Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
28 juillet 2017

साम्सद बिकास कोषको रकम खारेज गरिने

pour et contre

हिजो फ्रान्सको प्रतिनिधि सभाले साम्सद बिकास कोषको व्यवस्था खारेज गर्ने पक्षमा कानुन पास गरेको छ | हाल सम्मको व्यवस्था अनुसार आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्नको लागि प्रत्येक साम्सदले प्रति साम्सद प्रति वर्ष औषत १३० ००० € रकम प्राप्त गर्ने गर्दथे |

आफ्नो निर्वाचन क्षेत्रका स्थानिय निकायको बिकास र त्यहाका संघ संस्थाहरुलाइ आर्थिक सहयोग पुराउनले लक्ष्य अनुसार व्यवस्था गरिएको साम्सद बिकास कोषको दुरुपयोग भइरहेको कुरा धेरै लामो समय देखि उठ्दै आइरहेको थियो | साम्सद हरुले आफ्ना परिवारका सदस्य तथा आफ्ना पार्टी कार्यकर्ता प्रमुख रहेका संघ संस्थाहरुलाई साम्सद बिकाश कोषबाट अनुदान दिदै आइरहेको कुरा संचार माध्यमहरुमा आइरहन्थ्यो | आगामी चुनाबहरुलाई प्रत्यक्ष प्रभाब पार्ने तरिकाले साम्सद बिकाश कोषको रकम वितरण हुने गरेको कुरा पनि हाल सम्म निकै चर्चामा थियो |

यो बिकृतिलाइ नजिकबाट देखेका बर्तमान राष्ट्रपतिले आफ्नो चुनाबी घोषणा पत्रमा साम्सद बिकास कोष खारेज गर्ने प्रतिबद्दता जाहेर गरेका थिए | कट्टर वामपन्थी र फ्रेन्च कम्युनिस्ट पार्टीका साम्सदहरु भने यो छलफलमा  अनुपस्थित रहेका थिए | 

फ्रान्सको  संसदमा केहि दिन देखि  << राजनीतिज्ञहरुलाई अनुसासित बनाउने >>  प्रस्तावित कानुनको बारेमा छलफल चलिरहेको छ | यो प्रस्तावित कानुनका विभिन्न बुदाहरु मध्ये  << साम्सद बिकास कोषको खारेजी >> एउटा बुदा हो | ( Pour : पक्ष  ) ( Contre : विपक्ष )

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité