारलाइ पूर्ण अधिकार हुन्छ | 

ई ) उच्च मा बि ( Lycée ) :  १५ देखि १८ बर्ष उमेर समुहका बिद्यार्थीहरु भर्ना हुने यो तह अनिवार्य छैन | Lycée Professionnel, Lycée Technologique et  Lycée Général  गरि तिन प्रकारका उच्च मा बिहरु छन जस मध्ये पहिला दुइ प्रकारका उच्च माबिले श्रम बजारको लागि आवस्यक जनसक्ति तयार गर्छ भने तेश्रो प्रकारको उच्च माविले उच्च शिक्षाका लागि आवस्यक बिद्यार्थी तयार गर्छ |

फ्रान्समा पनि नेपालमा जस्तै दुइ प्रकारका बिद्यालयहरु छन : निजि बिद्यालय र सरकारी बिद्यालय | फ्रान्समा १७ % बिध्यार्थिहरु निजि बिद्यालयमा अध्ययन गर्दछन | फ्रान्सको  कानुन अनुसार निजि स्कुलमा पढ्ने बिद्यार्थीको अनुपात २० % भन्दा माथि हुनु हुदैन | सरकारी स्कुलमा जस्तै निजि बिद्यालयमा काम गर्ने शिक्षकहरुको तलब पनि सरकारले व्यहोर्ने कानुनि व्यवस्था यहाँ | यदि कुनै निजि बिद्यालयले सरकारले तोकेको पाठ्यक्रम प्रयोग गर्ने सर्त स्वीकार गरेमा  उक्त निजि विद्यालय ( L'école privé sous cotrat ) का शिक्षकहरुको सम्पूर्ण तलब लगायत  अन्य मसलन्द खर्च सरकारले बेहोर्छ | फ्रान्सका ९८ % निजि बिद्यालयहरुले सरकारले तोकेको पाठ्यक्रम लागु गरेर यो सरकारी सुबिधा लिइ रहेका छन |त्यस बाहेकको अन्य व्यवस्थापनको लागि निजि स्कुललाई एउटा सिमित सुल्क बिद्यार्थीहरुबाट लिने अनुमति दिइएको हुन्छ जुन सुबिधा सरकारी बिद्यालयहरुलाई हुदैन | यस प्रकार निजि बिद्यालय भनिएपनि सुल्क त्यति चर्को पर्दैन | अत निजि  प्रा बि,  निजि कलेज र निजि उच्च माबिमा करीब ३० % मध्यम बर्गीयहरुको पहुच छ | ५ / ६ वटा सरकारी स्कुलको बिचमा एउटा मात्र निजि स्कुल हुने भएकोले मेरिटका आधारमा निजि बिद्यालयहरुले भर्ना लिने गर्दछन |

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité