Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
22 octobre 2017

फ्रान्समा ८० प्रतिसत जनतालाई आवास कर ( Taxe d'Habitation ) छुट

taxe-d-habitation-qui-va-en-profiter

हिजो २२ / १० / २०१७ का दिन फ्रान्सको संसदले ८०% जनतालाई आवास कर ( Taxe d'Habitation )  छुट गर्ने कानुन पारित गरेको छ | आफ्नै घर वा अपार्टमेन्टमा बस्ने र बाहालमा बस्ने दुवै थरिका बासिन्दाहरुले यो कर ( Taxe d'Habitation )  तिर्नु पर्ने व्यवस्था छ | राष्ट्रपतिले गरेका चुनाबी प्रतिबद्दताहरु मध्ये यो एक महत्वपूर्ण चुनाबी प्रतिबद्दता थियो | औसत करिब आधा महिनाको तलब बराबरको रकम तिर्नु पर्ने यो कर छुट गरिदा फ्रान्सका ८० % बासिन्दाहरुको क्रयशक्ति बढ्ने छ | बार्षिक ३०००० युरो भन्दा कम आम्दानि भएका एकल महिला वा पुरुष, बार्षिक ४८००० युरो भन्दा कम आम्दानि भएका जोडी र बार्षिक ५४००० युरो भन्दा कम आम्दानी भएको बच्चा सहितको परिवारले आवास करमा सत प्रतिसत छुट पाउने छन | तर यो आवासकर छुट योजना ३ बर्षमा पुरा गरिने छ | पहिलो बर्ष ( सन २०१८ ) मा ३० %, दोश्रो बर्ष ३५% र तेश्रो बर्ष ३५% छुट गरि सन २०२० देखि आवास कर पूर्णतया छुट हुनेछ | अर्थात हाल बार्षिक १००० युरो आवाश कर तिर्ने परिवारले सन २०१८ मा ७०० युरो तिर्नु पर्नेछ , सन २०१९ मा ३५० युरो मात्र तिरे पुग्नेछ भने २०२० मा आवाश कर बापत कुनै रकम तिर्नु पर्ने छैन|

स्थानीय निकायले प्राप्त गर्दै आएको यो कर ( Taxe d'Habitation )  छुटबाट स्थानीय निकायको आम्दानीमा हुने आएको कमि बरावरको रकम केन्द्रिय सरकारले स्थानीय निकायलाइ क्षेती पूर्ति दिने प्रतिबद्दता जनाइएको छ | रिपब्लिकन पार्टीले यो कर छुट योजनाको बिरोध गरेको छ | उक्त पार्टीको तर्क छ : < यो नयाँ व्यवस्थाले स्थानीय निकायको केन्द्रप्रतिको परनिर्भरता बढाउँछ >> |

जे होस यो कर छुट योजनाबाट ८० % परिवार प्रत्यक्ष लाभान्वित हुने भएकोले यसले नागरिकहरुको जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाब पर्ने कुरा निश्चित छ | नयाँ शक्तिले राष्ट्रपतिय निर्वाचन र प्रतिनिधि सभाको निर्वाचन जित्नुमा प्रस्तावित आवास कर छुट योजनाले प्रमुख भूमिका खेलेको थियो | चुनाबी घोषणापत्रका अन्य प्रस्तावित सुधार योजना जस्तै यो आवास कर छुट योजना पनि हु - बहु लागु गरिएको छ | कामदार बिरोधि श्रमकानुनको कार्यान्वयन, घर बाहाल भत्तामा कटौती, धनीहरुलाई सम्पत्ति कर छुट आदि जस्ता सुधार योजनाहरुबाट धनिहरुको राष्ट्रपतिको लोगो लगाइएका बर्तमान राष्ट्रपतिबाट गरिएको यो पछिल्लो सुधार योजना निम्न आम्दानि भएका नागरिकहरुको पक्षमा गरिएको एक महत्वपूर्ण सुधार हो |

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité