Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
3 juin 2017

स्थानिय बिकास मन्त्रीले आर्थिक अनियमितता गरेको खुलासा

ferrand

 

स्थानिय बिकास मन्त्रीले आर्थिक अनियमितता गरेको खुलासा

 

 

  फ्रान्समा गत  एक हप्ता देखी मन्त्री रिसार फेरँ ले आर्थीक अनियमितता गरेको कुराले निकै चर्चा पाईरहेको छ्| आर्थिक अनियमितताका मामिलाहरु सार्वजनिक गरिरहने फ्रान्सको एउटा पत्रीका लो कानाँरका अनुसार स्थानिय मन्त्री रिसार फेरँ दुई वटा आर्थिक अनियमितताका मामिलामा संलग्न छन |

अ) २०१४ मा उनि प्रतिनिधि सभा सदस्य थिए र सोहि बर्ष उनले आफ्नो छोरालाई ५ महिनाको लागि आफ्नो पी ए को  पदमा नियुक्ति गरेका थिए | हाल सम्मको व्यवस्था अनुसार यो नियुक्ति गैर कानुनी होइन तर नैतिकताको आधारमा यो मामिलामा आफ्नो गल्ति भएको कुरा मन्त्रि आफैले स्वीकार गरेका छन् र अब उप्रान्त यो गल्ति नदोहोराउने प्रतिबद्दता ब्यक्त गरेका छन् |

आ ) संचार माध्यमहरुमा निकै चर्चा पाएको अर्को मामिला एउटा इन्सुरेन्स कम्पनि सग सम्बन्धित छ | २०११ सालमा हालका स्थानिय मन्त्रि रिसार फेरँ सो इन्सुरेन्स कम्पनीका क्षेत्रीय प्रमुख थिए | उक्त कम्पनीलाइ एउटा अस्पत्ताल बनाउनको लागि भवन बाहालमा लिने क्रममा तिन वटा आवाश कम्पनिको प्रस्ताब परेको थियो | ति तिन मध्ये छनोटमा परेको भवन थियो हालकी मन्त्रि पत्नी प्रमुख रहेको आवास कम्पनीको | लो कानरका अनुसार बाहालमा  लिने प्रतिबद्दता पत्र प्राप्त गरिसके पछि मात्र उनले आवास कम्पनि दर्ता गरेकी थिइन | सोहि प्रतिबद्दता पत्रकै आधारमा त्यो पुरानो भवन खरिद गर्नको लागि आवस्यक पर्ने रकम र सो भवन मर्मतका लागि आवस्यक ठुलो रकमका लागि बैंक ऋण स्वीकृत गराईएको थियो | यसरि पदिय प्रभावको दुरुपयोग गरि आफ्नो परिवारको फाइदाको लागि काम गरेको भन्ने तर्कको आधारमा मन्त्रि माथि राजिनामा दिनुपर्ने भन्ने दबाब आइरहेको छ | तर उनि तथा उनका सहयोगीहरुको तर्क छ ; यो सरकारी रकम होइन, कसैले मुद्दा दिएको छैन, उनि निर्णायक कमिटीमा नरहेको र बाहाल लिने दिने दुवै प्रक्रिया कानुन बमोजिम भएको आदि

सरकारका प्रभाबसाली मन्त्रि उनि हाल प्रतिनिधि सभा सदस्यका उम्मेदवारको हैसियतले चुनाबी प्रचार प्रसारमा ब्यस्त छन् |
 


 

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité