Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
12 juin 2017

अहिले फ्रान्सको राजनीतिमा सबैभन्दा धेरै प्रयोग गरिने सब्द हो : देगाजीस्त

 

अहिले फ्रान्सको राजनीतिमा सबैभन्दा धेरै प्रयोग गरिने सब्द हो : देगाजीस्त अर्थात फ्रान्सका जनताहरु यसभन्दा अघिका राजनैतिक पार्टी र राजनैतिक अभ्यासहरुलाई देसको केन्द्रिय राजनीतिबाट अलग गर्न चाहन्छन, नया बिचार र नया उम्मेदवारहरुलाई केन्द्रिय राजनीतिमा अवसर दिन चाहन्छन | यसैको परिणाम स्वरुप  १२० जना निवर्तमान साम्सदहरु प्रतिनिधि सभाको निर्वाचनमा   पहिलो चरणबाट नै बाहिरिएका छन् | अर्थात यस अगाडी सामान्यतया ५०% भन्दा बढी मत लिएर चुनाब जितेका प्रतिनिधि सभा सदस्यले आफ्नै निर्वाचन क्षेत्रमा १२,५% मत प्राप्त गर्न पनि सकेनन र पहिलो चरणदेखि  नै चुनाबी प्रक्रियाबाट बाहिरिए | यो भन्दा धेरै संख्यामा निबर्तमान प्रतिनिधि सभा सदस्यहरुले दोस्रो चरणको निर्वाचनमा हार बेहोर्नु पर्ने कुरा निश्चित छ | पहिलो चरणबाटै लिएको अग्रताको आधारमा तथ्यांक विभागले गरेको अनुमान अनुसार जम्मा ५७७ प्रतिनिधि सभा सदस्य मध्ये कम्तिमा दुइ तिहाइ नया अनुहारहरु हुनेछन | कुनै पनि तहको निर्वाचित निकायमा काम नगरेका यस्ता प्रतिनिधि सभा सदस्यहरुलाइ  नया सक्तिले  संसदीय अभ्याश सम्बन्धि छोटो तालिम प्रदान गर्ने योजना बनाएको छ | नागरिक समाज, उच्च पदस्थ सरकारी कर्मचारी, बिषय विशेषज्ञ, निजि कम्पनिहरुमा उच्च सफलता हासिल गरेका व्याक्तिहरुको समूह राजनीतिक अनुभब बिना नै प्रतिनिधि सभा सदस्यको जिम्मेवारीमा आउदै छ | अधिकाम्स प्रतिनिधि सभाका नया सदस्यहरु नयासक्तिका हुनेछन र यिनीहरु कुनै बाद्का कट्टर हिमायती होइनन |  संसदीय छलफलमा केवल समाजवादी खेमा र पुजिवादी खेमाका विचारका आधारमा कुनै बिषयको बारेमा धारणा बनाइने गरेको यस अगाडिको परम्परामा परिवर्तन हुने अपेक्षा गरिएको छ |

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité