Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
6 septembre 2017

नगरपालिका प्रमुख कति सम्म अनुभबी हुदा रहेछन ?

 

francois-bayrou-c-est-un-bonheur-dans-une-vie-politique

फ्रान्सको पिरेने - आतलँतिक जिल्लाको पो नगरपालिकाका प्रमुख फ्रँस्वा बायरु ( François Bayrou ) हुन | ३२ बर्ग मिटरमा फैलिएको यो नगरपालिकाको जनसंख्या ७८००० छ | बिगत १० बर्ष देखि सो नगरपालिका मेअर रहेका फ्रँस्वा बायरु बिगत ३५ बर्ष देखि फ्रान्सको राष्ट्रिय राजनीतिका एक प्रमुख पात्र हुन | कृषक परिवारमा जन्मेर प्राध्यापक पेशा हुदै राजनीतिमा प्रवेश गरेका फ्रँस्वा बायरु मध्य मार्गी खेमाका प्रमुख नेता हुन | बर्तमान राष्ट्रपतिलाइ जिताउनमा उनले प्रमुख भूमिका खेलेका थिए | केन्द्रिय राजनीतिका प्रभाबशालि नेता भएर पनि आफ्नो नगरपालिकालाइ सधै माया गरिरहने फ्रान्सका धेरै नेताहरु मध्ये उनि पनि एक हुन | उनको ३७ बर्षे राजनीतिक यात्रा यसरि बितेको रहेछ :

१) केन्द्रिय पार्टी सभापति --- ( २३ बर्ष )
२) उप प्रधान तथा कानुन मन्त्रि --- ( १ महिना )
३) शिक्षा मन्त्रि --- ( ४ बर्ष )
४) संसद सदस्य ---- ( १९ बर्ष )
५) युरोपियन संसद सदस्य ------ ( ३ बर्ष )
६) जिल्ला परिषद अध्यक्ष ----- ( ९ बर्ष )
७) जिल्ला परिषद सदस्य ------- ( २५ बर्ष )
८) नगरपालिका प्रमुख ----- ( १० बर्ष )
९) फ्रेन्च साहित्यका प्राध्यापक ---- ( १० बर्ष )
१०) राष्ट्रपतिका उम्मेदवार ( ३ पटक - २००२, २००७ र २०१२ )

स्मरण रहोस यस अगाडी एक भन्दा बढी पदमा निर्वाचित हुन पाउने व्यवस्था थियो | यो बर्ष देखि नयाँ कानुन आएको छ जसअनुसार एक भन्दा बढी प्रमुख पदमा निर्वाचित हुन पाइदैन |

 

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité