Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
22 juin 2017

कानिकिउल ( तातो हावा चल्नु ) : १८७२ देखि कहिल्लै रेकर्ड नगरिएको उच्च तापक्रम : रातिमा पनि उच्च तापक्रम

météo jour

 

 

अहिले फ्रान्सको तापक्रम दिन प्रतिदिन बढिरहेको छ र यो स्थिती शुक्रवार सम्म रहने वाताबरण विभागको अनुमान छ | अहिलेको फ्रान्सको सबैभन्दा उच्च तापक्रम ३७ डिग्री रेकर्ड गरिएको छ र   अन्य ६० वटा जिल्लाको पनि तापक्रम ३० भन्दा माथि छ | यी ६० वटा जिल्लामा गर्मिवाट बच्न बचाउनको लागि सतर्कता अपाइएको छ | ३३ डिग्री भन्दा माथिको तापक्रममा काम गर्नु खतरा हुने कुरा बिशेषज्ञहरुले बताईरहेका छन् |

      अघिल्लो हप्ता तिन जना ब्याक्तिहरुको अधिक गर्मीको कारण मृत्यु भयो | मृत्यु हुने मध्ये एक जना लामो समय चर्को घाममा बसेर फ्रेश हुनको लागि चिसो पानीमा पौडी खेलेको थियो भने अन्य दुइ जना खेलाडीहरु चर्को घाममा लामो समय दौडिएका थिए |  ३८ देखि ४१ बर्ष भित्रका ब्याक्ति एक्कासि  बेहोश बनेका थिए | मेडिकल रिपोर्टबाट उनीहरुको मृत्यु गर्मीकै कारण भएको कुरा प्रमाणित गरिएको छ |

यो हप्ता पनि अत्यधिक गर्मि कायम रहेकोले सरकारका निकायहरुले बिशेषगरि एक्लै बसिरहेका ब्रिदहरुको आवाशहरुमा निगरानी बढाएको छ | सन् २००३ मा गर्मीको कारण सयौ बृद्धब्रिदाहरुको मृत्यु भएको थियो | रास्ट्रीय टेलिभिजनहरुवाट अधिक गर्मिवाट बच्न अपनाउनुपर्ने उपायहरुको जानाकारी प्राथमिकताका साथ् प्रशारण गरिएको छ :

>>>   अधिक गर्मिवाट सबै समुहका ब्याक्तिहरु प्रभावित हुन्छन | त्यसमा पनि बिशेष गरि ६५ बर्ष भन्दा माथिका वृद्हरु, गर्भवती महिलाहरु, कम उमेरका बच्चाहरु, बिरामी ब्याक्तिहरु, खेलाडीहरु र  कठिन काम गर्ने श्रमिकहरु अधिक गर्मिवाट छिटै प्रभावित हुन्छन |

 >>>> दिनभर पानि पीइराख्नुहोस |  मादक पदार्थ, चिया र कफी नपिनुहोस् | बोसो भएको खाना नखानुहोस |

>>>>  शरिरलाइ बेला बेलामा भिजाइ राख्नुहोस | प्रतक्ष्य  घाम नपर्ने ठाउमा मात्र  बस्नुहोस | अति चर्को घामवाट आउदासाथ् नुहाउने वा पौडने नगर्नुहोस | अधिक गर्मि भएको अवधिभर खेद्कुद नगर्नुहोस |हल्का र सेता रंगका कपडाहरु लगाउनुहोस |

>>>>  सुर्यका किरणवाट बच्नका लागि घरमा पर्दाहरु बन्द गर्नुहोस | भेन्टिलेसनहरु तथा कोठाहरुलाई चिसो राख्न प्रयोग हुने उपकरणहरुको अधिकतम प्रयोग गर्नुहोस |  

रातिको उच्च तापक्रम

météo nuit

 

स्रोत :

BFM  TV

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité