Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
30 mai 2017

युरोपियन युनियनका १९ संसादहरु बिरुद्द मुद्दा


    Montel-300x169 फ्रान्सको दक्षिणपन्थी पार्टी फोँ नासिओनाल ( Font National ) बाट फ्रान्सको तर्फबाट  युरोपियन संसदकी  संसाद सोफी मोतेलले फ्रान्सकै तर्फबाट युरोपियन संसदमा प्रतिधित्व गर्ने १९ जना बिपक्षी पार्टी ( समाजवादी पार्टी र रिपुब्लिकन पार्टी ) का संसादहरु बिरुद्द मुद्दा दायर गरेकी छन | उनको आरोप छ :  << आफ्ना पार्टीका कार्यकर्ताहरूलाइ युरोपियन युनियनको  तलब पाउने गरि आफ्नो पी ए नियुक्त गरेको तर उनीहरुले नियुक्त भएको पदको जिम्मेवारी पुरा नगरी सम्बन्धित पार्टीको काम गरेको  ( Emplois fictifs)  >> पेरिसमा रहेको एउटा अदालतमा यो मुद्दाको छानबिन सुरु भइसकेको छ | यी १९ जना सांसदहरु मध्ये फ्रान्सकी बर्तमान युरोपियन मामिला मन्त्रि मारिएल द सार्ने ( Marielle de Sarnez ) लगायत १ जना भुत पुर्बक गृहमन्त्रि तथा एक जना भुत पुर्बक रक्षामन्त्रि पनि परेका छन् | स्मरण रहोस फ्रान्सको दक्षिणपन्थी पार्टी फोँ नासिओनाल  ( Font National ) बाट गत रास्ट्रपतिय निर्वाचनमा रास्ट्रपतिकी उम्मेदवार मारिन लो पेन ( Marine Le Pen ) ले यस्तै प्रकृतिको मुद्दा खेपिरहेकी छन | पछिल्लो यो मुद्दा प्रकरणलाइ अघिल्लो मुद्दा प्रकरणको बदलाका  रुपमा हेरिएको छ |

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité