Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
28 août 2017

फ्रान्सको सामाजिक सुरक्षा प्रणाली के हो र यसबाट कसरि फाइदा लिन सकिन्छ ?

caf 3

 
फ्रान्समा पनि धनि र मध्यम बर्ग बिचको खाडल अतिनै ठुलो छ र यो दिन प्रतिदिन बढ्दै छ | फ्रान्सको अति सानो समुहको हातमा कुल रास्ट्रीय सम्पतिको ठुलो हिस्सा छ भने मध्यम बर्गीयहरुको ठुलो समुहको स्वामित्वमा कुल रास्ट्रीय सपत्तिको सानो हिस्सा मात्र छ | तर गास, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकताका बस्तु तथा सेवाबाट कुनै पनि नागरिक बन्चित हुनुपर्ने स्थिति छैन | सबैजसो बस्तु तथा सेवालाई प्रजातान्त्रिकरण गर्ने ( सबैले किन्न सक्ने बनाउने ) हर सम्भब प्रयास गरिएको छ | यी कारणहरुले गर्दा समाजमा ठुला असन्तोषका स्वरहरु त्यति सुनिदैन | पुजीबादी अर्थ ब्यबस्था भित्र यति सबै गर्न सक्नुको एउटै कारण हो : सम्पत्ति पुनर्वितरणमा सरकारी कुसलता | रणनैतिक महत्वका केहि सार्बजनिक संस्थानहरु बाहेक अन्य सबै क्षेत्रहरु निजि क्षेत्रकै मातहतमा भएकोले सरकारले आम्दानि गर्ने र मध्यम बर्गीयहरुलाई वितरण गर्ने कुरा सम्भब छैन | अत सरकारको स्रोत भनेकै जागिरे, उद्धमी, ब्यापारी तथा सम्पन्न ब्याक्तिहरुबाट प्राप्त हुने कर / सामाजिक सुरक्षा योगदान बापतको रकम हो | कडा कानुन, इमान्दार कर्मचारी, नया बिधि र प्रविधिको प्रयोगद्वारा जागिरे, उद्धमी, ब्यापारी तथा सम्पन्न ब्याक्तिहरुबाट बढी भन्दा बढी कर तथा सामाजिक सुरक्षा योगदान बापतको रकम उठाउन सरकार सक्षम छ |
 
फ्रान्समा प्रतिब्याक्ति मासिक ९०० € भन्दा कम आम्दानी ( गरिबीको रेखा ) गर्ने ब्याक्ति गरिब मानिन्छ | गरिबीको रेखामुनि कुनै पनि नागरिक नपरुन र शिक्षा, स्वास्थ्य, मनोरंजन लगाएतका नागरिकका आधारभूत आवस्यकताबाट नागरिकहरु बन्चित नहोउन भन्ने हेतुले सरकारले त्यस्ता नागरिकहरुलाई विभिन्न प्रकारका भत्ता वितरण गर्दछ | यस्ता न्युन आम्दानि भएका ब्याक्ति तथा परिवारलाई सार्वजनिक बस्तु तथा सेवाको निसुल्क वितरणको माध्यमबाट पनि आयको पुनर्वितरणको लक्ष हासिल गरिएको छ | यसरि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रदान गरिएका भत्ता तथा सुबिधाका कारण फ्रान्सका प्रत्येक नागरिकको आम्दानि मासिक ९०० € भन्दा माथि छ भन्ने कुरा देखाइएको छ | यस प्रकार फ्रान्समा गरिबहरु छैनन | त्यसैले यहाँका कुनै पनि आधिकारिक बोलिचालीमा गरिबहरु भन्ने सब्द प्रयोग गरिदैन | यहा आर्थिक हिसाबले बिपन्नहरुको समूहलाइ मध्यम बर्ग भन्ने गरिन्छ |
 
संसारका राम्रा सामाजिक सुरक्षा प्रणाली भएका देशहरु मध्ये फ्रान्स पनि एक हो | सामाजिक सुरक्षा अन्तर्गतका रकम र सार्वजनिक बस्तु तथा सेवा लक्षित बर्गसम्म पुराउनका लागि सरकारका काम गर्ने मुख्य 5 निकायहरु यस प्रकार छन् :
 
     A- न्युनतम आयको ग्यारेन्टी  : CAISSE D'ALLOCATION FAMILIALES ( CAF )
 
सामाजिक सुरक्षा व्यवस्था कार्यन्वयन गर्ने प्रमुख ५ एकाइ मध्ये CAF एउटा हो | देसका सबै भागहरुमा रहेका यसका साखा कार्यालयहरुबाट बेरोजगार, असक्त, बालक, ब्रिद तथा न्यून आय भएका ब्याक्ति तथा परिवारलाइ विभिन्न प्रकारका भत्ताहरु प्रदान गरिन्छ | यी भत्ताहरु वितरण गर्नुको उद्देस्य ब्याक्ति तथा परिवारको न्युनतम आय सुनिस्चित गर्नु र परिवारको दैनिकीलाइ सहज बनाउनु हो | CAF ले वितरण गर्ने मुख्य भत्ताहरु यस प्रकार छन :
 
१ ) LE REVENU DE SOLIDARITÉ ACTIVE (RSA) : न्यून आम्दानि भएका फ्रेन्च नागरिक , युरोपियन नागरिक र ५ वर्ष देखि फ्रान्समा बस्दै आएका अन्य आप्रबासीहरुले यो भत्ता पाउछन | हाल यो भत्ता रकम एक व्याक्तिका लागि मासिक ५३६ युरो छ भने दुइ बच्चा सहितको एक परिवारले मासिक १२२५ युरो प्राप्त गर्दछ | दुइ वटा भन्दा बढी बच्चा भएको खण्डमा प्रत्येक बच्चा बापत २१४ युरो भत्ता रकम थपिदै जान्छ | 

caf

२ a ) Les aides au logement (Apl, Alf, Als) : फ्रान्समा घर बाहालमा हुने खर्चले परिवारको कुल खर्चको ठुलो अम्श ओगट्ने भएकोले न्यून आम्दानि भएका ब्याक्ति वा परिवारको घरभाडाको एउटा अम्श CAF ले तिरिदिने व्यवस्था छ | निजि क्षेत्रका आवासहरुको हकमा करिब आधा भाडा रकम र सरकारी क्षेत्रका आवाशरुको हकमा करिब तिन चौथाई भाडा रकम यो प्रणाली अन्तर्गत सरकारले तिरिदिन्छ | यो सुबिधा न्यून आय भएका स्वदेसी लगाएत बिद्यार्थी सहित सबै आप्रवासीहरुले पनि प्राप्त गर्दछन | यो भत्ता रकम एक जना ब्याक्तिको लागि करिब २५० युरो छ भने एउटा परिवारका लागि करिब ४५० युरो छ |
 
२ b ) La prime de déménagement : यदी तपाई Les aides au logement (Apl, Alf, Als) पाइरहनु भएको छ, कम्तिमा ३ वटा छोरा छोरीहरु छन वा हुने वाला छन र नवजात सिसुको जन्मको कारण ठुलो आवशमा बसाइ सर्नु पर्ने भएमा त्यो परिवारले बसाइसर्न लाग्ने खर्च ( अधिकतम ९७० युरो ) प्राप्त गर्छ |
 
२ c ) न्यून आम्दानि हुने परिवारको हकमा << भाडामा आवाश लिदा तिर्नु पर्ने डिपोजिट रकम ( करिब एक महिनाको भाडा ) >> CAF ले बेहोर्छ |
 
२ d ) Le prêt à l'amélioration de l'habitat : CAF ले परिवारको आवास मरमतको लागि , फर्निचार तथा भान्साका उपकरण खरिदको लागि लगभग सुन्य ब्याजदरमा ऋण प्रदान गर्छ | कम आम्दानि भएका परिवारले त्यो ऋणको एउटा अम्श अनुदान पाउछ |
३ ) LA PRIME D'ACTIVITÉ : तपाई पार्ट टाइम जागिर गर्नुहुन्छ र त्यसबाट आउने तलब रकम धेरै कम छ भने तपाइले यो भत्ता पाउनु हुन्छ |
 
४ ) L'allocation de soutien familial (Asf) : तपाई एकल महिला वा पुरुष हुनुहुन्छ र तपाइले एक्लै आफ्नो बच्चा पाल्नु पर्ने छ भने यस बापत तपाइले यो भत्ता पाउनुहुन्छ |
५ ) L'allocation d'éducation de l'enfant handicapé (Aeeh) : अपाङ्ग बच्चाहरुलाई सामान्य बच्चाहरुको तुलनामा स्कुल खर्च बढी लाग्ने हुनाले स्कुल जाने अपाङ्ग बच्चाहरुलाई यो भत्ता प्रदान गरिन्छ |
६ ) L'allocation journalière de présence parentale (Ajpp) : यदि तपाइँ जागिरे हुनुहुन्छ, तपाईको बच्चा बिरामी पर्यो वा तपाइको बच्चा अपाङ्ग छ | बिरामी वा अपाङ्ग बच्चाको हेरचाह गर्नका लागि आफ्नो कार्यालयमा अनुपस्थित रहनु पर्यो | यसरि तलबमा कटौती भएमा अनुपस्थित अबधिभर यो भत्ता प्रदान गरिन्छ |
७ ) La carte familles nombreuses : यदि तपाइको परिवारमा १८ बर्ष भन्दा कम उमेरका ३ वा ३ जना भन्दा बढी छोरा छोरीहरु छन् भने CAF ले एउटा कार्ड प्रदान गर्छ | यो कार्ड भएको परिवारका सदस्यहरुले सार्वजनिक यातायातमा ७५ % सम्म छुट पाउनुको साथै खेलकुद तथा मनोरंजनका सबै जसो बस्तु तथा सेवासग सम्बन्धित सुल्कहरुमा छुट पाउछन | यसै गरि यो कार्ड भएको परिवारले भान्सा कोठामा प्रयोग हुने फ्रिज लगाएतका बिधुतिय उपकरण खरिद, गाडी खरिद, इन्सुरेन्स खरिद, ड्राइभिंग स्कुल सुल्क आदिमा छुट प्राप्त गर्दछन |
 
८ ) La prestation d'accueil du jeune enfant (Paje) : भर्खर जन्मेको बच्चा वा एडप्ट गरिएको बच्चाको नाममा परिवारले तिन बर्ष सम्म यो भत्ता प्राप्त गर्दछ | यो भत्ताको रकम करिब प्रति महिना १८५ युरो छ |
९ ) Les allocations familiales (Af) : दुइ वा दुइ भन्दा बढी बच्चा भएको परिवारले यो भत्ता प्राप्त गर्छ | यो भत्ता रकम प्रति महिना प्रति बच्चा करिब १३० युरो छ |
 
१०) La prime à la naissance  : महिला सुत्केरी हुदा प्रत्येक पटक एक मुस्ट रकम ९३३ युरो प्राप्त गर्दछन | 
११) L'allocation de rentrée scolaire (Ars) : फ्रान्समा स्कुल भर्ना भएका प्रत्येक विद्यार्थीले प्रत्येक बर्ष शैक्षिक सत्र सुरु हुनु भन्दा एक महिना अगाडी शैक्षिक सामाग्री भत्ता प्राप्त गर्दछन | यो रकम उमेर अनुसार एक मुस्ट ४६५ युरो वा ४८५ युरो वा ४९८ युरो छ |
 
१२ ) अन्य : यी भत्ताहरुका अलावा : > तिन बर्ष भन्दा कम उमेरका बच्चाको हेरचाह गर्ने केन्द्रको व्यवस्थापन, >> बच्चाहरुसग सम्बन्धित अन्य सार्वजनिक स्थलहरुको व्यवस्थापन, >> १८ बर्ष भन्दा कम उमेरका बच्चाहरुको भ्रमणको व्यवस्थापन आदिमा समेत CAF ले खर्च गर्छ | यी लगायतका काफले प्रदान गर्ने भत्ता तथा सुबिधाबाट केवल कम आम्दानि हुने बर्ग मात्रा लाभान्वित हुन्छ |

B - निसुल्क उपचार र गुमाएको तलबको क्षतिपूर्ति : CAISSE D'ASSURANCE MALADIE 

 

>> Remboursements des soins : फ्रान्समा न्युन आय भएका, अशक्त र बेरोजगारहरुको उपचार सत प्रतिसत निसुल्क हुन्छ | मध्यम वा उच्च आय भएका कामदारहरु ( कर्मचारीहरु ) लगाएत सम्पूर्ण फ्रान्सबासिहरुलाइ उपचार खर्चको ठुलो अम्श ( करिब ७० % ) छुट हुन्छ अर्थात तिर्नु पर्दैन | मध्यम वा उच्च आय भएका कामदारहरु ( कर्मचारीहरु ) को हकमा उपचार खर्चको बाकि अम्श ( करिब ३० % ) रोजगारदाता कम्पनीको सहभागितामा निजि बिमा कम्पनिबाट असुल गराइन्छ | यसरि कानुनि रुपमा फ्रान्समा बस्ने आप्रबासी सहित सबै फ्रान्सेली नागरिक कुनै पनि खालको रोगको उपचारबाट बन्चित हुनु पर्दैन | गैर कानुनि रुपमा फ्रान्समा बसेका आप्रवाशीहरुले पनि AME को नाममा निसुल्क उपचार प्राप्त गर्दछन |

assurance m

>> Arrêt maladie et arrêt de travail : कुनै पनि प्रकारको कामदार बिरामी परेको कुरा डाक्टरद्वारा प्रमाणित गरेको खण्डमा उक्त बिरामीले बिरामी परेको चौथो दिन पछि बिरामी भइरहदासम्म दैनिक भत्ता प्राप्त गर्दछ |

>> Accident du travail et indemnités journalières : कार्य क्षेत्रमा कुनै कामदार दुर्घटनामा परेर घाइते भएको खण्डमा काम गर्न नसक्ने अवधिभरको तलब बराबरको रकम कामदारले प्राप्त गर्दछ | 
>> Congé maternité et vos indemnités journalières : सबै गर्भवती महिलाको सम्पूर्ण उपचार खर्च सरकारी बिमाद्वारा नै बेहोर्नुको साथै महिला कामदारको सुत्केरी बिदाको तलब पनि सरकारी इन्सुरेन्सले नै बेहोर्छ |

>> Pension d’invalidité : कानुनि रुपमा फ्रान्समा बस्ने आप्रबासी लगाएत सबै फ्रान्सेलीहरु अपाङ्ग भएको अवश्थामा सरकारी बिमा प्रणाली अन्तर्गत नै भत्ता प्राप्त गर्दछन |

 C - बेरोजगारी भत्ता : POLE EMPLOI 

फ्रान्समा Pole Emploi नाम गरेको सस्था छ जसले रोजगारदाता कम्पनि र बेरोजगारहरु बीच पुलको काम गर्छ | यसका साखाहरु फ्रान्सका सबै जिल्लाहरुमा छन | यसको दोस्रो काम हो : एक पटक काम गरिसकेका तर हाल बेरोजगार रहेका ब्याक्तिहरुलाइ बेरोजगारी भत्ता प्रदान गर्नु | कम्तिमा ६०० घण्टा काम गरेर काम छुटेका वा छुटाइएका ब्याक्तिले यो भत्ता प्राप्त गर्दछन | यस्ता बेरोजगारहरुले बढीमा दुइ बर्ष सम्म यस अघि खाइपाइ आएको तलबको ७५ % बराबर हुन आउने मासिक भत्ता रकम प्राप्त गर्दछन | सो दुइ बर्ष भित्र काम खोजिसक्नु पर्ने वा दिएको काम गर्नु पर्ने कानुनि व्यवस्था भएपनि अनेक बाहानामा सरकारले दिएको काम नगर्ने र भत्ता अबधि लम्बाउने प्रवृति ब्यापक देखिन्छ | यस्ता बेरोजगारहरुले बेरोजगारी भत्ताका अलावा निसुल्क तालिम लगाएतका कैयौँ अन्य सुबिधाहरु प्राप्त गर्दछन |

pole emploi

 

D - पेन्सन प्रणाली : Caisse Nationale d'Assurance Vieillesse

      नेपालमा भन्दा फ्रान्सको पेन्सन प्रणालीमा केहि भिन्नता छ : अ ) फ्रान्समा सेवा निबृत हुनका लागि कम्तिमा ६२ बर्ष उमेर ( केहि अपबाद बाहेक ) हुन पर्छ | आ ) सरकारी र निजि ( घरेलु कामदार समेतले ) दुवै क्षेत्रमा काम गर्ने कामदारहरुले पेन्सन पाउने व्यवस्था छ | यसरि कुनै पनि कामदार जिबनको उत्तरार्दमा पेन्सन सुबिधाबाट बन्चित हुनु पर्दैन |

retraite

E - सामाजिक कार्यकर्ता : SERVICE SOCIAUX 

 

service s

 

        फ्रान्सको समाजमा Fraternité र solidarité भन्ने दुइ सब्दहरु निकै प्रचलित छन् | छोटकरीमा दुइ सब्दले भन्न खोजेको कुरा के भने << हामी मानब जाति सबै आफ्नै दाजु भाइ हौ र एक आपसमा आफ्नै दाजु भाइ बिचको जस्तो सम्बन्ध राख्न पर्छ | समाजमा कुनै ब्याक्ति कमजोर अबस्थामा हुन्छ र कुनै ब्याक्ति सक्षम अवस्थामा हुन्छ | सक्षमले कमजोरलाइ सहयोग गर्नु पर्छ जसको कारण हाम्रो समाज बिना अवरोध अगाडी बढ्न सक्छ | >> यहि मान्यतालाइ व्यवहारमा उतार्नको लागि सामाजिक सुरक्षा प्रणालीको परिकल्पना गरिएको हो | लक्षित बर्गसम्म सामाजिक सुरक्षा प्रणाली अन्तरगतका भत्ता तथा अन्य सेवा सुविधाहरु पुराउनका लागि नगरपालिकाहरुले ब्यापक रुपमा सामाजिक कार्यकर्ताहरु परिचालन गरेका छन | मुख्य गरि गरिबहरु, अपाङ्गहरु, बच्चा बच्चिहरु, वृद्हरु , घरबार बिहिनहरु, आप्रवासीहरु, फ्रेन्च भाषा बोल्न नजान्नेहरु, विभिन्न कारणले समाजबाट अलग्गिएका ब्याक्तिहरु आदि लाइ उनीहरुको अधिकार प्राप्तिको लागि सहयोग पुराउनु सामाजिक कार्यकर्ताहरुको प्रमुख कर्तब्य हो |

         न्युनतम आयको ग्यारेन्टी, निसुल्क उपचार, दुर्घटना वा बिरामी परि कमि हुन आएको तलबको क्षतिपूर्ति , बेरोजगारी भत्ता, निजि क्षेत्रका कामदार समेतलाई पेन्सनको ग्यारेन्टी आदिको व्यवस्थाद्वारा  गरिब तथा न्यून आय भएका ब्याक्तिलाई गरिबीको रेखामाथि पार्न फ्रान्स सफल भएको छ | 

 
Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité