Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
8 novembre 2017

फ्रान्समा रोबोट ( यन्त्र मानब ) द्वारा कर्मचारी छनौट

 

 

IMG_6505

फ्रान्समा कर्मचारी  तथा कामदार छनौट्का लागी रोबोट ( Robot ) को प्रयोग गर्न थालिएको छ | सुन्दै अचम्म लाग्ने यो बिधिलाइ  रोजगारदाता र बेरोजगार बर्ग दुबैले सहज रुपमा लिएका छन | यो बिधि प्रयोग गर्नुमा रोजगारदाता कम्पनि तथा श्रम बजारका मध्यस्थकर्ता कम्पनिका  दुइ मुख्य उद्देस्यहरु  छ्न : समयको बचत गर्नु र जतिसक्यो धेरै युवा  ( कम्पुटर र सुचना प्रबिधिको राम्रो ज्ञान भएका ) कर्मचारी तथा कामदारहरु छनौट गर्नु |

फ्रान्समा रोबोटबाट कामदार छनौट गर्दा प्रयोग गरिने माध्यमलाइ साबो ( chat-bot ) भनिन्छ | यस्को अर्थ हुन्छ : रोबोटसँग अनलाइन कुराकानी | जब  कामदार खोजिरहेको कम्पनीमा हाम्रो  बायोडाटा ( CV ) पुग्छ, जम्मा भएका बायोडाटा ( CV ) मध्ये राम्रा बायोडाटा भएका केहि उम्मेद्वारहरुलाइ रोबोटले फेसबुक म्यासेन्जर मार्फत सम्पर्क गर्छ | उम्मेद्वारको शैक्षिक, ब्यवसायिक, परिवारिक स्थितिको जानाकारी लिनुको साथै उस्को काम गर्न् सक्ने  क्षमता र चाहनाको तह निर्धारण गर्न आवस्यक प्रश्नहरु रोबोटले सोध्ने गर्छ| यि सबै कुरामा ठिकै लागेमा रोबोटले आवस्यकता अनुसार अनलाइनबाट नै जाच लिन्छ| यो जाचबाट  ऊत्तिर्ण उम्मेद्वारलाइ अन्तिम अन्तर्वार्ताको लागी कम्पनिमा कामदार छनौटको जिम्मा पाएको ब्याक्ति ( Directeur des ressources humaines ) सँग पठाइन्छ | यस प्रकार फ्रान्समा रोबोटले कामदार छनौटमा एउटा महत्वपुर्ण भूमिका खेलिरहेको देखिन्छ | Marco Vasco, Vinci   आदि जस्ता  कम्पनिहरु, Adecco जस्ता श्रम बजारका मध्यस्थकर्ता कम्पनिहरु ( जस्ले  दैनिक  बीस हजार कामदारहरुका लागी बिज्ञापन गरिरहन्छ ) का रोबोटहरु कामदार छनौटमा दैनिक सक्रिय छन |

श्रम बजारमा काम खोजिरहेका ब्याक्तिहरु पनि दुइ कारणहरूले कामदार छनौटको यो नया बिधिलाइ स्वागत गरिरहेका छन : अ) ब्याक्तिको अगाडी भन्दा रोबोट सँग अन्तरवार्ता दिन सहज  हुन्छ। आ) पहिलो चरणमा कुनै जाती, लिङ्ग , छालाको रङ्ग, शारिरिक बनावट, उमेर, जन्मेको देश आदिको आधारमा पक्षपात हुने सम्भावना सुन्य हुन्छ। 

सन 2000 देखि नै रोबोटद्वारा बायोडाटाहरु छनौट गर्न थालिएकोमा हाल 95 प्रतिसत ठुला इन्टरप्राइज र 50 प्रतिसत मध्यम खालका इन्टरप्राइजहरुले बायोडाटा छनौटमा रोबोटहरुको प्रयोग गर्दछन | माथी भनिए जस्तै अनलाइनबाट पहिलो चरणको छनौट रोबोटले गर्ने काम धेरै भन्दा धेरै इन्टरप्राइजहरुमा लागु गरिएको छ | केहि इन्टरप्राइजहरुले कामदार छनौतको सम्पुर्ण काम रोबोटलाइ सुम्पने गरि रोबोटहरु तयार गर्ने र परिक्षण गर्ने काम भइरहेको छ | यसो गर्दा रोबोट्को अगाडी बसेरै अन्तरवार्ता दिनु पर्ने हुन्छ | रोबोट्ले आवस्यक प्रश्नहरु सोध्नुको साथै उम्मेद्वारको हाउभाउको आधारमा उस्को ब्याक्तित्व परिक्षण गर्न आवस्यक तथ्यहरु सन्कलन गर्छ र त्यस्को बिश्लेषण गर्छ | यो बिधिमा छनौटको सम्पुर्ण काम रोबोट्ले गर्छ | तर यसको ब्यवशायिक प्रयोगका लागी भने इन्टरप्राइज हरु अझै तयार छैनन | तर  रोबोट्ले नै कामदार छनौट को सम्पुर्ण जिम्मा लिने दिन आउन धेरै टाढा छैन |  

 ( यो जानाकारी फ्रान्सको एक  दैनिक पत्रिका Parisien बाट अनुवाद गरिएको हो )

 

Comment nous sommes recrutés par des robots

INTERVIEW - Aujourd'hui, 95 % des grosses entreprises sont équipées de robots qui filtrent les CV et les candidatures. Quelques pistes pour adapter votre CV. Google reçoit chaque semaine environ 75.000 CV.Traiter toutes ces candidatures individuellement n'est humainement pas possible.

http://www.lefigaro.fr

 

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité