Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
26 octobre 2017

व्यापारिक प्रयोजनका लागि टेलिफोन कल गर्दा ७५ हजार युरो जरिवाना लाग्ने

bloctel

  फ्रान्समा सबै तहका गरि करिब ३० लाख ( १७% ) कामदारहरु पूर्ण रुपमा अनलाइन द्वारा काम गर्दछन भने करिब त्यति नै संख्यामा आम्सिक रुपमा अनलाइनबाट काम गर्ने कर्मचारीहरु छन | अनलाइनबाट काम गर्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ | लेण्ड लाइन, मोबाइल फोन र कम्पुटरको प्रयोगद्वारा गरिने यसप्रकारको काममा टेलिफोन कलको प्रयोगबाट सर्वसाधारणले धेरै सास्ती बेहोर्नु पर्यो | आफ्नो  बस्तु तथा सेवा बिक्रि गर्न  वा प्रचारका  लागि जुनसुकै कम्पनीले कुनै पनि बेला फोन गर्न सक्ने हुदा मानिसहरुको  दैनिक जीवनमा नराम्रो प्रभाब परेको कुरा महसुस गरियो | फलस्वरुप सन् २०१६ मा सरकारले यस सम्वन्धि एउटा  कानुन बनाएर लागु गर्यो : यो कानुन अनुसार यदि कुनै ब्याक्ति ब्यापारीक प्रयोजनका लागि गरिने कुनै पनि फोन कलबाट मुक्त हुन् चाहन्छ भने उसले आफ्नो टेलिफोन नम्बर Bloctel नाम गरेको एउटा प्रणालीमा दर्ता गराउनु पर्छ | Bloctel प्रणालीमा दर्ता गरिएको टेलिफोन नम्बरमा कुनै व्यापारिक कम्पनि वा पब्लिसिटी गर्ने कम्पनीले फोन गरेको प्रमाणित भएमा त्यस्ता कम्पनीहरुले १५ हजार देखि ७५ हजार युरो सम्म जरिवाना तिर्नु पर्ने हुन्छ | यदि यो कार्य कुनै ब्याक्तिलाई मानसिक तनाब दिने नियतले पटक पटक गरिएको कुरा प्रमाणित भएमा त्यस्ता कम्पनीहरुलाइ १५ लाख युरो सम्म जरिवाना हुनसक्ने व्यवस्था छ |  

 Bloctel प्रणालीमा दर्ता गरिएका टेलिफोन नम्बरहरुमा फोन गर्दा निम्न लिखित अवस्थामा माथि उल्लेख गरिएको   कानुन आकर्षित हुदैन :  समाचार पत्रहरुलाइ  आवस्यक समाचार संकलन गर्न, सर्वेक्षणहरु गर्न, सान्ति सुरक्षा सँग सम्बन्धित बिषयमा अनुसन्धानहरु गर्न, गैर नाफामुलक तथा परोपकारी संस्थाहरुले आवस्यक जानाकारी प्राप्त गर्न | 

opposetel 1jpg

यस प्रकार फ्रान्समा ब्यापारिक प्रयोजनका लागि  कुनै लेन्ड लाइन टेलिफोनमा वा मोबाइलमा  टेलिफोन गर्नु  भन्दा अगाडी त्यी नम्बरहरु Bloctel सिस्टममा दर्ता भएका छन कि छैनन भनि जाँच गर्नु अनिवार्य  हुन्छ | अन्यथा यदि सम्बधित ब्याक्तिले उजुरी गरेमा ठुलो रकम जरिमाना तिर्नु पर्ने हुन्छ |  यो जाँच गर्नको लागि opposetel प्रणाली  प्रयोग गरिन्छ |   

 

Bloctel, le service gratuit pour se protéger du démarchage téléphonique abusif

Elle s'appelle Bloctel : c'est la liste d'opposition au démarchage téléphonique. Instaurée par la loi relative à la consommation du 17 mars 2014, elle remplace le service Pacitel, fermé au 1er janvier 2016, qui n'était pas soumis à obligation réglementaire. Désormais, avant de solliciter téléphoniquement un consommateur, les professionnels devront s'assurer qu'il n'est pas inscrit sur la liste d'opposition.

https://www.economie.gouv.fr

 

Bloctel : comment marche la liste d'opposition au démarchage téléphonique ?

L'inscription sur la liste d'opposition au démarchage téléphonique Bloctel est simple : vous pouvez vous inscrire sur le site internet bloctel.gouv.fr. Vous devrez alors remplir un formulaire en indiquant jusqu'à 8 numéros de téléphone fixe ou mobile sur lesquels vous ne souhaitez plus être contacté.

https://www.economie.gouv.fr



 

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité