Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
29 juin 2017

फ्रान्सका रास्ट्रपतिको आधिकारिक फोटो र यो फोटोले दिन खोजेको संदेश

macron of

 

 

फ्रान्सका रास्ट्रपतिको आधिकारिक फोटो आज उनकै ट्वीटर मार्फत सार्वजनिक गरिएको छ | यो फोटो  जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, नगर तथा गाउ पालिका कार्यालय र विदेश स्थित फ्रान्सका राजदुताबासहरुमा राखिने छ | एक घण्टा लगाएर रास्ट्रपतिकै चुनाबी अभियानमा प्रयोग गरिएका  फोटो ग्राफर  Soazig de la Moissonnière द्वारा यो फोटो लिइएको थियो | यो फोटोसगै लिइने सामाग्रीहरु  र स्थान रास्ट्रपति आफैले चयन गरेका थिए |

 

 यो फोटोको बारेमा Découvrez le portrait officiel d'Emmanuel Macron

रास्ट्रीय टेलिभिजनहरुमा आज दिन भर चर्चा भयो |


यो फोटोले दिन खोजेको संदेश :

दुइ झण्डा : फ्रान्स र युरोपियन युनियनको समानान्तर अस्तित्व जरुरि छ |

मध्य भाग : न त समाजवादी खेमा  न त पुजिवादी खेमा |  उनि सबै पक्षलाइ समेट्न चाहन्छन |

दुइ शेल फोन : रास्ट्रपति आधुनिक छन् र जनताको सम्पर्कमा छन् |

तिन पुस्तक : दोस्रो विश्व युद्दका शैनिक प्रमुख तथा प्रतिष्ठित पूर्व रास्ट्रपतिका युद्दका अनुभब समेटिएको पुस्तक : इतिहास  प्रतिको सम्मान, फ्रेन्च साहित्य र संस्कृति प्रति रास्ट्रपतिको लगाब छ |

मन्त्रीमंडलको कक्ष र भित्ते घडी : रास्ट्रपतिको कार्यक्रम लागु गर्नका लागि मन्त्रीहरु एक एक मिनेटको उपयोग गर्नेछन |

राष्ट्रपतिको पोज : उनि आफ्नो कार्यकक्षमा आफ्नो काममा सक्रिय छन् |

राष्ट्रपतिको अनुहार : उनि बौद्दिक  छन् |

 

>>>    उनको फोटो बाराक ओबामाको आधिकारिक फोटोसँग तुलना गरिएको छ |

|




( यी सबै कुराहरु फ्रान्सको रास्ट्रीय टेलिभजनबाट अनुबाद गरिएको हो )





Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité