फ्रान्समा नयाँ मन्त्रिमण्डलको गठन
फ्रान्समा नयाँ मन्त्रिमण्डलको गठन
हिजो १७ मे २०१७ का दिन फ्रान्सका नवनिर्वाचित रास्ट्रपतिले Édouard Philippe को नेतृत्वमा 23 सदस्सिय मन्त्रिमण्डल गठन गरेका छन् | मिश्रीत शासन प्रणाली अपनाएको फ्रान्समा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्छ र सोहि प्रधानमन्त्रीको सिफारिसमा मन्त्रीहरुको नियुक्ति पनि रास्ट्रपतिबाट नै हुने ब्यबस्था छ | उच्च पदस्थ कर्मचारी, नागरिक समाज ( बिषय बिशेषज्ञ ) र राजनीतिज्ञ वा साम्सदहरु मध्येबाट मन्त्रि छनोट गरिने ब्यबस्था रहेको फ्रान्समा यसपटक 11 जना उच्च पदस्थ कर्मचारी तथा नागरिक समाज ( बिषय बिशेषज्ञ ) र 12 जना राजनितिज्ञलाइ यो मन्त्रिमण्डलमा समेटीएको छ | नियुक्त मन्त्रीहरुको औसत उमेर 54 बर्ष रहेको छ जबकि यसअघिको मन्त्रीमंडलका सदस्यहरुको औसत उमेर 62 बर्षको थियो | यो मन्त्रिमण्डलमा 11 जना पुरुष र 11 जना महिला मन्त्रि छन् | अदालतले दोषी ठहराएको कुनै पनि ब्याक्तिलाई मन्त्रि बनाइएको छैन | रास्ट्रपतिले प्रतिनिधित्व गरेको पार्टीका सांसद सदस्यहरुले संसदमा प्रतिनिधित्व नगरेको अबस्थामा मन्त्रीमंडलमा सबै बिचार समुहको प्रतिनिधित्व गराइएको
छ | यो मन्त्रिमण्डल रहेका १२ राजनीतिज्ञ मध्ये ४ जना समाजबादी पार्टी,, ३ जना रिपब्लिकन पार्टी, ३ जना मध्यमार्गी पार्टी र २ जना वामपन्थी पार्टीका नेताहरु हुन् | अन्य बिचार समुहबाट मन्त्रीमंडलमा सहभागी हुन् पुगेका राजनीतिज्ञहरु पार्टीको तर्फबाट नभई ब्याक्तिगत रुपमा आएका भएपनि सम्बन्धित पार्टीले तत्काल कारवाही नगर्ने जनाएका छन् | तर अन्य बिचार समूहबाट मन्त्रि बन्न पुगेका ब्याक्तिहरुलाई रास्ट्रपतिको कार्यक्रम प्रति प्रतिबद्द छु भन्ने लिखित प्रतिबद्दता गराइएको छ | यसरि नियुक्त भएका मन्त्रीमंडलका सदस्यहरुको नाम यसप्रकार छ :
प्रधानमन्त्री
Edouard Philippe
( एदुवार्ड फिलिप )
१९७० मा जन्मेका उनि राजनीतिशास्त्रमा विश्वबिध्यालयको अध्धयन पुरा गरिसकेपछि लेना ( L’ENA ) मा अध्ययन गर्ने अवसर पाएका थिए | सरकारलाइ सल्लाह प्रदान गर्ने निकाय ( Conseil d’état ) बाट सरकारी सेवा सुरु गरेका उनले पछि विभिन्न निजि संस्थामा पनि काम गरे | १९९९ - २००१ मा उनि समाजबादी पार्टीसंग सम्बद्ध थिए तर २००२ मा उनि रिपब्लिकन पार्टी ( तत्कालिन UMP ) मा प्रबेस गरेका थिए | २००२ देखि २०१० सम्म जिल्ला तथा क्षेत्रका विभिन्न निर्वाचित निकायहरुमा प्रतिनिधित्व गरेका थिए | उनि हाल रिपब्लिकन पार्टीको तर्फबाट 7 वर्षदेखि एउटा नगरपालिका प्रमुख छन् भने ५ वर्षदेखि सोहि नगरपालिका रहेको जिल्लाको एउटा निर्वाचन क्षेत्रबाट निर्वाचित संसद पनि हुन |
गृह मन्त्रि वातावरण मन्त्रि कानुन मन्त्रि
Gérard Collomb Nicolas Hulot François Bayrou
(जेरार कोलोम्ब) ( निकोला युलो ) ( फ्रअँस्वा बायरु )
बिदेश मन्त्री स्थानीय मामिला मन्त्री रक्षा मन्त्री
Jean Yves Le Drian Richard Ferrand Sylvie Goulard
( जअँ ईभ लो द्रिअँ ) ( रिसार् फेरअँ ) ( सिल्भि गुलार् )
शिक्षा मन्त्रि अर्थ मन्त्रि स्वास्थ्य मन्त्रि
Michel Blanquer Bruno Le Maire Agnès Buzyn
( मिसेल ब्लअँके ) ( ब्रुनो लो मेअर ) ( आनेस बुजा )
संस्कृति मन्त्री कृर्षी मन्त्री श्रम मन्त्री
François Nyssen Jacques Mézard Muriel Pénicaud
( फ्र्अँस्वा निसेन ) ( जाक मेजार् ) ( मिउरिएल् पेनिको )
समुन्द्रपार मन्त्री यातायात मन्त्री खेलकुद मन्त्री
Annick Gérardin Elisabeth Borne Laura Flessel
( ( आनीक जेरारदाँ ) ( एलिजाबेत बोर्न ) ( लोरा फ्लेसेल )
युरोपियन मामिला मन्त्री उच्च शिक्षा मन्त्री बजेट मन्त्री
Marielle de Sarnez Frédérique Vidal Gérard de Darmanin
( मारिएल द सार्ने ) ( फ्रेदेरिक भिदाल ) ( जेरार द दार्मानाँ )
राज्य मन्त्री, संसदिय संबन्ध राज्य मन्त्री, लैंगिक समानता मामिला राज्य मन्त्री, अपाङ्गता मामिला
तथा सरकारका प्रवक्ता
Christophe Castaner Marlène Schiappa Sophie Cluzel
( क्रिस्तोफ कास्तानेअर् ) ( मारलेन सिआपा ) ( सोफी क्लुजेल )
राज्य मन्त्री, डिजिटल मामिला
Mounir Mahjoubi
( मुनिर माजुबी )
राष्ट्रपतिको पार्टी बाट मन्त्रीमण्डल गठन तथा उम्मेदवार तथा संसदको उम्मेदवार छनोटको लागि निम्न सर्तहरु निर्माण गरिएको थियो : << अ) कम्तिमा ५०% उम्मेदवारहरु गैर राजनीतिज्ञ ( बिसेषज्ञ ) हुनेछन | आ) महिला तथा पुरुषको संख्या बराबर हुनेछ | इ) अदालतबाट दोषी प्रमाणित भई सजाय भोगेको व्यक्ति संसद वा मन्त्रि बन्न सक्ने छैन | ई) विभिन्न विचारसमुहबाट हाम्रो समूहमा आएका ब्याक्तिलाई बराबर अवसर प्रदान गरिने छ | उ) यो पार्टीको तर्फबाट प्रतिनिधित्व गर्न चाहने हरेक उम्मेदवारले यो पार्टीको कार्यक्रम सग सहमत छु भनि लिखित सहमति जनाउनु पर्नेछ | >> मन्त्रिमण्डलका सदस्यहरुको पृष्टभुमि हेर्दा मन्त्रीमंडलका सदस्य छनौटमा यी सबै सर्तहरु पुरा गरेको देखिन्छ |
फ्रान्सको संबिधान अनुसार रास्ट्रपतिले प्रधान मन्त्रि नियुक्त गर्छ र प्रधान मन्त्रीको सिफारिसमा रास्ट्रपतिले मन्त्रिहरुको नियुक्ति गर्छ | प्रधामन्त्रीले सिफारिस गर्नुपर्ने ब्यबस्था भएपनि संसदमा आफ्नो पार्टीको बहुमत भएको अबस्थामा रास्ट्रपतिले आफुले चाहेको ब्याक्तिलाई मन्त्रि बनाउन सक्छ | तर अहिलेको फ्रान्सको अबस्था फरक छ | रास्ट्रपतिको पार्टीको एउटा पनि संसद सदस्य छैन | यसको एक महिना पछि संसदीय निर्वाचन हुदैछ तर रास्ट्रपतिको पार्टीले के कति स्थान हासिल गर्छ भन्ने कुराको कुनै अनुमान छैन | यदि रास्ट्रपतिको पार्टीले संसदमा बहुमत हासिल गरेमा उनले अहिले निर्माण गरेको सरकारले निरन्तरता पाउने छ | साथै उनले आफ्नो कार्यक्रम सजिलै लागु गर्न सक्नेछन | यदि रास्ट्रपतिको पार्टीले संसदमा बहुमत हासिल नगरेमा यो सरकारले निरन्तरता नपाउन सक्छ र रास्ट्रपतिले लागु गर्न खोजेका कार्यक्रम संसदबाट अस्वीकृत हुन् सक्छन | यस अबस्थामा उनले यात आफ्नो पार्टीको नेतृत्वमा गठबन्धन सरकार निर्माण गर्नुपर्ने हुन्छ यात अर्को पार्टीको ब्याक्तिलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने हुन्छ | यो मन्त्रिमण्डलको आयु र प्रभावकारिता आउदो जुन ११ र १८ मा हुने प्रतिनिधि सभाको निर्वाचनको परिणामले निर्धारण गर्नेछ |
रामचन्द्र भण्डारी, पेरिस फ्रान्स