Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
4 juin 2017

फ्रान्समा राजनीतिक दलहरु तथा उम्मेदवारहरुले आफ्नो खर्च कसरि जुटाउछन ?

 

Législatives: votre bulletin rapporte de l'argent aux partis

La composition de la future assemblée ne sera pas le seul enjeu du scrutin de dimanche. En votant pour un candidat, les électeurs participent au financement des partis politiques.

http://www.bfmtv.com


 

 lagislativeसरकारी खर्चवाट

>>  प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कम्तिमा ५० वटा उम्मेदवारले १% वा सो भन्दा बढी मत प्राप्त गर्ने पार्टीले प्राप्त गरेक हरेक मतको १,४२ € प्रती बर्ष का दरले बन्न आउने रकम  पार्टीले प्राप्त गर्छ |
>>  प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कम्तिमा ५० वटा उम्मेदवारले १% वा सो भन्दा बढी मत प्राप्त गरेको पार्टीका प्रतिनिधि सभा उम्मेदवारले चुनाब जितेमा प्रतेक साम्सदको ३७२८०€  प्रती बर्ष बाट हुन् आउने रकम पार्टीले पाउछ |


  गैर सरकारी स्रोतवाट

>>  एउटा व्यक्तिले एक बर्षमा जम्मा ७५०० € रकम राजनीतिक पार्टीलाई दिन सक्छ | उसले यो रकम एउटै पार्टीलाई दिन वा विभिन्न पार्टीलाई बाड्न सक्छ | तर बिदेसी नागरिकबाट राजनीतिक पार्टीले चन्दा लिन पाउदैन |

>>  कुनै पनि निजि, अर्ध सरकारी, सरकारी सस्थाले राजनीति पार्टीलाई चन्दा दिन सक्दैन | तर एउटा राजनीतिक पार्टीले अर्को रानजीतिक पार्टीलाई चन्दा दिन सक्छ |

 उम्मेदवारको खर्च

>>  सबै प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारको पर्चा बनाउन, बितरण गर्न र टास्न लाग्ने सबै खर्च सरकारले बेहोर्छ |

>>  प्रतिधिसभा निर्वाचनका प्रत्येक उम्मेदवारले बढीमा ३८०००€ खर्च गर्न सक्छ | प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचनमा कम्तिमा ५ % मत प्राप्त गर्ने उम्मेदवारले आफुले गरेको खर्च मध्ये ३८०००€ को ४७,५ % रकम सरकारले बेहोर्छ |

>> 

प्रतिनिधि सभा सदस्य उम्मेदवारलाई एक जना व्यक्तिले बढीमा ४६००€ चन्दा दिन सक्छ | निजि तथा सरकारी कुनैपनि संघ सस्थाले उम्मेदवारलाई चन्दा सहयोग गर्न सक्दैन |


ऋण लिने व्यवस्था

हाल सम्मको व्यवस्था अनुसार फ्रेन्च नागरिक तथा फ्रेच संघ संस्थाले राजनीतिक पार्टी तथा उम्मेदवारहरुलाइ पारदर्सी रुपमा ऋण दिन पाउने व्यवस्था छ | तर यसै हप्ता प्रस्तुत नया प्रस्तावित कानुन पास भएमा राजनीति पार्टीले युरोपन बैंक बाहेक अन्य संघ संस्थाबाट ऋण प्राप्त गर्न सक्ने छैनन् | फ्रान्समा राजनीतिक पार्टी तथा उम्मेदवारहरुलाई ऋण प्रदान गर्नको लागि एउटा छुट्टै बैंक स्थापना गर्ने कानुन तयार हुदैछ |

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité