Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
30 juillet 2017

फ्रान्सको संसदमा जनप्रतिनिधिहरुलाई अनुसासित बनाउने कानुन पारित

 

bayrou

जुलाई २८ का दिन फ्रान्सको प्रतिनिधि सभाले राजनीतिज्ञहरुलाइ अनुसासित बनाउने कानुन ( Moralisation de la vie publique ) पारित गरेको छ | ४ का बिरुद्द ३१९ मत प्राप्त गरि संसदबाट पारित भएको यो कानुन नवनिर्वाचित राष्ट्रपतिको सबै भन्दा प्रमुख एजेन्डा हो | यहि एजेन्डाका आधारमा फ्रान्सका दुइ प्रमुख पार्टीहरु नयाँ शक्ति पार्टी ( LREM ) र मध्य मार्गी पार्टी ( MODEM ) बीच चुनाबी एकता भएको थियो | यो कानुनको खाका मध्य मार्गी पार्टीका प्रमुख तथा पुर्व कानुन मन्त्रि François Bayrou ले तयार गरेका हुन् | यो नयाँ कानुन लागु भएपछी मन्त्रि तथा निर्वाचित प्रतिनिधिबाट हुने गरेको संस्थागत भ्रष्टचार कम हुने अपेक्षा गरिएको छ | संसदबाट पारित बहुचर्चित यो कानुनका मुख्य अम्शहरु यसप्रकार छन् :

>> साम्सद, मन्त्रि तथा स्थानिय निकायका निर्वाचित प्रतिनिधिहरुले आफ्ना परिवारका सदस्यहरुलाइ आफ्नो निजि सचिबको रुपमा नियुक्त गर्न पाउने छैनन | एउटा निर्वाचित प्रतिनिधि वा मन्त्रीले अर्को निर्वाचित प्रतिनिधि वा मन्त्रीको परिवारको सदस्य लाइ निजि सचिवको रुपमा नियुक्ति गरेको खण्डमा सो को जानाकारी अक्तियार दुरुपयोग सम्बन्धि उच्च आयोगलाइ दिनु पर्ने छ | कुनै व्यापारिक तथा बित्तिय संस्थाले मन्त्रि तथा निर्वाचित प्रतिनिधिका निजि सचिबहरुको तलब बेहोर्न पाउने छैन | यो कानुन बिपरित निजि सचिब नियुक्ति गर्ने गरेको प्रमाणित भएमा खर्च भइ सकेको रकम असुल उपर गरि नियुक्ति दिने ब्याक्तिलाई ३ बर्षको कैद र ४५००० युरो जरिवाना हुनेछ |

>> हाल सम्म कायम रहेको साम्सद बिकास कोष खारेज गरिने छ | हाल सम्म प्रत्येक साम्सदले प्रति साम्सद प्रति बर्ष १३०००० युरो रकम आफ्नो क्षेत्रको विकासको लागि प्राप्त गर्ने गर्दथे |

>> प्रत्येक संसदले प्राप्त गर्ने मासिक एकमुस्ट मसलन्द खर्च रकम तोकिएका शिर्षकमा मात्र खर्च गर्नु पर्ने छ | प्रमाणको लागि खर्चका बिलहरु प्रस्तुत गरे पछि मात्र खर्च प्रमाणित गरिने छ | हाल सम्मको व्यवस्था अनुसार साम्सदहरुले प्राप्त गर्ने मसलन्द खर्च प्रति महिना प्रति साम्सद ५४०० युरो उनीहरुले आफ्नो मर्जीले खर्च गर्न सक्दथे |

>> अदालत द्वारा दोषी ठहरिएर सजाय भोगेको ब्याक्ति कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन् पाउने छैन | निर्वाचित साम्सदले कर नतिरेको पाइएमा उक्त साम्सद पद मुक्त हुनेछ | र यसरि खाली हुन् आएको निर्वाचन क्षेत्रमा उप निर्वाचन गराइने छ |

 >> संसदमा छलफलको लागि प्रस्तुत गरिएको कुनै बिषय वा प्रस्तावित कानुन कुनै एक वा एक भन्दा बढी साम्सदहरुको फाइदासग जोडिएको बिषय वा कानुन हुन् सक्छ | यदि सो बिषय वा प्रस्तावित कानुन पारित गर्नका लागि संसदमा मतदान गर्नु पर्यो भने उक्त मतदानमा त्यी साम्सदहरुले मतदान गर्न पाउने छैनन् |

>> कुनै सांसदले आफ्नो जनादेश अवधीभर कुनै संस्थाको सल्लाहकार तथा विषय विशेषज्ञको रुपमा काम गर्न पाउने छैन । यसैगरि साम्सद हुनुभन्दा एक बर्ष अघिदेखि साम्सद रहेको अबधिभर कुनै पनि संसदले आफ्नो नाममा कुनै पनि प्रकारको संस्था खोल्न पाइने छैन |

>> राजनितिक पार्टी तथा तिनका उम्मेदवारहरुलाई सजिलै ऋण प्रदान गर्ने गराउने प्रयोजनका लागि एउटा छुट्टै बैंक र एउटा ऋण मध्यस्थ कर्ता संस्थाको स्थापना गरिने छ | युरोपियन बैंक र राजनीतिक पार्टी बाहेक अन्य कुनै पनि निजि तथा सरकारी संघ संस्थाहरुले राजनीतिक पार्टी तथा तिनका उम्मेदवारहरुलाई ऋण दिन पाउने छैनन् | बिदेशी ब्याक्ति तथा संस्थाबाट ऋण लिन पाइने छैन | निजि ब्याक्तिबाट पार्टी वा तिनका उम्मेदवारले लिएको ऋण र उनीहरुले चुक्ता गरे नगरेको बास्तबिकताको अनुगमन गरिने छ | राजनीति पार्टी तथा उम्मेदवारले प्राप्त गर्ने ऋण सम्बन्धि यो कानुनको पालना नगरेको प्रमाणित भएमा दोषीलाइ ३ बर्ष कैद र ४५००० युरो जरिवाना हुनेछ |

 >> हरेक राजनीतिक पार्टीहरुले आफ्नो बार्षिक आर्थिक प्रतिबेदन आधिकारिक पत्रिका मार्फत सावजनिक गर्नु पर्नेछ |

 

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité