Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
14 septembre 2017

फ्रान्समा सार्वजनिक स्थलमा महिलाहरु जिस्काउनेलाइ तत्काल जरिवाना तिराइने

     

marlene

   फ्रान्समा सार्वजनिक स्थलमा महिलाहरु जिस्काउने पुरुषहरु दण्डित हुने भएका छन | महिला पुरुष समानता मामिला सहायक मन्त्रि Marlène Schiappa ले रास्ट्रिय टेलिभिजन मार्फत छिट्टै बन्दै गरेको नयाँ कानुन बारे जानकारी दिदै भनेकी छन << एकातिर आकर्षण हुन्छ जसको कारण सहमतिमा सम्बन्ध रहन सक्छ अर्को तिर बलात्कार हुन्छ जुन अपराध कानुन द्वारा दण्डित गरिन्छ | तर यी दुई को बीच एउटा यस्तो अवश्था छ कि पुरुषहरु महिलालाइ बाटो , सार्वजनिक यातायात तथा अन्य सार्वजनिक स्थलमा जिस्काएर सताईरहेका हुन्छन तर उनिहरु दण्डित हुने व्यवस्था छैन | यो अवश्थाको अन्त्य गरिने छ | >> उनका अनुसार गृह मन्त्रि सगँको सहकार्यमा एउटा यस्तो कानुन ल्याइने छ जसबाट कुनै महिलालाइ कुनै पुरुषले जिस्काएको खण्डमा सो महिलाले नजिकै गस्ती गरिरहेको प्रहरीलाइ रिपोर्ट गर्न सक्नेछिन | प्रहरीले दोषी पुरुषलाइ तत्काल जरिवाना तिराउने छ | कुन कुन अवस्थालाइ सजायको दायरामा ल्याउने र जरिवाना रकम कति लिने भन्ने बारेमा साम्सदहरुको समुहले छलफल गरि निर्क्योल गर्नेछ |

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité