Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
1 juin 2017

फ्रान्समा राजनीतिज्ञहरुको आर्थिक पक्ष पारदर्सी बनाउन कानुन बनाउने घोषणा

bayrou-francois

 

 

 
    १ जुन २०१७ का दिन फ्रान्सका कानुन मन्त्री फ्रसवा बायरु ( François Bayrou ) ले एउटा कानुनको खाका प्रस्तुत गरेका छन जसबाट हालसम्म राजनीतिज्ञहरुले आफ्नो अधिकारको दुरुपयोग गरि आर्थिक फाइदा उठाइरहेको अबस्थाको अन्त्य हुने ठानिएको छ | नव नियुक्त राष्ट्रपतिको १४ भागमा वर्गीकृत घोषणा पत्रको 11 औ भागमा ( http://www.anubaad.com/archives/2017/05/29/35331157.html )        
यो क्षेत्रमा सुधार गर्ने प्रतिबद्दता ब्यक्त गरिएको थियो | प्रस्ताब गरिएको कानुनका प्रमुख बुदाहरु यसप्रकार छन् :
 
>>> दुवै सदनका साम्सदहरु तथा स्थानिय निकायका प्रमुख पदहरु ओगटेका राजनीतिज्ञले एउटै पदमा लगातार तिन अबधि भन्दा बढी निर्वाचित हुन् पाउने छैनन | तर उम्मेदवारहरु नपाईने साना गाउहरुमा भने यो नियम लागु हुने छैन |
 
>>> बाहालवाला मन्त्रीहरुले मेअर / उप मेअर /  जिल्ला परिसद सभापति / क्षेत्रीय परिसद सभापतिको पनि जिम्मेवारी लिन पाउने हालको व्यवस्थालाई अन्त्य गरिने छ |
 
>>> साम्सदहरुको बहुमत रहेको एउटा स्पेसल निकाय ( अदालत ) CFR लाइ खारेज गरिने छ जसबाट हालसम्म बाहालवाला मन्त्रि बिरुद्दका मुद्दाहरु हेर्ने ब्यबस्था छ | अब उप्रान्त बहालवाला मन्त्रि बिरुद्दका मुद्दा पनि सामान्य अदालतबाट नै किनारा लगाइने छ |
 
>>>  भुतपुर्बक रास्ट्रपति संबैधानिक परिसदको पदेन सदस्य रहने हालको व्यवस्थालाइ खारेज गरिने छ |
 
>>> कर नतिर्ने साम्सदलाइ उसको भूमिका बाट मुक्त गरिने छ | अदालतबाट दोषी प्रमाणित भएको साम्सदले १० बर्षसम्म उम्मेदवार हुन् पाउने छैन |
 
>>> हालसम्म प्रचलनमा रहेको साम्सद बिकास कोषलाइ खारेज गरिने छ | साम्सद विकास कोष अन्तर्गत सबै साम्सदले पाउने कुल बार्षिक रकम बराबरको एउटा कोषको निर्माण गरिने छ | यो कोषबाट कुनै संसदका नाममा नभएर उक्त साम्सदको क्षेत्रको प्रस्तावित योजनाका नाममा रकम वितरण गरिने छ |
 
>>> साम्सदहरुलाई दिदै आएको एकमुस्ट मसलन्द खर्च रकम बन्द गरिने छ | उनीहरुले गरेको खर्चको बिलको आधारमा मसलन्द खर्च प्रदान गरिने छ |
 
>>> संसद तथा स्थानिय स्तरका जनप्रतिनिधिहरु, मन्त्रि तथा मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरुले आफ्नो परिवार सदस्यहरु ( माता - पिता, छोरा - छोरी तथा श्रीमान - श्रीमती ) लाइ आफ्नो स्वकिय सचिवको रुपमा नियुक्त गर्न पाउने छैनन् |
 
>>> कुनै सांसदले आफ्नो जनादेश अवधीभर कुनै संस्थाको सल्लाहकार तथा विषय विशेषज्ञको रुपमा काम गर्न पाउने छैन । यसैगरि साम्सद हुनुभन्दा एक बर्ष अघिदेखि साम्सद रहेको अबधिभर कुनै पनि संसदले आफ्नो नाममा कुनै पनि प्रकारको संस्था खोल्न पाइने छैन |
 
>>> युरोपियन बैंकहरु बाहेक कुनै पनि सस्थाले राजनीतिक पार्टीहरुलाई ऋण प्रदान गर्न पाउने छैन | राजनीतिक पार्टीहरु र उम्मेदवारहरुलाइ ऋण प्रदान गर्नको लागि एउटा छुटै बैंकको स्थापना गरिने छ |
  मन्त्रीको यो प्रस्ताबका आधारमा संबिधानमा सम्बोधन तथा आवश्यक अन्य कानुन निर्माणका लागि अनौपचारिक रुपमा जनस्तरमा छलफल  र औपचारिक रुपमा दुवै संसदबाट  छलफल र निर्णय गरिने छ | 

   स्मरण रहोस  राष्ट्रपतिको निर्वाचनमा  मध्य मार्गी पार्टी ( मोडेम ) ले मुख्यगरि यहि कानुन बनाउने सर्तमा राष्ट्रपतिका उम्मेदवार मानुएल माक्रोलाइ पहिलो चरणबाट नै समर्थन तथा सहयोग गरेको थियो |

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité