Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
8 juillet 2017

देशभर आवाशहरुको निसुल्क मर्मत, पेट्रोलियम पदार्थको प्रयोगमा प्रतिबन्ध

   

hulotफ्रान्सलाई विश्वकै वाताबरण संरक्षणको केन्द्र बनाउने महत्वकांक्षी उद्देस्यका साथ हिजो फ्रान्सका वाताबरण मन्त्रि  Nicolas Hulot ले वाताबरण संरक्षण सम्बन्धि एउटा महत्वपूर्ण योजना प्रस्तुत गरे | यो योजनामा २०१५ को वाताबरण सम्बन्धि पेरिस सम्झौताको मर्म अनुरुपका बुदाहरु समाबेस गरिएको छ |

मुख्य लक्ष : २०५० सम्ममा फ्रान्समा << कार्बनको तटस्ठता >> : काठ, कोइला, पेट्रोलियम पदार्थ आदिको खपत लगाएत अन्य मानबिय गतिबिधिबाट निस्कने हरित गृह ग्यास बिरुवाहरुले खपत गर्ने गर्दछन | जसबाट वाताबरणीय सन्तुलन कायम हुन्छ | तर केहि दशक देखि यो चक्रमा असन्तुलन पैदा भएको छ | अर्थात वायुमण्डलमा त्यागिएको हरित गृह ग्यासको आंशिक परिमाण मात्र बिरुवा द्वारा खपत गरिएको छ | यसरि बायुमण्डलमा हरित गृह ग्याशको मात्रा बढिरहेको छ | यो नै पृथिवीको तापक्रम बढ्ने प्रमुख कारण हो |

सरकारले २०५० सम्ममा << कार्बनको तटस्ठता >> कायम गर्ने लक्ष लिएको छ | अर्थात हरित गृह ग्यासको उत्सर्जनमा कमि ल्याई हरित गृह ग्यासको उत्सर्जन र खपतमा सन्तुलन ल्याउने | यो लक्ष पुरा गर्नको लागि सरकारले निम्न योजनाहरु प्रस्तुत गरेको छ :

१ ) फ्रान्सले कार्बनको प्रयोग गरेर उर्जा उत्पादन गर्ने काम तत्काल बन्द गर्ने र फ्रान्ससग वाताबरणको क्षेत्रमा सहकार्य गर्ने सबै देशहरुलाई २०२२ सम्ममा बिध्धुत उत्पादनमा कार्बनको प्रयोग नगर्न दबाब दिने |

२ ) सन् २०४० देखि ग्यास तथा पेट्रोलियम पदार्थको प्रशोधनको लागि कुनै पनि कम्पनिलाइ अनुमति नदिने | कार्बन, पेट्रोलियम पदार्थ र प्राकृतिक ग्याशको प्रयोग र बिक्रीवितरणलाइ पूर्ण रुपमा प्रतिबन्ध गर्ने | बिध्धुतीय यातायातका साधनहरु मात्र प्रयोग गर्ने |

३) चिसोको समस्या भएका आवाशहरुको कारण एकातिर परिवारको उर्जामा ठुलो खर्च भइरहेको छ भने अर्को तिर वाताबरणमा प्रतिकुल अशर परिरहेको छ | १० बर्ष भित्रमा चिसोको समस्या भएका देशका सबै आवाशहरुको सरकारले निशुल्क मर्मत गरिदिने |

४) डिजेलबाट चल्ने सन १९९७ भन्दा अगाडिका र पेट्रोलबाट चल्ने सन २००१ भन्दा अगाडिका गाडीहरु प्रयोग गरिरहेका ब्याक्तिले कम प्रदुषणयुक्त वा नया गाडी किन्दा सरकारले एउटा प्रिमको व्यवस्था गर्नेछ | सन् २०४० उप्रान्त डिजेल वा पेट्रोलबाट चल्ने गाडीहरु खरिद, बिक्रि गर्न पूर्ण प्रतिबन्ध गरिने छ |

५) पाल्म र सोयाबिनबाट बन्ने तेल फ्रान्समा धेरै आयात हुन्छ | यो पाल्म र सोयाबिनको उत्पादनको क्रममा अफ्रिका र एसियामा धेरै बन बिनाश गरिएको छ | यो बन बिनाश रोक्नका लागि तत्काल सोयाबिन र पाल्मबाट उत्पादन हुने तेलको आयातलाइ फ्रान्समा प्रतिबन्ध गरिने छ | यो बन विनाशको क्रमलाइ सन २०२० सम्ममा आधा रोक्ने र सन २०३० मा पूर्ण रुपमा बन्द गर्ने लक्ष्य अनुसार काम गरिने छ |

६) हाल फ्रान्सको कुल बिध्धुत उत्पादनको ७५ % बिध्धुत आणविक भट्टीबाट उत्पादन हुन्छ | नविकरणीय उर्जाको स्रोतको अधिकतम प्रयोग गर्दै सन २०२५ सम्ममा आणविक भट्टीबाट प्राप्त हुने बिध्धुतको अम्शलाइ ५०% मा सिमित गरिने छ |

७) नविकरणिय उर्जाको क्षेत्रमा अध्ययन, अनुशन्धान र व्यवशाय गर्नको लागि फ्रान्स आउन चाहने यस क्षेत्रका बिदेशी बिशेषज्ञहरुलाई सहजै फ्रान्स आउने, बस्ने र काम गर्न सक्ने वाताबरणको सुनिश्चितता गरिने छ |

७) नवि

                                  

 

                

७) नव

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité