Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
18 août 2017

प्राकृतिक प्रकोप पछि बिकसित देशमा राहत उठाउने र वितरण गर्ने काम किन हुदैन ?

 

disaster n

नेपालमा जब बाढी, पहिरो, आगलागी, भुकम्प, आदि जस्ता ठुला प्राकृतिक बिपत्तिहरु आइलाग्छन, सुरक्षाबल को नेतृत्वमा उद्दार कार्य हुने गर्छ | उद्दार पछि हुने राहत संकलनको चरणमा देस तथा विदेशका सरकारी, अर्धसरकारी तथा निजि क्षेत्रबाट राहात रकम तथा राहात सामाग्री जम्मा गर्ने काम गरिन्छ | काहाली लाग्दा फोटाहरु र भिडियोहरुलाइ संसार भर फैलाइन्छ ताकि धेरै भन्दा धेरै राहात रकम उठ्न सकोस | स्वदेशमा त हुने नै भयो, विदेशका ठुला सहरका टोल टोलमा यो वा त्यो संस्था / ब्याक्तिले नेपालमा भएको प्राकृतिक प्रकोपबाट पिडितहरुको नाममा राहात संकलन गर्ने गर्छन | संकलन पछि राहात रकम तथा राहात सामाग्री वितरण कार्यमा पनि धेरै ठुलो स्रोत साधन तथा जनसक्ति परिचालन हुन्छ | त्यस पछिका दिनमा राहात संकलन तथा वितरणमा भएका अनियमितताका खबरहरुले ठुलो स्थान पाउछ | यसप्रकार एउटा प्राकृतिक प्रकोपको हल्ला महिनौ / बर्षौ सम्म रहन्छ |

बिकसित देशहरुमा पनि बाढी, पहिरो, आगलागी, भुकम्प आदि जस्ता प्राकृतिक बिपत्तिहरु आइरहन्छन | सम्बधित निकायले उद्दारको काम गरेको देखिन्छ | तर त्यस पछाडी कुनै प्रकारको राहत संकलन तथा वितरण गरेको देखिदैन | के उनीहरु (प्राकृतिक प्रकोपबाट पिडितहरु) धेरै धनि भएर राहात आवस्यक नभएको हो ? होइन | के सरकारले सिधै राहत दिएको हो ? त्यो पनि होइन | यसको वास्तविक कारण के हो भने बिकसित देसका हरेक नागरिकले प्राकृतिक बिपत्तिको लागि इन्सुरेन्स गरेका हुन्छन | यो इन्सुरेन्स अनिवार्य गरिएको छ | देसभरका हरेक नागरिकले प्राकृतिक बिपत्तिको लागि इन्सुरेन्स गर्ने हुदा उनीहरुले तिर्ने मासिक प्रिमबाट इन्सुरेन्स कम्पनिले ठुलो धनराशी प्राप्त गर्ने गर्छ | जब देसको कुनै ठाउमा ठुलो प्राकृतिक प्रकोप हुन्छ, सरकारले प्राकृतिक प्रकोपमा परेको क्षेत्रलाइ प्राकृतिक प्रकोपबाट पिडित क्षेत्र घोषणा गर्छ | सरकारबाट तोकिएको प्राकृतिक प्रकोपबाट पिडित क्षेत्रका जनताले एक कल फोनको आधारमा इन्सुरेन्स कम्पनिबाट आफ्नो क्षेती बराबरको रकम प्राप्त गर्दछन | यदि पिडितको बासस्थान सरकारबाट तोकिएको प्राकृतिक प्रकोपबाट पिडित क्षेत्र भन्दा बाहिर परेको भएमा पीडितले निबेदन दिनु पर्ने हुन्छ | इन्सुरेन्स कम्पनीले प्राकृतिक प्रकोपबाट क्षेती भएको ठहर गरेमा उसले तत्काल इन्सुरेन्स कम्पनीबाट क्षेती भए बराबरको रकम प्राप्त गर्दछ | यसरि इन्सुरेन्स कम्पनिबाट सबै प्राकृतिक प्रकोपका पिडितहरुले गुमाएको सम्पति बराबरको रकम प्राप्त गर्ने भएकोले अन्य कुनै राहात वितरणको आवस्यकता पर्दैन | यसमा महत्वपुर्ण कुरा के छन् भने >> प्राकृतिक बिपत्तिको लागि गरिने इन्सुरेन्सका लागि तिरिने प्रिमको रकम अत्यन्तै सानो हुन्छ | >> प्राकृतिक प्रकोपबाट भएको क्षति बापत परिवारले प्राप्त गर्ने रकम कसैको दयाले दिएको नभई उक्त परिवारको अधिकार हो |


नेपालका इन्सुरेन्स कम्पनिहरु यस क्षेत्रमा काम गर्छन कि गर्दैनन् कुन्नि ? नेपालका निजि इन्सुरेन्स कम्पनिबाट त सम्भब नहोला तर सरकारले चाहेमा सरकारी इन्सुरेन्स कम्पनीले यो काम गर्न सक्छ | सबै परिवारलाइ अनिवार्य गर्न सम्भब नभए पनि इच्छुक र सम्पन्न परिवारले प्राकृतिक प्रकोपको लागि इन्सुरेन्स गर्ने गरेमा कम्तिमा पिडितको एउटा समुहले राहातको भर पर्नु पर्दैन |

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité