Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
27 septembre 2017

फ्रान्सको नयाँ बजेट २०१८ : दैनिक जीवनमा प्रभाब पार्ने बुदाहरु

 

bruno 1

आज २७/०९/२०१७ का दिन फ्रान्सका अर्थमन्त्री  Bruno Le Maire ले आगामी आर्थिक  बर्ष २०१८ का लागि बजेट प्रस्तुत गरेका छन | नयाँ राष्ट्रपतिद्वारा गठन गरिएको सरकारद्वारा प्रस्तुत यो पहिलो बजेट हो | राष्ट्रपतिका चुनाबी प्रतिबद्दताहरु पुरा गर्ने गरि डिजाइन गरिएको यो बजेटले सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष प्रभाब पार्ने बुदाहरु यस प्रकार छन :

अ ) आवाश कर ( Taxe d'Habitation ) मा आउदो बर्ष एक तिहाइ छुट गरिने छ |


आ ) डिजेल खरिदमा लाग्ने करलाइ बृदि गरिने भएको छ जसबाट डिजेलको मूल्य प्रति लिटर करीब ८ पैसाका दरले बढ्ने छ |


इ ) चुरोटको मूल्य प्रति बट्टा १ युरोका दरले बढ्ने छ |


ई ) घर बाहल भत्ता ( APL ) प्रति परिवार प्रतिमहिना ५ युरो कम गरिने छ | तर HLM मा बस्नेहरुको हकमा कुनै परिवर्तन हुने छैन |


उ ) घरेलु कामदार नियुक्त गर्ने ब्याक्तिलाई आयकर छुटको व्यवस्था गरिने छ | आयकर तिर्नु नपर्ने ब्याक्तिले घरेलु कामदार नियुक्ति गरेमा उसले सरकारबाट आर्थिक सहयोग प्राप्त गर्नेछ |


ऊ ) जागिर गर्ने एकल महिला वा एकल पुरुषका छोरा छोरीहरु  ( ६ बर्ष भन्दा कम उमेरका ) हेरचाह गर्नेको लागि हाल दिइदै आएको भत्ता ( CMG ) रकम मा ३० % बृदि गरिने छ | यसो गर्दा सो रकम  ( CMG ) करिब प्रति महिना ६०० युरो पुग्नेछ |


ए ) निजि क्षेत्रमा काम गर्ने कामदारहरुले तिर्नुपर्ने सामाजिक सुरक्षा योगदान ( Cotisation sociales) बापतको रकम कटौती गरिने छ | यसो गर्दा न्युनतम तलब ( SMIC ) बुझ्ने कामदारको बार्षिक २५७ युरो तलब बृदि हुनेछ |


ऐ ) न्यून पेन्सन रकम बुझ्ने बृदाहरुको पेन्सन रकममा मासिक ३० युरो बृदि हुनेछ |


ओ ) अपाङ्ग भत्ता प्रति महिना प्रतिब्याक्ति ५० युरो बृदि गरिने छ |


ओेेै ) जीवन बिमाबाट प्राप्त आम्दानीमा कर लगाइने छ |

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité