Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
26 juin 2017

प्रसिद्द वामपन्थी नेता : संसदीय दलका नेता

Jean L M 3

प्रतिनिधि सभा निर्वाचनको परिणाम सगै फ्रान्सका राजनीतिक दलहरुले संसदमा आफ्नो समूह निर्माण गर्ने र संसदीय दलको नेता चयन गर्ने गरिरहेका छन् | लो  फ्र्न्सँ आँसुमी ( LFI ) नाम गरेको वामपन्थी पार्टीले यस पार्टीका नेता तथा गत महिना भएको फ्रान्सको रास्ट्रपतिको निर्वाचनमा १९% मत प्राप्त गरि पराजित भएका रास्ट्रपतिका उम्मेदवार जँ लुक मेलँशोँ ( Jean Luc Mélenchon ) लाइ संसदीय दलको नेतामा छनोट गरेको छ | यो संसदीय समुहमा वामपन्थी पार्टी ( LFI ) का १६ जना साम्सदहरु छन् |

  जँ लुक मेलँशोँ ( Jean Luc Mélenchon ) लाइ फ्रान्समा निम्न आम्दानि हुने परिवारहरुका प्रिय नेताको रुपमा हेरिन्छ | मरक्को देशमा जन्मेका उनि सुरुमा शिक्षक थिए |  २५ बर्ष अगाडी समाजवादी पार्टीको तर्फबाट  प्रतिनिधि सभामा निर्वाचित भएका उनले समाजवादी पार्टीबाट निम्न आय भएकाहरुको पक्षमा काम गर्न नसकिने निष्कर्ष निकाले र सो पार्टी परित्याग गरि आफ्नै पार्टी खोले | हाल उनि बिदेशी मुलका नागरिक र निम्न आय भएका बर्ग बीच निकै प्रिय छन् |  हरेक बिषय र बिबादहरुलाई बर्गीय रंग दिएर कडा रुपले प्रतिकार गर्ने कट्टर पन्थी कम्युनिस्ट स्वभावका कारण संसदमा उनको उपस्थिति  सत्ता पक्षका लागि एउटा चुनौती बनेको छ |

उनि स्वतन्त्र ब्यापार बिरोधि, सरकारी खर्च कटौतीका बिरोधि, नाटोमा फ्रान्सको संलग्नताको बिरोधि र  रुशका समर्थक  हुन् |

 << संबिधान सभाको निर्वाचन गरेर सो संबिधान सभाले नया संबिधान बनाउनु पर्छ | हालको मिश्रित शासन प्रणालीलाइ अन्त्य गर्नु पर्छ |  यसको सट्टामा संसदीय शासन प्रणाली लागु गर्नु पर्छ जहा प्रधानमन्त्रि संसदबात निर्वाचित हुन्छ र प्रधानमन्त्रि संसद प्रति जवाफ देहि हुन्छ | >> भन्ने उनको प्रमुख राजनितिक एजेन्डा हो | अर्थिक एजेन्डाको हकमा उनि कम्युनिस्टहरुको एजेन्डा सग धेरै नजिक छन् |

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité