Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
17 septembre 2017

राष्ट्रपतिद्वारा घर भाडा घटाउन घर धनिहरुलाई सार्वजनिक अपिल

 

   

macron

     फ्रान्समा करीब एक महिना अगाडी सरकारले घर भाडा भत्ता ( APL ) घटाउने निर्णय गरेको थियो | प्रति महिना प्रति परिवार पाँच युरो भत्ता कम गर्ने सरकारको निर्णयको बिरुद्दमा संसद, सडक, मेडीया, सामाजिक संजालहरुमा एक महिना देखि ब्यापक बिरोध भइरहेको छ | भुतपुर्वक राष्ट्रपति लगाएत सबै वामपन्थी नेताहरुले सरकारको यो निर्णयको बिरोध गरेका छन | बिद्यार्थीहरु तथा कम आय भएका समुहको पक्षमा काम गर्ने संस्थाहरुले यो निर्णय फिर्ता लिनु पर्ने माग गरिरहेका छन |

अनौठो कुरा के छ भने यति ठुला हङ्गामा मच्चाएको यो रकम अतिनै सानो रकम हो | एउटा बेरोजगार परिवारले प्रति महिना औसत १५०० युरो भत्ता प्राप्त गर्छ | यति ठुलो रकममा प्रति महिना पाँच युरो भत्ता घटाउदा बिपक्षीहरुले आफ्नो सम्पूर्ण सक्ति लगाएर बिरोध गरिरहेका छन | पारिश्रमिकसँग तुलना गर्दा यो रकम केवल सबै भन्दा तल्लो तहका श्रमिकको केवल आधा घण्टाको ज्याला हो |

लामो बिरोधपछि राष्ट्रपतिले यस बिषयमा आफ्नो प्रतिक्रिया दिएका छन | राष्ट्रपतिले आवाशहरु बाहालमा लगाइरहेका घरधनिहरुलाई प्रतिमहिना प्रति आवाश पाच युरो भाडा कम गर्न सार्वजनिक अपिल गरेका छन |

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité