Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
27 juin 2017

गल्ति गर्न  पाउने अधिकार  :  रास्ट्रपतिको पाचौ सुधार

action

    फ्रान्सका नव निर्वाचित रास्ट्रपतिले आफ्नो घोषणा पत्रमा लेखेका थिए : << अपराधिक क्रियाकलापमा बाहेक अन्य क्षेत्रहरुमा < Un droit à l'erreur > << गल्ति गर्न पाउने अधिकार >> को सिद्दान्तलाई स्थापित गरिने छ । जसबाट समाजमा नयाँ र श्रृजानात्मक काम गर्ने उत्साह र आँट बढ्ने छ। >>

रास्ट्रपतिको यो प्रतिबद्दता पुरा गर्नका लागि फ्रान्सका प्रशासन मन्त्रीले एउटा नयाँ  कानुनको प्रस्ताब गरेका छन् | यो नयाँ  कानुन अनुसार कुनै पनि नागरिक, करदाता, रोजगारदाता कम्पनि , निर्णय प्रक्रियामा सहभागी हुने ब्याक्ति तथा सस्था आदि लाइ पहिलो गल्ति गर्न पाउने अधिकार < Un droit à l'erreur > हुनेछ |

>>> फ्रान्समा रोजगारदाता कम्पनीले हरेक तिन महिनामा २० / २५ फरक शिर्षकहरुमा समाजिक सुरक्षा योगदान अन्तरगत सरकारी निकायलाई रकम प्रदान गर्नु पर्ने हुन्छ | यस्तै बार्षिक रुपमा विभिन्न प्रकारका करहरु बुझाउनु पर्ने हुन्छ | बित्त प्रणाली अत्यन्तै जटिल छ , समय समयमा नियम तथा दरहरु परिवर्तन भइरहन्छनु र आफ्नो आम्दानीको रकम आफै घोषणा गर्नु पर्ने व्यवस्था छ | यी सबै कारणले जानाकारीको कमि वा अरु कुनै कारणले सरकारलाई बुझाउनु पर्ने रकममा कमि गरेको खण्डमा धेरै जरिवाना हुने हालको व्यवस्थालाइ परिवर्तन गरि पहिलो पटक अन्जानबस गरेको यस्तो गल्तिको लागि जरिवाना लाग्ने छैन | लामो समयदेखि रोजगारदाता कम्पनिहरुले यस्तो कानुन बनाउनु पर्ने माग गर्दै आएका थिए |

>> निजि ब्याक्ति तथा परिवारहरुले पनि प्रशासनिक निकायको नजरमा यस्तै कुनै गल्ति गरेमा अन्जानमा गरिएको पहिलो गल्ति बापत सजाय तिर्नु वा भोग्नु पर्ने छैन | यो व्यवस्थाले संस्था, ब्याक्ति र प्रशासन बीच बिश्वासको बातावरण सृजना गर्छ | ब्याक्ति वा संस्थाहरुले आफुलाई स्पस्ट नभएको बिषयमा प्रशासनबाट भयरहित भइ जनाकारी लिन सक्छन |

>>> निजि तथा सकारी क्षेत्रका निर्णय लिने तहमा रहेका ब्याक्तिहरुबाट भएका निर्णयबाट गलत परिणाम आएमा त्यस्ता ब्याक्तिहरुलाइ कारवाही हुन सक्ने हालको व्यवस्थालाइ परिवर्तन गरिने छ | सकारात्मक नियत बस लिइएका निर्णयबाट परिणाम गलत आएपनि निर्णयकर्ता कारवाहीको भागि हुने छैन | यो व्यवस्थाबाट नीति निर्माण तथा निर्णय लिने तहमा रहेका ब्याक्तिहरुमा जोखिम लिन सक्ने क्षमताको बिकाश हुनेछ | यसबाट सरकारी तथा निजि क्षेत्रको व्यवस्थापन पक्षले एक उचाइ लिने अपेक्षा गरिएको छ |
उक्त नयाँ  कानुनको मस्यौदामा लेखिएको को छ  :  << सरकारी प्रशासन जरिवाना गर्नको लागि नभइ सल्लाह सुझाब दिनका लागि क्रियाशील हुनु पर्छ | >>

तर यो व्यवस्था जानीजानी गल्ति गर्ने ब्याक्ति, फौजदारी कानुन लाग्ने गल्ति गर्ने ब्याक्ति तथा शान्ति सुरक्षामा दखल पुराउने ब्याक्तिको हकमा लागु हुने छैन |

यो नयाँ  कानुनको मस्यौदा आउदो प्रनिनिधि सभाको बैठकमा निर्णयका लागि पेस गरिने छ |
 
यो अबधारणालाइ प्रशासनिक क्षेत्रमा मात्र नभई फ्रेन्च जीवन पद्दतिको एउटा अभिन्न बनाउनु पर्ने  कुरा नयाँ  कानुनको मस्यौदामा उल्लेख गरिएको छ

 

रामचन्द्र भण्डारी
पेरिस, फ्रान्स

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité