फ्रान्स, पेरिस
यसै हप्ता फ्रान्सको संसदले एउटा नयाँ आप्रवाशी कानुन पारित गरेको छ | राष्ट्रपतिको घोषणा पत्रको आधारमा सरकारले तयार गरेको यो बहुचर्चीत कानुनले वास्तविक सरणार्थिलाइ छिटो छरितो र सजिलैसँग स्थाई बसोवाश कार्ड प्रदान गरि उनीहरुको उचित बृति बिकाशको ब्यवश्था गर्ने, गैर कानुनि आप्रवाशी तथा आर्थिक सरणार्थिको पहिचान गरि धेरै भन्दा धेरैलाई उनीहरुको देशमा फिर्ता गर्ने, बिदेशी बिद्यार्थी तथा सृजनसिल उद्धमीहरुलाई फ्रान्स प्रवेश, बसाइ र काम गर्न प्रोत्साहित गर्ने लक्ष लिएको छ |
क) सरणार्थि सम्बन्धमा
>> सरणार्थिको मान्यता पाँउ भनि निबेदन दिन चाहने आप्रवाशिले फ्रान्स प्रवेश गरेको ९० दिन भित्र सम्बन्धित निकाय ( ओफ़्प्रा - Ofpra) मा निवेदन दिइसक्नु पर्नेछ | यस्ता निवेदकहरुलाई आवाश तथा भत्ताको ब्यवश्था गरिने छ | यदि कुनै व्यक्तिले फ्रान्स प्रवेश गरेको मितिले ९० दिन पछाडी सरणार्थिको मान्यता पाँउ भनि निबेदन दिएमा त्यो निवेदन उपर तुरुन्त ( केहि दिन वा केहि हप्तामा ) निर्णय सुनाइने छ | यो अवधिमा निवेदकले कुनै आर्थिक सुविधा प्राप्त गर्ने छैन |
>> ओफ़्प्राले निवेदन लिन , अन्तर्वार्ताको तिथि तोक्न र आफ्नो निर्णय निवेदकलाई जानकारी दिन इमेलको प्रयोग गर्न सक्नेछ ताकि समयको बचत गर्न सकियोस |
>> ओफ़्प्राबाट सरणार्थिको मान्यता पाँउन नसकेका निवेदकहरुले एक महिना भित्र सी.एन.दे.आ ( CNDA ) मा पुनरावेदन गर्न सक्नेछन | यस्ता निवेदकहरुले प्रत्यक्ष वा भिडिओ मार्फत जजहरुलाइ अन्तर्वार्ता दिनु पर्नेछ | आवश्यकता अनुसार अनुवादकको उपस्थितिलाई सुनिस्चित गरिने छ |
>> तर सुरक्षित देशको सुचिमा परेका देशबाट आएका निवेदकहरु र एक पटक निवेदन अस्वीकृत भइ पुन निवेदन दिएका निवेदकहरुले सी एन दे आ ( CNDA) मा पुनरावेदन गर्न पाउने छैनन् | यो बर्गका निवेदकहरुलाई तत्काल सरकारले देश निकाला गर्न सक्ने छ | तर यिनीहरुले प्रसासनिक अदालतमा पुनरावेदन गर्न भने सक्ने छन् | प्रसासनिक अदालतमा पुनराबेदन गरिसकेका ब्याक्तिलाई सो अदालतको निर्णय अगावै देश निकाला गर्न पाइने छैन |
>> सरणार्थिको मान्यता पाँउ भनि निबेदन दिने, दिन चाहने तथा सरणार्थीको मान्यता पाइसकेका ब्याक्तिहरुलाई एकल तथा सामुहिक आवाश सुबिधा प्रदान गरिने छ | यी आपतकालिन आवाश तथा क्यापहरुको व्यवस्थापन बिगत जस्तै सरणार्थीहरुको लागि काम गर्ने सामाजिक सस्थाहरुले गर्नेछन | तर यो नयाँ कानुन लागु भएपछि ओफ़्प्रा र आपतकालिन आवाश तथा क्यापहरु बीच सुचनाहरुको आदान प्रदान गर्नु पर्ने बाध्यात्मक व्यवस्था लागु गरिने छ | यो नयाँ व्यवस्थाबाट सरकारले चाहेको बेला त्यहाँ रहेका आप्रवाशीहरुको बारेमा सम्पूर्ण जानाकारी लिन सक्नेछ |
>> सरण माग्न आउने आप्रवाशीहरुलाई फ्रान्सले चार बर्गमा छुट्टाउने गर्छ : १) सरणार्थी २) सरणार्थीको मान्यता दिन नसकिने तर आफ्नो देशमा उनीहरुलाई काफी खतरा भएकोले अस्थाई रुपमा सुरक्षा दिनु पर्ने ( सरणार्थी - सुब्सिदिएर ) ३) कुनै देशको नागरिकता नभएका वा आफ्नो देशको नागरिकताबाट बन्चित गरिएका ( देस बिहिन ) | ४) आर्थिक सरणार्थी /
हाल फ्रान्समा सरणार्थीहरुलाई १० बर्षको रेसिडेन्सी कार्ड प्रदान गरिन्छ भने सरणार्थी - सुब्सिदिएर र देस बिहिनहरुलाई १ बर्षको रेसिडेन्सी कार्ड प्रदान गर्ने गरिन्छ | यो नयाँ आप्रवाशी कानुन लागु भएपछी सरणार्थी - सुब्सिदिएर र देश बिहिनहरुलाई चार बर्षको रेसिडेन्सी कार्ड प्रदान गरिने छ |
>> हालको व्यवस्था अनुसार १८ बर्ष भन्दा कम उमेरमा फ्रान्स प्रवेश गरि सरणार्थीको मान्यता पाइसकेका व्यक्तिहरुले आफ्ना बुवा र आमालाइ स्थाइ रुपमा फ्रान्समा आफुसगै बस्ने गरि झिकाउन सक्दछन | यो नयाँ कानुन लागु भएपछि उनीहरु आफ्ना दाजु , भाइ , दिदि, र बैनीलाइ पनि आफुसगै बस्ने गरि झिकाउन सक्नेछन |
>> लामो समय देखि फ्रान्समा बस्दै आएको भएपनि हालसम्म सरणार्थिको मान्यता पाँउ भनि निबेदन नदिएका अशुरक्षित देशका नागरिकहरुले यो नयाँ कानुन लागु भएपछी एक पटक निवेदन दिन सक्नेछन |
>> हालसम्म असुरक्षित देशको लिस्टमा राजनीतिक, आर्थिक, धार्मिक, साम्प्रदायिक आदि कारणले द्वन्द भइरहेका देशहरु पर्दथे | यो नयाँ कानुन लागु भएपछि असुरक्षित देशको लिस्टमा त्यी देशहरुलाइ पनि समेटिने छ जुन देशमा समलिंगीहरु कानुनद्वारा दण्डित हुन्छन, यातना दिइन्छ |
>> कुनै आर्थिक लाभ नलिने गरि कुनै ब्याक्तिले गैरकानुनि आप्रवाशीहरुलाइ मानबिय नाताले सहयोग गर्दा उक्त ब्याक्ति सजायको भागि हुने छैन | अप्रवाशिहरुको लागि खानपिन, कानुनि सल्लाहा, औसधि उपचार, आवाश, यातायात आदि जस्ता सेवाहरु निसुल्क प्रदान गर्न सकिने छ | तर आर्थिक लाभ लिने हेतुले आप्रवाशिहरुलाइ गरिने कुनै पनि प्रकारका सहयोग र सेङ्गेन क्षेत्रको सिमा प्रवेस गराउन सहयोग गर्ने ब्याक्ति कानुनद्वारा दण्डित हुने छ |
>> सरणार्थिको मान्यता पाँउ भनि ओफ़्प्रामा निबेदन दिएको मितिले छ महिना भित्र निवेदनको छिनोफानो लागिसक्ने ( पुनराबेदन सहित ) गरि निर्णय प्रक्रियाको व्यवस्थापन मिलाइने छ | जवकि यस अघि निर्णय प्रक्रिया टुंगिन लाग्ने औसत समय ११ महिना थियो | यदि कुनै कारणले ओफ़्प्रामा निबेदन दिएको मितिले छ महिना भित्र निवेदकले कुनै जवाफ नपाएको खण्डमा उसलाई काम गर्ने अनुमति दिइने छ | जबकि यस अघिको कानुन अनुसार ओफ़्प्रामा निबेदन दिएको मितिले नौ महिना पछि मात्र काम गर्ने अनुमति दिने व्यवस्था थियो |
ख ) गैर कानुनि आप्रवाशी सम्बन्धमा
>> नियमित वा आकस्मित रुपमा कन्ट्रोल गर्ने क्रममा यदि प्रहरीले कुनै गैर कानुनि आप्रवाशी फेला पारेमा उक्त व्यक्तिलाइ बढीमा ४५ दिनको लागि ( हाल सम्मको व्यवस्था अनुसार ) बन्दि गृहमा राखिन्छ | यो अवधिमा उक्त आप्रवाशिले बन्दि गृहबाट छुट्नका लागि अनेक कानुनि उपायहरु खोज्ने गर्छ भने प्रहरीले उक्त ब्याक्तिलाइ देश फिर्ता पठाउनको लागि सम्बन्धित देशको सरकारी निकायसँगको सहकार्यमा आवस्यक कागजपत्रहरु तयार गर्छ | यो ४५ दिनको अवधिमा प्रहरीले आवस्यक कागजपत्र तयार गर्ने सकेन वा सम्वधित देशले असहयोग गर्यो वा सबै प्रक्रिया पुगे पनि उक्त गैरकानुनी आप्रवाशीले आफैले अवरोध सृजना गरेको अवस्थामा उसलाई ४५ दिन भित्र देश फिर्ता गर्न सकिदैन | यो बिशेष परिस्थितिमा उक्त आप्रवाशीलाइ निसर्त बन्दि गृहबाट मुक्त गर्न प्रहरी बाध्य हुन्छ | यो समस्या समाधानार्थ नयाँ आप्रवाशी कानुनमा एउटा बुँदा थप गरिएको छ < बन्दि गृहबाट आफ्नो देशमा फिर्ता पठाउन खोजिएको गैर कानुनि आप्रवाशीले अवरोध गरेर ४५ दिन भित्र उसलाई देश फिर्ता गर्न नसकेको अवश्थामा त्यस्ता ब्याक्तिहरुलाई बढीमा ९० दिन सम्म बन्दि गृहमा राख्न सकिने छ | >
>> यो नयाँ कानुन लागु भएपछि प्रहरी कन्ट्रोलको समयमा भिसा वा बसोबास कार्ड देखाउन नसक्ने आप्रावाशीहरुलाइ अधिकार प्राप्त प्रहरी एकाइले २४ घण्टा सम्म नियन्त्रणमा लिइ छानबिन गर्न सक्नेछ जवकि हालसम्मको व्यवस्था अनुसार केवल १६ घण्टा मात्र प्रहरी नियन्त्रणमा राख्न सकिन्छ | यो छानबिन पछि निज आप्रावासी गैरकानुनी देखिएमा उसलाई बन्दि गृहमा राखेर पछि उसको आफ्नो देश फिर्ता गरिन्छ |
>> कुनै आप्रावाशी फ्रान्समा बस्न पाउने वा नपाउने भन्ने कुराको निर्णय गर्ने क्रममा सम्बन्धि जजहरुले त्यी अप्रवाशिहरुलाई प्रत्यक्ष सोधपुछ गर्न चलन छ | यो नयाँ कानुन लागु भएपछी जजहरुले भिडिओ कलबाट पनि सोधपुछ गरि निर्णय लिन सक्नेछन | यो नयाँ व्यवस्थाबाट निर्णय प्रक्रिया छिटो छरितो हुने बिश्वास लिइएको छ |
>> युरोपियन युनियन भित्रका कुनै पनि देशमा सरणार्थीको मान्यता पाँउ भनि बिगतमा एक पटक निवेदन दिइसकेका आप्रवाशीहरुले अन्य देशमा निवेदन दिन पाउदैनन / त्यस्ता ब्याक्तिहरु अन्य देशमा भेटिएमा त्यो देशले सुरुमा निबेदन दिएको देशमा पठाइदिने कानुनि व्यवस्था युरोपियन युनियनले गरेको छ | तर उचित कानुनको अभाबमा बिशेषगरि बन्दि गृहमा ७ दिन भन्दा बढी समय राख्न नपाउँने हालको कानुनि व्यवस्थाले गर्दा त्यस्ता ब्याक्तिहरु फिर्ता पठाउने काम प्रभावकारी हुन् सकिरहेको छैन | नयाँ आप्रवाशी कानुन लागु भएपछी यो बर्गमा पर्ने गैर कानुनि आप्रवाशीहरुलाई १५ दिन सम्म बन्दि गृहमा राख्न सकिने छ | यो १५ दिनको अवधिमा प्रहरीले सम्बधित देशसँग समन्वय गरि धेरै भन्दा धेरै यस्ता ब्याक्तिहरुलाई उनीहरुले सुरुमा निवेदन दिएका युरोपियन देशमा पठाउन सक्ने अपेक्षा गरिएको छ |
>> हालसम्मको कानुन अनुसार फ्रान्सको भूमिमा जन्मेको कुनै पनि बालकले १८ बर्षको उमेर पुग्दा फ्रेन्च नागरिकता प्राप्त गर्छ | फ्रान्सको समुन्द्र पारीको एउटा जिल्ला मायोतमा कानुनको यो बुदालाई ब्यापक दुरुपयोग गरिएको छ | फ्रेन्च नागरिकताको लोभमा कामोरबाट मायोतमा बच्चा जन्माउनका लागि मात्र आउने ब्यापक चलन छ | यो रोक्नका लागि नयाँ कानुनमा एउटा बुँदा थपिएको छ << अप्रवाशिहरुबाट मायोतमा जन्मेको बच्चा फ्रेच नागरिकता हुनका लागि उ जन्मेको दिन उसको बुवा वा आमा मध्ये कम्तिमा एक जना कानुनि रुपमा मायोतमा बसेको हुनुपर्छ >> |
ग) बिद्यार्थी, बिज्ञ र उधमी सम्वन्धमा
फ्रान्समा पढ्दै गरेका बिद्यार्थीहरुलाई सजिलै सँग स्थापित हुन मद्दत गर्ने र संसारका प्रतिभावान ब्यापारी, उधमी, कलाकार, अति उच्च स्तरका दक्ष कामदार, अनुसन्धान कर्ता, अन्तर्राष्ट्रिय स्तरका मिसनहरु संचालन हर्ने ब्याक्ति आदिलाइ फ्रान्समा आकर्षित गर्ने हेतुले यस अघि बनेको कानुनको क्षेत्र बिस्तार गरिने छ / यी ब्याक्तिहरुका लागि छुटै व्यवस्था गरिएको बसोबाश कार्ड - पासपोर्ट ट्यालेन्ट बढीमा ४ बर्षको हुनेछ र यसलाई नवीकरण गर्न सकिने छ / यो बर्गको बसोवास कार्ड - पासपोर्ट ट्यालेन्ट निम्न समुहका बिदेसी नागरिकले प्राप्त गर्नेछन |
>> फ्रान्सको युनिभर्सिटीबाट व्यवशाइक शिक्षामा कम्तिमा स्नातक वा सैद्यान्तिक शिक्षामा कम्तिमा स्नातकोत्तर गरेका बिदेशी बिद्यार्थीले न्युनतम मासिक ३००० युरो तलबमा कम्तिमा ३ महिनाको श्रम सम्झौता प्रस्तुत गर्न सकेमा त्यी बिध्यार्थीहरुले पासपोर्ट ट्यालेन्टको लागि निवेदन दिन सक्नेछन |
>> पछिल्लो खोज तथा अनुसन्धानमा आधारित कम्पनिहरुद्वारा कम्तिमा बार्षिक ३६००० युरो तलब दिने गरि नियुक्त भएका बिदेशी प्राबिधिकहरुले फ्रान्स तथा विदेशबाट पासपोर्ट ट्यालेन्टको लागि निवेदन दिन सक्नेछन |
>> अति उच्च स्तरको बिदेशी दक्ष कामदारले फ्रान्सको कुनै कम्पनीमा कम्तिमा १ बर्षको लागि न्युनतम बार्षिक तलब ५४००० युरो बुझ्ने गरि श्रम सम्झौता गरेको छ भने उक्त व्यक्तिले पासपोर्ट ट्यालेन्टको लागि निवेदन दिन सक्नेछ |
>> बिदेशी कम्पनी द्वारा कम्तिमा ३ महिना अगाडी नियुक्त भई सोहि कम्पनीको लागि फ्रान्समा आई कम्तिमा बार्षिक ३२००० युरो तलब पाउने गरि काम गर्ने आप्रवाशी कामदारले पासपोर्ट ट्यालेन्टको लागि निवेदन दिन सक्नेछ |
>> विश्वको कुनै विश्व बिद्यालयबाट कम्तिमा स्नातकोत्तर पुरा गरि फ्रान्समा काम गर्न चाहने अनुसन्धानकर्ताले पासपोर्ट ट्यालेन्टको लागि निवेदन दिन सक्नेछन |
>> कम्तिमा स्नातकोत्तर गरेको वा कम्तिमा ५ बर्ष अनुभब भएको कुनै विदेशीले न्युनतम ३०००० युरो लगानी गरि कुनै नयाँ कम्पनी शृजना गरेमा उक्त विदेशीले पासपोर्ट ट्यालेन्टको लागि निवेदन दिन सक्नेछन |
>> फ्रान्सको सरकारी निकायको आवश्यकताको आधारमा सरकार द्वारा मान्यता प्राप्त कुनै खोज मुलक परियोजनामा काम गर्ने अनुसन्धान कर्ताले पासपोर्ट ट्यालेन्टको लागि निवेदन दिन सक्नेछन |
>> यदि कुनै आप्रवाशिले कम्तिमा ३०% शेअर सहित कम्पनीको नेतृत्व गरि रोजगारी शृजनामा योगदान गरेको छ र उक्त कम्पनी सग ३०० ००० युरोको अचल सम्पति रहेको छ भने उक्त आप्रवाशिले पासपोर्ट ट्यालेन्टको लागि निवेदन दिन सक्नेछन |
>> बहुराष्ट्रिय कम्पनीमा कम्तिमा बार्षिक ५४००० युरो तलब लिने फ्रान्सस्थित शाखा प्रमुखहरुले पासपोर्ट ट्यालेन्टको लागि निवेदन दिन सक्नेछन |
>> कुनै पनि देसका कला, संस्कृति र साहित्यसँग सम्बन्धित प्रसिद्द लेखक, साहित्यकार, कलाकार तथा अनुवादकहरुले पासपोर्ट ट्यालेन्टको लागि निवेदन दिन सक्नेछन |
>> राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाइसकेका अप्रवाशिहरु फ्रान्समा आई खेल, शिक्षा, कला, साहित्य, बिज्ञान आदि विधामा काम गरिरहेका छन् भने त्यस्ता आप्रवाशिले पासपोर्ट ट्यालेन्टको लागि निवेदन दिन सक्नेछन |
लामो समयको छलफल र बिबाद पछि पारित भएको यो कानुन बहुमतले पारित भएपनि सर्वसम्मत भने हुन् सकेन | अति दक्षिण पन्थी पार्टीले यो कानुनलाई थप सरणार्थी भित्राउने र गैरकानुनी आप्रवाशिहरुलाइ कानुनि मान्यता दिने औजारको रुपमा बुझेको छ | उदारवादी पार्टीका अनुसार यो कानुनमा केहि सकारात्मक बुदा भएपनि हालको बिकराल समस्या समाधान गर्नको लागि यो कानुन प्रयाप्त छैन | मानव अधिकारवादीहरु, समाजवादी पार्टी तथा अन्य वामपन्थी पार्टीहरुका अनुसार यो कानुन फ्रान्सको आप्रवाशी सम्वन्धि आधारभुत मान्यता बिरोधि र मानवता बिरोधि छ |
रामचन्द्र भण्डारी
फ्रान्स, पेरिस
ramb8811@gmail.com