Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
19 juin 2017

फ्रान्समा नयाँ शक्तिको पूर्ण बहुमत

election photo 2

 

 

 

 

हिजो फ्रान्समा ५७७ स्थानका लागि भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नयाँ शक्ति (REM) र नयाँ शक्तिसँग चुनावी तालमेल गरेको पार्टी (MDM) को गठबन्धनले ३५० स्थान सहित संसदमा पूर्ण बहुमत प्राप्त गरेको छ भने रिपब्लिकन पार्टी ( LR ) को गठबन्धन 136 स्थान सहित संसदमा प्रमुख प्रतिपक्ष बनेको छ | समाजबादी पार्टी ( PS ) को गठबन्धन, वामपन्थी पार्टी ( LFI ) को गठबन्धन र दक्षिणपन्थी पार्टी ( FN ) क्रमस  46, 26 , 8 स्थान सहित संसदमा तेस्रो चौथो, र पाँचौ पार्टी बनेका छन् | अन्य साना पार्टी तथा स्वतन्त्र उम्मेदवारले जम्मा 11 स्थान हासिल गरेका छन् |

 

        बहुचर्चित हालै सम्पन्न राष्ट्रपतिको निर्वाचनमा पराजित राष्ट्रपतिका उम्मेदवारहरु मध्ये वामपन्थी पार्टीका नेता Jean Louis Mélenchon र दक्षिण पन्थी पार्टीकी नेत्री Marine Le Pen ले यस निर्वाचनमा बिजय हासिल गरेका छन् भने समाजवादी पार्टीका नेता Benoît Hamon पहिलो चरणको निर्वाचन वाट नै बाहिरिएका थिए | बर्तमान मन्त्रीमंडलमा रहेर पनि प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका ६ जना मन्त्रीहरु मध्ये सबैले आफ्नो स्थान सुरक्षित गर्न सफल भएका छन् | समाजवादी पार्टी छोडेर स्वतन्त्र उम्मेदवार बनेका पुर्व प्रधानमन्त्रि Mannuel Valles नयाँ शक्तिको सहयोगमा निर्वाचित हुन् सफल भए भने यस अघिको सत्ता पक्ष समाजवादी पार्टीका प्रमुखले पहिलो चरणवाट नै हार बेहोर्नु पर्यो |

 

 

 

नेपाल सहित ४९ देस मिलाएर बनाइएको बैदेसिक निर्वाचन क्षेत्र नम्बर ११ मा नयाँ शक्तिको तर्फवाट Mme Anne GENETET निर्वाचित भएकि छन् |

anne

 

 

 

यस निर्वाचन वाट विषेश गरि दुइ पार्टीहरु पूर्ण रुपमा प्रभावित भए | रिपब्लिकन पार्टीले आफ्नो प्रमुख प्रतिपक्षको लोगो सुरक्षित राख्न सफल भएपनि यस अघिको १९९ स्थानवाट केवल १३६ स्थानमा सिमित भएको छ | यस अघि रास्ट्रपति पद र प्रतिनिधिसभामा २९२ स्थान सहित पूर्ण बहुमत प्राप्त गरेको समाजवादी पार्टी केवल ४६ स्थानमा सिमित भएको छ | प्रतिनिधि सभामा दल विषेशको समूह निर्माण गर्न कम्तिमा १५ जना सांसद आवश्यक पर्ने हुनाले प्रमुख प्रतिपक्ष दल ( LR ), समाजवादी पार्टी ( PS ) र वामपन्थी पार्टीले यो सुबिधा पाउने छन | राष्ट्रपतिको निर्वाचनमा दोस्रो, चौथो र पाचौ स्थान हासिल गरेका तिन पार्टीहरु केवल क्रमस  8, 27 र 45 सिटमा सिमित हुनु र प्रमुख प्रतिपक्षका सांसदहरुको संख्या निकै कम हुनुले राष्ट्रपतिको मनोमानी बढ्न सक्ने चिन्ता राजनीतिक बिश्लेषकहरुले गरेका छन् |

Législatives 2017 : les résultats du 1er tour

Les élections en graphiques intéractifs et datavisualisations

http://www.msn.com

 

 

 

 

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité