Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
12 juin 2017

नयासक्तिको प्रतिनिधिसभामा दुइ तिहाइ स्थान

 

election 1er tour

नयासक्तिको दुइ तिहाइ बहुमत पक्का

रामचन्द्र भण्डारी

पेरिस, फ्रान्स

 

आज ११ जुन २०१७ का दिन फ्रान्समा प्रतिनिधिसभा सदस्यको लागि भएको पहिलो चरणको निर्वाचनमा नयासक्ति ( REM ) र नयासक्ति सग चुनाबी तालमेल गरेको पार्टी ( MDM ) को गठबन्दनले ३२,३२  % मत सहित प्रथम स्थान हासिल गरेको छ भने रिपब्लिकन पार्टी ( LR ) २१,५६ % मत सहित दोस्रो स्थानमा छ | दक्षिण पन्थी पार्टी ( FN ), वामपन्थी पार्टी ( FI ) र समाजवादी पार्टी ( PS ) को गठबन्धन क्रमस १३,२ % , ११,०२ % र ९,५ % मतका साथ तस्रो, चौथो र पाचौ स्थानमा परेका छन् |

     election 1er tour.JPG 1.jpg 2.JPG

 

पहिलो चरणको निर्वाचनवाट नै  ४ जना उम्मेदवार प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका छन् | यी उम्मेदवारहरुले कुल खसेको मतको कम्तिमा  ५०% मत प्राप्त गरेका थिए जुन मत उक्त निर्वाचन क्षेत्रको कुल मतदाता संख्याको कम्तिमा २५% थियो |  यो सर्त पुरा हुन् नसकेका बाकि ५७३ निर्वाचन क्षेत्रमा यहि जुन १८ का दिन दोस्रो चरणको निर्वाचन हुदै छ |  पहिलो चरणमै निर्वाचित हुने चार भाग्यमानि मध्ये दुइ जना नयासक्तिका, एक जना रिपब्लिकन सग गठबन्धन गरेको पार्टी ( UDI ) र १ जना स्वतन्त्र वामपन्थीका उम्मेदवार हुन् |  

 

 

   ५७३ निर्वाचन क्षेत्रमा यहि जुन १८ का दिन दोस्रो चरणको निर्वाचन हुनेछ जसमा हरेक निर्वाचन क्षेत्रमा पहिलो चरणमा कुल मतदाता संख्याको १२,५% मत प्राप्त गरेका उम्मेदवारहरु बीच प्रतिस्प्रधा हुनेछ | एक जना उम्मेदवारले मात्र १२,५ % प्राप्त गरेमा उक्त उम्मेदवारले आफु भन्दा एक तह कम मत प्राप्त गर्ने उम्मेदवार सग प्रतिस्प्रधा गर्नेछ | यदि कुनै पनि उम्मेदवारले पहिलो चरणमा १२,५ % मत प्राप्त गर्न नसकेको अवस्थामा त्यस निर्वाचन क्षेत्रका सबैभन्दा बढी मत प्राप्त गर्ने दुइ उम्मेदवार बीच प्रतिस्प्रधा हुनेछ | 

election 1er tour.JPG 1.jpg 2.JPG 3.JPG

 

 

पहिलो चरणमा विभिन्न पार्टीहरुले प्राप्त गरेका अग्रतालाइ बिश्लेषन गर्दा नयासक्तिको गठबन्धनले प्रतिनिधिसभामा दुइ तिहाइ स्थान प्राप्त गर्ने कुरा प्राय निश्चित देखिन्छ | तथ्यांक विभागको अनुमान अनुसार दोस्रो चरणको निर्वाचनमा जम्मा ५७७ स्थान मध्ये नयासक्तिको गठबन्धनले ४१५  - ४४५  स्थान, रिपब्लिकन पार्टीको गठबन्धनले ८०  - १००  स्थान, समाजवादी पार्टीको गठबन्धनले ३०  -  ४० स्थान, वामपन्थी पार्टीको गठबन्धनले १० - २० स्थान, दक्षिणपन्थी पार्टीले १ - ४  स्थान प्राप्त गर्ने सम्भावना देखिन्छ |

 

 

 

रामचन्द्र भण्डारी

पेरिस, फ्रान्स

 

 

 

 

 

 

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité