Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
7 juin 2017

राष्ट्रपति माक्रोँको तेस्रो सुधार : आतंकवाद बिरुद्द रास्ट्रीय केन्द्र

Task force pierre-de-bousquet-de-florian-jpg_4336585

 

 
        फ्रान्समा हिजो रास्ट्रपतिको अध्यक्षतामा बसेको मन्त्रीमंडलको बैठकले एउटा टास्क फोर्स ( आतंकवाद बिरुद्द रास्ट्रीय केन्द्र ) को श्रीजना गर्ने निर्णय गरेको छ | रास्ट्रपतिले आफ्नो निर्वाचन घोषणापत्रमा कल्पना गरेको यो संरचनामा करिब ६० जना विभिन्न क्षेत्रका बिशेषज्ञहरु रहने छन् | २० जनाको समूहले हरेक दिन चौबिसै घण्टा आतंकवादी संस्था तथा त्यसमा संलग्न व्याक्तिहरुको बारेमा सुचना प्राप्त गर्ने, ति सूचनाहरुको विश्लेषण गर्ने र त्यस बाट प्राप्त निस्कर्षका आधारमा तत्काल आवश्यक कारवाहीको लागि सम्वन्धित निकायलाई सिफारिस गर्नेछन |
 
 
        रास्ट्रपतिको माताहतमा रहने यो निकाय को प्रमुखमा Pierre de Bousquet de Florian लाइ नियुक्त गरिएको छ | प्रहरी, ससस्त्र प्रहरी, देश भित्र काम गर्ने जासुसी निकाय तथा देस बाहिर काम गर्ने जासुसी निकायका प्रमुखहरु सग समन्वयात्मक भूमिका निर्वाह गर्ने गरि कल्पना गरिएको यो निकायले यी चारवटै निकायबाट आतंकवादी संस्था तथा त्यसमा संलग्न व्याक्तिहरुको बारेमा सुचना प्राप्त गर्ने र हरेक सूचनाहरुको बारेमा राष्ट्रपतिलाई समयमै जानाकारी दिनुपर्ने छ | यो नया ब्यवस्थाबाट संकटको बेला वा कुनै आतंकवादी आकर्मण भएको बेला आधा घण्टा भित्र नै राष्ट्रपतिले उचित निर्णय लिन सक्ने महत्वकांक्षी लक्ष लिइएको छ |
 
 
      

Task force pierre-de-bousquet-de-florian-jpg_4336585

यस पहिलाका आतंकवाद बिरुद्द काम गर्ने संस्थाहरुमा केवल सुरक्षा निकायका बिशेषज्ञहरु मात्र रहने गरेकोमा यो नया संरचना टास्क फोर्स ( आतंकवाद बिरुद्द रास्ट्रीय केन्द्र ) मा सुरक्षा निकायका बिशेषज्ञहरु , सुचना प्रबिधि बिज्ञ, मुश्लिम धर्मका बिज्ञ, प्रपोगण्डा सम्बन्धि बिज्ञ, इस्लामिक स्टेटले कब्जा गरेका वा इस्लामिक स्टेटको प्रभाब भएका भौगोलिक क्षेत्र बारे जानाकारी राख्ने बिज्ञ आदि रहने छन् | सबै क्षेत्रका विज्ञहरुको सहभागितामा प्राप्त सुचनाको बिश्लेषण गर्दा तत्काल उचित निष्कर्ष प्राप्त हुने र समयमै सहि निर्णय गर्न सकिने बिश्वाश गरिएको छ | यसबाट कुनै आतंकारिले योजना गरेका आतंकवादी आकर्मणलाइ समयमै रोक्न सकिने छ | त्यस्तै फ्रान्समा तथा बिदेसमा रहेका आतंककारी समूहसग सम्वन्धित करिब १२००० फ्रेन्च युवकहरुका गतिविधिहरुको निगरानी बढाउन यो नया निकायको ठुलो भूमिका हुने बिश्वाश गरिएको छ |
Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité