फ्रान्सका राष्ट्रपतिले यो हप्ता गुणस्तरीय स्वास्थ्य सेवाका लागि तिनवटा घोषणाहरु गरेका छन् | आफ्नो चुनाबी प्रतिबद्दतामा समेटिएका यी तिन बुदाहरु हामीलाई सामान्य जस्ता लागेपनि यहाँका मेडिया तथा सामाजिक सुरक्षाको पक्षमा काम गर्ने संघ संस्थाहरुले यो सुधार योजनालाइ निकै महत्व दिएका छन् |
>> १५ वर्ष भित्रका ब्याक्तिले बर्षको १ पटक र १५ बर्ष भन्दा माथिका व्यक्तिहरुको हकमा दुइ बर्षको एक पटक ३७० € सम्मको चस्मा निसुल्क प्राप्त गर्ने छन | हाल केवल प्रति ब्याक्ति बढीमा ९० € सम्म मात्र पर्ने चस्मा निसुल्क प्राप्त हुन्छ | हालको व्यवस्था अनुसार राम्रो गुणस्तरको चस्मा प्रयोग गर्नु परेमा ९० युरो भन्दा बढी रकम आफैले तिर्नु तिर्नु पर्ने हुन्छ |
>> बहिरा ब्याक्तिले अवाज सुन्न प्रयोग गर्ने उपकरणको सवालमा प्रत्येक मेसिनको ९५० € का दरले १९०० € मुल्य सम्मका मेसिन प्रत्येक चार बर्षमा एक पटक निसुल्क प्राप्त हुनेछ | हालको व्यवस्था अनुसार, केवल ३८० € मुल्यसम्म मात्र निसुल्क थियो |
>> दाँत सम्बन्धि सबैजसो उपचार र उपकरण अब निसुल्क पाइने भएको छ | हालको व्यवस्था अनुसार, दाँतको आधारभूत उपचार निसुल्क छ | त्यो बाहेक अन्य सघन उपचार, नक्कली दाँत निर्माण र दाँतलाइ आफ्नो ठाउमा राख्न प्रयोग गरिने उपकरणहरुलाइ थप रकम तिर्नु पर्ने हुन्छ |
सामान्यतया निसुल्क उपचार प्रणाली रहेको फ्रान्समा हाल सम्म माथिका तिन सेवा तथा सामाग्रीमा एउटा हद तोकिएको छ | करोडौ खर्च लाग्दा पनि उपचारका लागि पैसा नलिने सरकारी स्वास्थ्य बिमाका बीच माथिका तिन सेवा तथा सामाग्रीमा हद तोकिनुको एउटा कारण हो : < यी सेवा तथा बस्तुको अभाबमा व्यक्तिको मृत्यु हुदैन > |

यो नयाँ योजना सन् २०२० देखि पूर्ण रुपमा लागु हुनेछ | आँखा, कान र दाँत उपचारमा दिन लागिएको यो निसुल्क सुबिधाबाट सबै बर्गका नागरिकहरुले स्तरीय उपचार प्राप्त गर्ने छन् |