Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
29 août 2017

फ्रान्समा पुर्व मन्त्रि तथा साम्सदहरुले काम पाउन नसकेको गुनासो

   

emanuelle

फ्रान्सकी एउटा वामपन्थी पार्टी ( EELV ) की पुर्व महासचिब तथा बहुचर्चित पुर्व आवास मन्त्रि EMMANUELLE COSSE ले आवास मन्त्रिबाट हटेपछि बेरोजगार हुनुपरेको गुनासो गरेकी छन् | उनले भनेकी छन  << मैले पहिलो काम पत्रकारिताबाट सुरु गरेकी हु र पछि निर्माणको क्षेत्रमा काम गरेँ | पत्रकारिता गर्न छोडेको धेरै बर्ष भयो र यो बिचमा प्रविधिको बिकाशले गर्दा हामीले त्यतिबेला सिकेको सिपले काम गर्दैन | अत पत्रकारिता क्षेत्रमा काम खोज्ने आँट मैले गरिन | मन्त्रि बन्नु भन्दा अगाडी मैले निर्माणको क्षेत्रमा काम गरेकी थिए र अहिले त्यहि क्षेत्रमा काम खोजि रहेकी छु तर काम भेटाउन सकेकी छैन | यहि क्षेत्रमा मन्त्रि बनिसकेकोले रोजगारदाताले मलाइ कामदारको रुपमा नियुक्ति गर्न हिच्किचाइ रहेका छन | >>

यो समस्या उनको मात्र होइन | फ्रान्सको नयाँ राजनीतिक लहरले गर्दा धेरै पुर्व मन्त्रि तथा पुर्व साम्सदहरुले चुनाब जित्न सकेनन | लामो समय राजनीति गरेका ब्याक्तिले पुरानो काममा आफ्नो स्थान भेटाउन पनि सजिलै सकिराखेका छैनन् | यो बिषयले राष्ट्रिय स्तरमै निकै चर्चा पाइरहेको छ |

यो समस्याको समाधान खोज्नका लागि पुर्व आवास मन्त्रि EMMANUELLE COSSE ले पुर्व साम्सद तथा पुर्व मन्त्रीहरुको एउटा संगठन बनाउने सोचमा छन जसले एक पटक संसद वा मन्त्रीबाट हटेपछि उनीहरुलाई पुरानो वा नया काममा स्थापित गर्न सकियोस |

तर सबै पुर्व मन्त्रि वा पुर्व संसदलाइ यो समस्या भएको भने होइन | पुर्व सासद र पुर्व मन्त्रीहरुको एउटा अम्श आफ्नो पुरानो वा नया काममा स्थापित भइरहेका छन | पछिल्ला ८ पुर्व  प्रधानमन्त्रिहरु मध्ये एक जना संसद सदस्य छन, एक जना महानगरपालिकाका मेअर छन भने बाकि ६ जना पुर्व प्रधानमन्त्रिहरु निम्न लिखित पेसामा आबद्द छन  :

  पुर्व प्रधानमन्त्रि Bernard Cazeneuve  : हाल वकालत

पुर्व प्रधानमन्त्रि Manuel Valls  :  हाल संसद सदस्य

पुर्व प्रधानमन्त्रि  jean-Marc Ayrault  : हाल गैर सरकारी संस्थाका प्रमुख

पुर्व प्रधानमन्त्रि  François Fillon  : हाल  वित्तीय कम्पनीका  सल्लाहाकार

पुर्व प्रधानमन्त्रि  Dominique Villepin  : हाल कानुनि सल्लाहाकार ( अन्तराष्ट्रिय ब्यापार )

पुर्व प्रधानमन्त्रि  Jean  Pierre Raffarin  :  हाल टेलीभिजनका स्तंभकार

पुर्व प्रधानमन्त्रि  Lionel Jospin  :  हाल संबैधानिक परिषदका सदस्य 

पुर्व प्रधानमन्त्रि  Alain Juppé  :  हाल  महानगर पालिकाका मेअर

                                                         

  हाल फ्रान्समा सरकारी सेवामा भएको ब्याक्ति साम्सद वा मन्त्रि बनेमा उसको जागिर सुरक्षित रहने व्यवस्था छ तर यो नियम निजि क्षेत्रमा काम गर्ने ब्याक्तिको हकमा लागु लागु हुदैन | निजि क्षेत्रमा पनि यो नियम लागु गराउने कानुन बनाउने बारे छलफल चलिरहेको छ | 

 

 

Les galères d'Emmanuelle Cosse pour retrouver un emploi

De nombreuses personnalités politiques ont changé d'horizon, avec la fin de leur mandature ou après leurs échecs aux dernières élections. François Fillon rejoint, par exemple, le secteur de la finance, tandis que Jean-Pierre Raffarin devient chroniqueur à la télévision. Emmanuelle Cosse, elle, n'a toujours pas de nouveau point de chute.

http://www.lepoint.fr



Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité