Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
20 juin 2017

नक्कली रोगि र नक्कली बेरोजगारको कथा

 

pole_emploi_bientot_sans_chomeur_point_dinterrogation_milo

रोग बिनाका रोगि :

फ्रान्समा कामदारहरु कुनै पनि बहानामा काममा अनुपस्थित हुन् पाउदैनन |  तिन दिन भन्दा बढी बिना कारण काममा अनुपस्थित भएमा उनीहरु कामबाट निकालिन सक्छन | काममा अनुपस्थित हुने एक मात्र बाहाना हो : नक्कली बिरामी बन्नु | डाक्टरले बिरामी भएको प्रमाणित गरिदिएमा उक्त कामदार काममा अनुपश्थित हुन् सक्छ | तर डाक्टरले यतिकै प्रमाणित गर्दैन | चेकजाच, औषधी तथा उपचार सबै खर्च निसुल्क हुने भएकोले यस्ता ठग कामदारहरु बिरामी भएको बहानामा चेकजाच गराउने र पाएको औसधि नस्ट गर्ने गर्दछन | यसरि एकातिर नक्कली बिरामीको  चेकजाच तथा औषधिमा सरकारको ठुलो रकम खर्च हुन्छ भने अर्को तर्फ बिनाकारण काममा अनुपस्थित हुदा इन्टरप्राइजको काम प्रभाबित हुन्छ | देसभरका गैर जिम्मेवार यस्ता व्याक्तिहरुको कारण सरकारी तथा निजि इन्सुरेन्स कम्पनीहरुको ठुलो रकम बिनाकारण नस्ट भइरहेको छ | सरकारी निकायहरु भन्छन << रोगको संख्या भन्दा रोगिहरुको संख्या बढी भयो >>

 

काम पाएका बेरोजगार :

     फ्रान्समा बेरोजगारी औशतमा १०% छ | तर यसको धेरै अम्श स्वच्छिक बेरोजगारी हो | अर्थात मानिसहरु राजीखुसीले बेरोजगार बस्दछन | कारण :  फ्रान्समा बेरोजगारीहरु ब्याक्तिहरु बेरोजगारी भत्ता प्राप्त गर्दछन | त्यति मात्र नभएर बेरोजगारहरुलाई उपचारमा सतप्रतिसत छुट, यातायातमा छुट, स्कुल काण्टिनहरुमा छुट, विभिन्न तालिम हरुको निसुल्क व्यवस्था, बेरोजगारका बच्चाहरुलाइ छात्रबृदिको व्यवस्था , घरभाडाको आंशिक रकम तिरिदिने ब्यवश्था आदि आदि | यी सबै सुबिधा लाइ जोडेर हेर्दा न्युनतम तलबमा काम गर्ने परिवार र  कामै नगरी बस्ने परिवारको आम्दानीमा खासै फरक देखिदैन | त्यसमा पनि कुनै परिवारको एक जना सदस्यले मात्र  काम गर्नु  भन्दा त परिवारको कुनै सदस्यले काम नगरी बस्नु आर्थिक रुपले फाइदा जनक हुन्छ | यसरि कामै नगरी बस्दापनि काम गर्दा बरावर नै आम्दानि हुने भएकोले धेरै आप्रवाशिहरु काम पाउदा पनि काम गर्दैनन | यस्तो परिश्थितिले न्युनतम तलबमा काम गरिरहेका ब्याक्तिहरुमा पनि कामलाई निरन्तरता दिने उत्पेरणा हुदैन |

      यो समस्यासग सरकार परिचित छ | तर कसरि यो समस्या रोक्न सकिन्छ भन्ने बारेमा बेला बेलामा  छलफल चल्ने गरेको भएपनि कुनै ठोश निर्णय भएको छैन | तीनपटक सम्म  काम दिदा पनि काम नगर्ने हरुको बेरोजगारी भत्ता रोकिदिने कानुनि व्यवस्था भएपनि यो लागु हुन सकेको छैन | बेरोजगारी भत्ता बुझ्नेहरुलाई सार्वजनिक कार्यमा लगाउनु पर्ने कुरा पनि बेला बखतमा उठ्ने गर्छ | तर यस सम्बन्धि कानुनहरु बनाउने प्रयाश गरिएको छैन |

 

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité